काठमाडौं – मोटरहेड बाइकको नेपालका लागि आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेड प्रालिले आफ्ना कर्मचारी तथा डिलर पार्टनरलाई मोटिभेसनल ट्रेनिङ प्रदान गरेको छ ।
नेपालका ख्यातिप्राप्त मोटिभेसनल कोच अनन्तराज घिमिरेले सहभागीहरुलाई प्रशिक्षण प्रदान गरेका थिए । काठमाडौंको दक्षिणकालीस्थित छैमले रिसोर्टमा शुक्रबार र शनिबार उक्त मोटिभेसनल ट्रेनिङ सम्पन्न भएको हो ।
ग्राहकसँग बिक्रीमा मात्रै केन्द्रित नभइ दीगो सम्बन्ध कायम गरेर बिक्री प्रवद्र्धनमा जुट्न ऊर्जा प्रदान गर्ने उद्देश्यले कम्पनीले कर्मचारी र डिलरलाई लक्षित गरी कार्यक्रम आयोजना गरेको एसएलआर टेक्नो एन्ड ट्रेडका जनरल म्यानेजर उज्वल जोशीले जानकारी दिए । मोटरहेड ब्रान्डका बाइकप्रति नेपाली बजारमा ग्राहकको आकर्षण बढिरहेको र यो अवस्थामा कर्मचारी र डिलरहरुलाई पनि त्यही अनुसारको उर्जा प्रदान गर्नु आवश्यक रहेको उनले बताए ।
नेपाली बजारमा मोटरहेडका विभिन्न ७ मोडलका बाइक उपलब्ध छन् । ती मध्ये टेक्कन २५० को मूल्य ३ लाख ९५ हजार, एमएच २०० एक्सको मूल्य ३ लाख ७५ हजार र स्क्र्याम्बलर २५० को मूल्य ४ लाख ५५ हजार रुपैयाँ छ ।
त्यसैगरी एक्स टर्क र एमएच १५० आरको मुल्य क्रमशः ३ लाख ८० हजार र २ लाख ८८ हजार रुपैयाँ पर्छ ।
बाइक किने पछि २ वर्ष वा २० हजार किलोमिटर गुड्दा सम्म इन्जिन वारेन्टी उपलब्ध गराइने कम्पनीको भनाइ छ ।
मोटरहेड डर्ट रेन्ज र क्रसओभर सेगमेन्टको बाइकका लागि लोकप्रिय छ ।