माउन्ट एभरेष्ट मोटर स्पोर्ट्स फेस्टिभलको टाइटल स्पोन्सर बन्यो टोटल इनर्जिज

काठमाडौं – जनवरी ४ मा धुलिखेलमा हुने माउन्ट एभरेष्ट मोटर स्पोर्ट्स फेस्टिभलको टाइटल स्पोन्सर टोटल इनर्जिज हुने घोषणा भएको छ । नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) ले टाइटल स्पोन्सरसिपको लागि जनवरी १ मा टोटल इनर्जिजका लागि नपालको आधिकारिक बिक्रेता लक्ष्मी ल्युब आयल प्रालिसँग सम्झौता गरेको जानकारी सार्वजनिक गरेको छ ।

सन् २०२५ को संसारकै सम्भवतः पहिलो मोटर स्पोर्ट्स इभेन्टको मुख्य प्रयोजकको लागि लक्ष्मी ल्युब आयल प्रालिको तर्फबाट सेल्स हेड सुबोध थापा र नेपाल अटोमोबाइल्स एसोसिएसनका तर्फबाट मिडिया एन्ड ब्रान्डिङ कमिसनका अंकित भण्डारीले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सो अवसरमा सेल्स हेड सुबोध थापाले विश्वप्रसिद्ध टोटल लुब्रिकेन्टले नेपालमा पनि आफ्नो गुणस्तरीय सेवा र उत्पादन प्रदान गर्दै आएकोमा २०२५ को पहिलो दिनबाट नेपाली मोटर स्पोर्ट्समा पनि आधिकारिक रुपमा प्रवेश गरेकोमा खुसी व्यक्त गरे ।

त्यस्तै टोटल इनर्जिज जस्तो विश्वस्तरीय ब्रान्डको साझेदारीले नेपाली मोटर स्पोर्ट्ससँगै कर्पोरेट क्षेत्रलाई अझ विश्वव्यापी र अन्तर्राष्ट्रिय स्तरको बनाउने विश्वास नेपाल अटोमोबाइल्स एसोसिएसनका अंकित भण्डारीले व्यक्त गरे ।

टोटल इनर्जिज सहित अन्तर्राष्ट्रिय अटोमोबाइल फेडरेसन (एफआईए), अन्तर्राष्ट्रिय मोटरसाइकल फेडेरेसन (एफआईएम) तथा बागमती प्रदेश खेलकुद विकास परिषद्को विशेष आर्थिक सहयोग रहने सो फेस्टिभलमा ६० जना ड्राइभर तथा ४० जना प्राविधिकहरुको सहभागिता रहने छ ।

धुलिखेलस्थित हिमालयन मोटरल्यान्डमा आयोजना हुने सो फेस्टिभल अन्तर्गत अटोक्रस च्यालेन्ज, नेपाल अटो जिमखाना, कार्ट्समाण्डु कप, क्वाड बाइक एड्भेन्चर्स र स्टन्ट शो गरी ५ वटा इभेन्टहरु हुनेछन् । फेस्टिभलकै सन्र्दभमा जनवारी ३ कोे मार्सल तालिम र इभेन्ट म्यानेजमेन्ट वर्कशपको आयोजनामा पनि टोटल इनर्जिजले सहयोग गर्ने बताइएको छ ।

सम्बन्धित समाचारहरू

टुँडीखेलदेखि धुलिखेलसम्म साइकल र्याली सम्पन्न

टुँडीखेलदेखि धुलिखेलसम्म साइकल र्याली सम्पन्न

काठमाडौं – नासा नेपाल र साइकल कल्चर मुभमेन्ट नेपाल तथा धुलिखेल नगरपालिका...

आज विश्व वातावरण दिवस, विद्युतीय सवारी साधन वारेमा नेपाल अटोले वृहत अन्तरक्रिया गर्दै

आज विश्व वातावरण दिवस, विद्युतीय सवारी साधन वारेमा नेपाल अटोले वृहत अन्तरक्रिया गर्दै

काठमाडौं – आज जुन ५ अर्थात विश्व वातावरण दिवस हो । यस वर्षको विश्व वातावरण...

रोड सेफ्टी क्विज सम्पन्न, विजेताको घोषणा

रोड सेफ्टी क्विज सम्पन्न, विजेताको घोषणा

काठमाडौं – छैटौं यूएन ग्लोबल रोड सेफ्टी विकको उपलक्ष्यमा रोड सेफ्टी क्विज...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...