बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं – मोटरहेड बाइकको नेपालका लागि आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेड प्रालिले ग्राहक सामू आफ्नो पहुँच अझ नजिक बनाउन र आफ्ना सेवा विस्तार गर्ने उद्देश्यले काठमाडौंको बालाजुमा आफ्नो शाखा विस्तार गरेको छ । एसजी अर्गनाइजेसन अन्तर्गत मोटरहेड ब्रान्डका मोटरसाइकल तथा स्पेयर पार्ट्सको अवलोकन र प्रयोगका लागि ग्राहकहरुलाई अझै सहज होस् भन्ने उद्देश्यका साथ सो शाखा विस्तार गरिएको हो ।
काठमाडौं महानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष मुकुन्द रिजालको प्रमुख आतिथ्यतामा सम्पन्न सो शुभारम्भ कार्यक्रममा विशेष अतिथिको रुपमा नेपाल रिकन्डिसन एसोसिएसनका पूर्व अध्यक्ष बीएन पाठक तथा नेपाल अटो ट्रेड युनियनका तर्फबाट माधवप्रसाद पाण्डे र विभिन्न सञ्चारकर्मीहरु थिए ।
बिक्री, स्पेयर पार्ट्स तथा बिक्री पछिको तीन वटै (थ्रीएस) सुविधा सम्पन्न उक्त शाखामा अत्याधुनिक प्रविधि र कुशल जनशक्ति परिचालन गरिएकोे छ । अटोमोबाइल क्षेत्रमा छोटो समयमै आफ्नो सवल व्यवस्थापनले ब्रान्डलाई स्थापित गर्न सकेको एसएलआर टेक्नो एन्ड ट्रेड प्रालिले ललितपुर र भक्तपुर पश्चात यो तेस्रो शाखा ग्राहकहरुको सहजताको निमित्त सञ्चालनमा ल्याएको बताएको छ ।
आकर्षक मोडल र मूल्यमा उपलब्ध मोटरहेडका अहिले ७ मोडलका बाइकहरु नेपाली ग्राहकहरुको रोजाइको बाइक हुन सफल रहेको बताइएको छ । नेपाल अधिराज्य भर प्रायः सबै क्षेत्रमा उपलब्ध हुने यी बाइक चीनमा उत्पादन भएका हुन् । कम्पनीले, सोही अनुसार ग्राहकहरुमा दुविधा नरहोस भन्ने उद्देश्यले नै यस ब्राण्डलाई अझ विश्वासिलो र भरपर्दो बनाउन शुरुवाती काल देखि नै स्पेयर तथा सर्भिसमा विशेष ध्यान पु¥याउँदै आएको छ । भविष्यमा पनि उपत्यका तथा अन्य बजारमा कम्पनीले आधिकारिक सर्भिस सेन्टर तथा स्पेयर पार्ट्सहरु सन्चालनमा ल्याई ग्राहकहरुमाझ सन्तुष्टिको आभास कायम राख्ने विश्वास गरिएको बताएको छ ।
हाल उपत्यकामा यस ब्राण्डको उपस्थिति धोबिघाट, बालाजु, टेकु, मित्रपार्क, चावहिल र भक्तपुर गरी ५ ठाउँमा रहेको छ भने उपत्यका बाहिर पोखरा, बाग्लुङ, चितवन, दाङ, नेपालगन्ज, सुर्खेत, इटहरी, वीरगन्जमा रहेको छ । हाल कम्पनीमा टेक्कन २५०, स्क्र्याम्बर २५०, स्पोर्ट्स रोड २५०, स्पोर्ट्स अफरोड २५०, एक्स–टर्क २५०, एमएच–२००एक्स, एमएच–१५०आर गरी डर्ट, स्क्रयाम्ब्लर र क्रसओभर सेगमेन्टका ७ मोडलहरु रहेका छन् ।
कम्पनीले आफ्नो बालाजु स्थित उद्घाटन विशेष अफर स्वरुप स्पेयर पार्ट्समा १० प्रतिशत छुट, सर्भिसिङ चार्जमा ५० प्रतिशत छुट तथा फ्रि बाइक वासिङ र बाइक खरिद गर्दा १५ हजार नगद छुटको व्यवस्था गरेको बताएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...