नेपाल आइपुग्यो लिपमोटर बी०३एक्स, छिट्टै लन्च हुने
काठमाडौं — लिपमोटरको बहुप्रतिक्षित विद्युतीय एसयूभी बी०३एक्स नेपाल...
चिनियाँ विद्युतीय सवारी निर्माता कम्पनी बीवाईडीले विश्वकै उच्चस्तरीय मोटरस्पोर्टमा प्रवेश गर्ने सम्भावना अध्ययन गरिरहेको समाचारले अहिले चर्चा पाएको छ । यस वारेमा विभिन्न प्रकारका समाचार सार्वजनिक भइरहेको भए पनि कम्पनीले भने औपचारिक रुपमा केही जानकारी दिएको छैन । कम्पनीले विशेषगरी फर्मुला १ लगायतका शीर्ष प्रतिस्पर्धात्मक रेसिङमा सहभागी हुने विषयमा आन्तरिक मूल्यांकन गरिरहेको बताइएको छ ।
विश्वस्तरीय मोटरस्पोर्टमा सहभागिता जनाउनु बीवाईडीको दीर्घकालीन ‘टेक्नोलोजी फर्स्ट’ रणनीतिसँग मेल खाने कदम हो। तर कम्पनीले हाल फर्मुला वान वा अन्य इन्डुरेन्स रेसिङ प्रतियोगितामा प्रवेश गर्ने विषयको व्यवहारिकता अध्ययन गरिरहेको बताइएको छ।
कम्पनीका कार्यकारी उपाध्यक्ष लि केको भनाइ उद्धृत गर्दै स्रोतले जनाएअनुसार बीवाईडीले फर्मुला १ मा प्रवेश गर्न दुई सम्भावित विकल्पबारे विचार गरिरहेको छ । यस अनुसार पहिलेबाट सञ्चालनमा रहेको कुनै एफ १ टिम अधिग्रहण गर्ने वा पूर्ण रूपमा नयाँ टिम स्थापना गर्ने भन्ने वारेमा छलफल भइरहेको छ । सामाजिक सञ्जालमा फैलिएका चर्चाअनुसार कम्पनीले पहिलो विकल्प अर्थात् विद्यमान टिम किन्न सक्ने सम्भावनालाई प्राथमिकता दिएको बताइन्छ।
मिडिया रिपोर्टका अनुसार रेसिङ क्षेत्रमा प्रवेश गर्नुका पछाडि बीवाईडीका धेरै रणनीतिक उद्देश्य छन्। मोटरस्पोर्ट प्लेटफर्ममार्फत कम्पनीले आफ्नो अत्याधुनिक प्रविधि प्रदर्शन गर्न सक्नेछ भने अन्तर्राष्ट्रिय बजारमा ब्रान्डको पहिचान पनि अझ बलियो बनाउन सक्ने विश्वास गरिएको छ। यसले विदेशी बजारमा उपभोक्तामाझ बीवाईडी ब्रान्डलाई थप आकर्षक बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।
बीवाईडीका लागि मोटरस्पोर्ट क्षेत्र पूर्ण रूपमा नयाँ भने होइन। कम्पनीले सन् २०१४ मा आफ्नो बीवाईडी किन मोडलमार्फत चाइना ¥याली च्याम्पियनसिपमा सहभागिता जनाउँदै चीनको राष्ट्रिय पेशेवर रेसिङ प्रतियोगितामा औपचारिक रुपमा प्रवेश गरेको थियो। त्यसयता बीवाईडीले सो च्याम्पियनसिपमा लगातार भाग लिँदै हाइब्रिड क्याटेगरीमा उल्लेखनीय प्रदर्शन गर्दै आएको छ।
यसैबीच, बीवाईडीका अध्यक्ष वाङ चुआन्फुले सन् २०२४ मा आयोजित बीवाईडी टेक्नोलोजी ड्रिम डे २०२४ मा कम्पनीले विश्वकै पहिलो अल–टेरेन प्रोफेसनल रेस ट्र्याक निर्माण गर्न करिब ५ अर्ब युआन अर्थात करिब ७२६ मिलियन अमेरिकी डलर लगानी गर्ने योजना सार्वजनिक गरेका थिए।
यदि बीवाईडीले भविष्यमा फर्मुला १ जस्तो शीर्ष मोटरस्पोर्ट प्रतियोगितामा प्रवेश गर्ने निर्णय ग¥यो भने यसले विश्व मोटरस्पोर्ट क्षेत्रमा विद्युतीय सवारी निर्माता कम्पनीहरूको सहभागितालाई नयाँ चरणमा पु¥याउन सक्ने विश्लेषकहरू बताउँछन्।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...