वैदेशिक कार निर्यातको बढ्दो यात्रामा चिनियाँ कार बजार
चीनको घरेलु कार बजार लगातार कमजोर बन्दै गइरहेका बेला त्यहाँका अटो...
चिनियाँ अटो निर्माता डोङफेङ अन्तर्गतको इलेक्ट्रिक भेइकल ब्राण्ड नामीले नयाँ इलेक्ट्रिक कार लन्च गरेको छ । नामी–०१ नामले आएको सो कम्प्याक्ट ईभीको मूल्य चीनमा १० हजार ४०० देखी १४ हजार ६०० डलरसम्म निर्धारण गरिएको छ । सो नयाँ ईभीलाई कम्पनीले दुई फरक ब्याट्री अप्सनमा ल्याएको हो ।
यसमा जडान भएको ३१.४५ किलोवाट लिथियम आयोन फस्फेट ब्याट्रीले ३३० किलोमिटर र ४२.३ किलोवाट आवरको ब्याट्री प्याक जडित मोडलले सिंगल चार्जमा ४३० किलोमिटर रेन्ज दिने दावी गरिएको छ । कारमा ७० किलोवाटको फ्रन्ट माउन्टेड पीएमएस मोटर दिइएको छ । डिसी फास्ट र एसी दुबै चार्ज सपोर्ट गने सो नयाँ कारलाई ८ मिनेट चार्ज गर्दा २०० किलोमिटर गुडाउन सकिन्छ ।
कारमा १२.८ इन्च लामो फ्लोटिङ सेन्ट्रल कन्ट्रोल स्क्रिन, ५ इन्चको एलसीडी इन्स्ट्रयुमेन्ट प्यानल, टु–स्पोक मल्टि फंक्सन स्टेरिङ ह्विल, ओटिए अपडेट, इन्टेलिजेन्ट भ्वाइस कन्ट्रोल, ३२ कलरको एम्विएन्ट लाइटिङ, मोबाइल फोन वायरलेस चार्जिङ लगायत फिचर दिइएको छ ।

साथै यसमा लेभल–टु एडास फिचर अन्तर्गत ब्लाइन्ट स्पट मनिटरिङ, अटोनोमस पार्किङ, रिमोट पार्किङ, फरवार्ड कोलिजन वार्निङ, लेन किपिङ एसिस्ट, ट्राफिक साइन रिकग्निसन र एडप्टिभ क्रुज कन्ट्रोल जस्ता फिचर सामेल गरिएको छ ।
५ जना यात्रुले आरामदायी यात्रा गर्न सकिने सो नयाँ कारलाई १४० किलोमिटर प्रतिघण्टाको उच्च गतिमा हाँक्न सकिने दावी छ ।
चीनको घरेलु कार बजार लगातार कमजोर बन्दै गइरहेका बेला त्यहाँका अटो...
अमेरीकन अटो निर्माता फोर्डको इभी यूनिट पुरै घाटामा संचालन भएको विवरण...
सेगव स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता आई हव प्रालिले फाइनान्स अफर...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...