मोटरहेडको थ्रीएस शाखा उद्घाटन हुने, बाइक किन्दा र सर्भिसिङ गर्दा विभिन्न छुट दिइने

काठमाडौं – मोटरहेड बाइकको नेपालका लागि आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेड प्रालिले ग्राहक सामू आफ्नो पहुँच अझ नजिक बनाउन र आफ्ना सेवा विस्तार गर्ने उद्देश्यले बालाजुमा आफ्नो शाखा विस्तार गरेको छ । एसजी अर्गनाइजेसन अन्तर्गत मोटरहेड ब्रान्डका मोटरसाइकल तथा स्पेयर पार्ट्सको अवलोकन र प्रयोगका लागि ग्राहकहरुलाई अझै सहज होस् भन्ने उद्देश्यका साथ सो शाखा विस्तार गरिएको हो ।

बिक्री, स्पेयर पार्ट्स तथा बिक्री पछिको तीन वटै (थ्रीएस) सुविधा सम्पन्न उक्त शाखामा अत्याधुनिक प्रविधि र कुशल जनशक्ति परिचालन गरिएकोे छ । अटोमोबाइल क्षेत्रमा छोटो समयमै आफ्नो सवल व्यवस्थापनले ब्रान्डलाई स्थापित गर्न सकेको एसएलआर टेक्नो एन्ड ट्रेड प्रालिले ललितपुर र भक्तपुर पश्चात यो तेस्रो शाखा ग्राहकहरुको सहजताको निमित्त सञ्चालनमा ल्याएको बताएको छ ।

आकर्षक मोडल र मूल्यमा उपलब्ध मोटरहेडका अहिले ७ मोडलका बाइकहरु नेपाली ग्राहकहरुको रोजाइको बाइक हुन सफल रहेको बताइएको छ । नेपाल अधिराज्य भर प्रायः सबै क्षेत्रमा उपलब्ध हुने यी बाइक चीनमा उत्पादन भएका हुन् । कम्पनीले, सोही अनुसार ग्राहकहरुमा दुविधा नरहोस भन्ने उद्देश्यले नै यस ब्राण्डलाई अझ विश्वासिलो र भरपर्दो बनाउन शुरुवाती काल देखि नै स्पेयर तथा सर्भिसमा विशेष ध्यान पु¥याउँदै आएको छ । भविष्यमा पनि उपत्यका तथा अन्य बजारमा कम्पनीले आधिकारिक सर्भिस सेन्टर तथा स्पेयर पार्ट्सहरु सन्चालनमा ल्याई ग्राहकहरुमाझ सन्तुष्टिको आभास कायम राख्ने विश्वास गरिएको बताएको छ ।

हाल उपत्यकामा यस ब्राण्डको उपस्थिति धोबिघाट, बालाजु, टेकु, मित्रपार्क, चावहिल र भक्तपुर गरी ५ ठाउँमा रहेको छ भने उपत्यका बाहिर पोखरा, बाग्लुङ, चितवन, दाङ, नेपालगन्ज, सुर्खेत, इटहरी, वीरगन्जमा रहेको छ । हाल कम्पनीमा टेक्कन २५०, स्क्र्याम्बर २५०, स्पोर्ट्स रोड २५०, स्पोर्ट्स अफरोड २५०, एक्स–टर्क २५०, एमएच–२००एक्स, एमएच–१५०आर गरी डर्ट, स्क्रयाम्ब्लर र क्रसओभर सेगमेन्टका ७ मोडलहरु रहेका छन् ।

कम्पनीले आफ्नो बालाजु स्थित उद्घाटन विशेष अफर स्वरुप स्पेयर पार्ट्समा १० प्रतिशत छुट, सर्भिसिङ चार्जमा ५० प्रतिशत छुट तथा फ्रि बाइक वासिङ र बाइक खरिद गर्दा १५ हजार नगद छुटको व्यवस्था गरेको बताएको छ ।

 

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...