उत्तरढोकामा भयो मल्टी–ब्रान्ड ईभी शोरुमको सुरुवात, स्टेलान्टिसको नेपालमा उपस्थिति विस्तार

काठमाडौं – दक्षिण एसियामा आफ्नो उपस्थिति मजबुत बनाउने रणनीतिक योजनाअन्तर्गत स्टेलान्टिसले नेपालमा दोश्रो डिलरशिपको उदघाटन गरेको छ। यो डिलरशिप गोल्छा अर्गनाइजेसन अन्तर्गतको सहायक कम्पनी सांग्रिला मोटर्स प्रालिले सञ्चालनमा ल्याएको हो ।

काठमाडौंको उत्तरढोकामा अवस्थित यो नयाँ प्रमुख शोरूममा विश्व प्रसिद्ध तीन ब्रान्डहरू – सिट्रोन, लिपमोटर र प्युजोलाई एउटै छानामुनि प्रस्तुत गरिएको छ, जसले ग्राहकहरूलाई उत्कृष्ट र सहज अनुभव प्रदान गर्ने बताइएको छ ।

नयाँ डिलरशिपको औपचारिक उदघाटन स्टेलान्टिस इन्डियाका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्धक निर्देशक शैलेश हजेला र सांग्रिला मोटर्सका प्रबन्धक निर्देशक हेमन्त गोल्छाको उपस्थितिमा नेपालस्थित फ्रान्सकी राजदूत भर्जिनी कोर्तेवालले गरे ।

उदघाटन समारोहमा शैलेश हजेलाले नेपाल अपरेशनको रणनीतिक बजार भएको बताए । उनले भने, ‘हामी सांग्रिला मोटर्ससँगको सहकार्यमार्फत नेपाली ग्राहकहरूलाई विश्वस्तरीय मोबिलिटी समाधान उपलब्ध गराउन पाउँदा निकै उत्साहित छौं। यो नयाँ शोरुममार्फत स्टेलान्टिसले अगामी युगका विद्युतीय सवारीसाधनसहित विश्वप्रसिद्ध प्रविधि र ब्रान्डहरू नेपाली बजारमा प्रस्तुत गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याएको छ ।’

हेमन्त गोल्छाले सो नयाँ शोरूम आफूहरुले उत्कृष्ट ग्राहक अनुभवमा केन्द्रित गर्दै गरेको लगनशील प्रयासको निरन्तरता भएको बताए । उनले भने, ‘सिट्रोन, लिपमोटर र प्युजो एकै स्थानमा उपलब्ध गराएर हामी नेपाली ग्राहकहरूका लागि प्रिमियम मोबिलिटी समाधानको एकमात्र गन्तव्य बन्नेछौं भन्ने विश्वास लिएका छौं। यस विस्तारले ग्राहकको विश्वास र ब्रान्डप्रतिको प्राथमिकता झनै मजबुत बनाउनेछ ।’

सांग्रिला मोटर्स प्रालि गोल्छा अर्गनाइजेसनको पाँच दशकभन्दा लामो अनुभवको जगमा स्थापित कम्पनी हो, जसले नेपालमा दिगो र नवप्रवर्तनशील सवारीसाधन क्षेत्रमा अग्रसर भूमिका निर्वाह गरिरहेको छ। नेपालमा स्टेलान्टिस ब्रान्डहरूको एकमात्र आधिकारिक आयातकर्ता भएकाले कम्पनीले विद्युतीय र प्रिमियम गाडी बजार निर्माणमा महत्वपूर्ण भूमिका खेलिरहेको बताएको छ ।

स्टेलान्टिस एनभी विश्वको अग्रणी सवारीसाधन निर्माता कम्पनी हो, जसले आफ्ना ग्राहकहरूलाई नवीनतम प्रविधिको प्रयोग गर्दै स्वतन्त्र गतिशीलताको अधिकार सुनिश्चित गर्न समर्पित छ। यसका ब्रान्डहरूमा अबार्थ, अल्फा रोमियो, क्रिसलर, सिट्रोन, डज, डीएस अटोमोबाइल्स, फिएट, जिप, लान्सिया, मासेराटी, ओपेल, प्युजो, राम, भक्सहल, फ्रिटुमुभ र लेइसिज सामेल छन् ।

सम्बन्धित समाचारहरू

९ महिनामा २,४५१ युनिट विद्युतीय गाडी आयात, यस्तो छ अवस्था

९ महिनामा २,४५१ युनिट विद्युतीय गाडी आयात, यस्तो छ अवस्था

काठमाडौं – चालु आर्थिक वर्षको ९ महिनामा नेपालमा २ हजार ४५१ युनिट विद्युतीय...

फागुन २८ गते अटोमोटिभ कनक्लेभ २०८१ आयोजना हुँदै

फागुन २८ गते अटोमोटिभ कनक्लेभ २०८१ आयोजना हुँदै

काठमाडौं – मेरोअटो अटोमोटिभ कनक्लेभ २०८१ आयोजना हुने भएको छ । अटोमोटिभ्स...

१० हजारमै लेभ्निङको इलेक्ट्रिक स्कुटर लिन सकिने, यस्तो छ योजना

१० हजारमै लेभ्निङको इलेक्ट्रिक स्कुटर लिन सकिने, यस्तो छ योजना

काठमाडौं – पेट्रोलियम पदार्थ महंगो बन्दै गइरहेको समयमा इलेक्ट्रिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...