बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
नेपाली बजारमा उपलब्ध हिरो, होन्डा, यामाहा, टीभीएस, बजाज, सुजुकी, रोयल इन्फिल्ड, बीएमडब्ल्यु, बेनेली र हार्ले डेभिडसन लगायतका बाइकमा मोटुल लुब्रिकेन्ट प्रयोग गर्न सकिन्छ ।
मोटुलका ८ सय एमएल देखि २.५ लिटर प्याक साइजमा इन्जिन आयल उपलब्ध छन् । यी मध्ये हालै नेपाली बजारमा भित्रिने प्रक्रियामा रहेको जावा बाइकमा समेत प्रयोग गर्न सकिने ७१०० मोडलको १०डब्ल्यु४० शतप्रतिशत सिन्थेटिक इन्जिन आयल समेत नेपाली बजारमा उपलब्ध छ ।
सो इन्जिन आयल १५० सीसी भन्दा माथिका जुनसुकै बाइकका विभिन्न मोडलमा प्रयोग गर्न सकिन्छ ।
त्यसैगरी डिजेल इन्जिनका लागि १ लिटर देखि २० लिटर सम्म र पेट्रोल इन्जिनका लागि १ लिटर देखि ५ लिटर सम्मको प्याक साइजमा मोटुल लुब्रिकेन्ट उपलब्ध छ । डिजेल इन्जिनमा आवश्यक मोटुलको लुब्रिकेन्ट हालै मात्र नेपाली बजारमा उपलब्ध भएको हो ।
नेपालमा विशाल ग्रुप अन्तर्गतको भीजी अटोमोबाइल्सले मोटुल लुब्रिकेन्ट बिक्री–वितरण गरिरहेको छ । लकडाउनको समयमा समेत मोटुलको बजार विस्तार कार्य जारी रहेको र आगामी दिनमा यसले अझै बजार विस्तार कार्यलाई निरन्तरता दिने मार्केटिङ हेड पुरुषोत्तम पौडेल बताउँछन् ।
नेपाली बजारमा मिनरल, सेमी सिन्थेटिक र सिन्थेटिक गरी सबै लुब्रिकेन्ट्स उपलब्ध छन् । दुईपांग्रे सवारीको लागि आवश्यक सबै लुब्रिकेन्ट नेपाली बजारमा रहेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...