अशोक लेल्यान्डका सवारी साधन किन्न नबिल बैंकले कर्जा दिने

काठमाडौं – कमर्सियल भेइकलको क्षेत्रमा प्रतिष्ठित कम्पनी अशोक लेल्यान्डको नेपालका लागि आधिकारिक बिक्रेता आइएमई मोटर्स र नबिल बैंकबीच सवारी साधनका लागि कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

उक्त सम्झौता पत्रमा आइएमई मोटर्सको तर्फबाट सीईओ हेमन्त पुराणिक र बैंकको तर्फबाट कर्पोरेट हेड चाँदनी श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

ग्राहकले सो अफर अन्तर्गतको सुविधा अशोक लेल्यान्डका देशभर रहेका १७ शोरुम वा नबिल बैंकको कुनै पनि शाखाबाट प्राप्त गर्न सक्नेछन् । अशोक लेल्यान्ड ब्राण्डका सवारी साधन किन्नका लागि बैंकले सुलभ ब्याजदरमा अधिकतम ७० प्रतिशत सम्म कर्जा उपलब्ध गराउने छ ।

नेपाल राष्ट्र बैंकको नीति निर्देशन अन्तर्गत रहेर कर्जा प्राप्त गर्नका लागि सहज र सरल प्रक्रिया अपनाइने छ ।

नेपालको कमर्सियल सवारी साधन बजारमा अशोक लेल्यान्डको बलियो उपस्थिति छ र देशभर शोरुम तथा सर्भिसिङ सहितका टच प्वाइन्ट विस्तार कार्यलाई कम्पनीले निरन्तरता दिइरहेको छ । विगत दुई वर्ष यता कम्पनीले आक्रामक रुपमा बजार विस्तार गरिरहेको र बजार हिस्सा समेत वृद्धि गर्दै गएको बताएको छ । हाल अशोक लेल्यान्ड नेपालको दोस्रो ठूलो कमर्सियल भेइकल ब्रान्ड बनेको छ ।

हालै कम्पनीले प्रसिद्ध लाइट कमर्सियल भेइकल ‘दोस्त’ का लागि ५ वर्षे वारेन्टी घोषणा गरेको छ, जसले ग्राहकलाई सहज रुपमा स्वामित्वको अनुभूति प्रदान गर्ने विश्वास गरिएको कम्पनीको भनाइ छ ।

सम्बन्धित समाचारहरू

बीएमडब्ल्युको इलेक्ट्रिक कार आईएक्स ३ भोलि नेपाली बजारमा सार्वजनिक हुँदै

बीएमडब्ल्युको इलेक्ट्रिक कार आईएक्स ३ भोलि नेपाली बजारमा सार्वजनिक हुँदै

काठमाडौं – बीएमडब्ल्युको इलेक्ट्रिक कार पहिलो पटक नेपाली बजारमा भित्रिने...

ओमोडाको आयातकर्ता एसपीजीले प्राप्त ग-यो ‘आउटस्ट्यान्डिङ सेल्स’ र ‘ईभी पायोनियर’ अवार्ड

ओमोडाको आयातकर्ता एसपीजीले प्राप्त ग-यो ‘आउटस्ट्यान्डिङ सेल्स’ र ‘ईभी पायोनियर’ अवार्ड

काठमाडौँ – नेपालमा ओमोडा र जेइको अटोमोबाइल्सको आधिकारिक वितरक एसपीजी...

मारुती सुजुकीले देखायो इलेक्ट्रिक एसयूभी इभीएक्सको कन्सेप्ट

मारुती सुजुकीले देखायो इलेक्ट्रिक एसयूभी इभीएक्सको कन्सेप्ट

मारुती सुजुकीले आज आफ्नो पहिलो इलेक्ट्रिक एसयूभी इभिएक्सको कन्सेप्ट...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...