आगामी शुक्रबार र शनिबार मोटरसाइक्लिङ कार्निभल हुने

नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) को आयोजनामा आगामी सेप्टेम्बर २७ र २८ अर्थात आगामी शुक्रबार र शनिबार मोटरसाइक्लिङ कार्निभल आयोजना हुने भएको छ । यो भन्दा पहिले मोटरसाइक्लिङ फेस्टिभलको तीन वटा संस्करण सम्पन्न भइसकेकोमा अब यो वर्ष देखि मोटरसाइक्लिङ कार्निभलको नाममा सो इभेन्ट आयोजना हुनेछ ।

विश्व पर्यटन दिवस (सेप्टेम्बर २७) को सन्दर्भमा आयोजना हुने सो कार्निभल पर्यटकीय नगरी नगरकोटमा हुनेछ । टुरिजम, पोलिसी डायलग तथा सेफ्टी र सस्टेनेबिलिटीको थिममा आयोजना हुने सो कार्यक्रम अन्तर्गत मुलतः बागमती प्रदेशको दिगो पर्यटनमा ड्राइभ टुरिजम तथा टु ह्विल टुरिङ विषयमा अन्तरक्रियाको आयोजना हुनेछ ।

सेप्टेम्बर २८ का दिन काठमाडौं देखि नगरकोट सम्म टु ह्विल टुरिङ टु नगरकोट नामक मोटरसाइकल -याली आयोजना हुनेछ । नगरकोटमा पोलिसी डायलग अन्तर्गत विमेन इन मोटरसाइक्लिङ, मोटरसाइक्लिङ सेफ्टी एन्ड सस्टेनेबिलिटी र टु ह्विल टुरिङ इन नेपाल गरी तीन विषयमा प्रस्तुतीकरण र छलफल हुनेछ ।

टु ह्विल टुरिङ इन नेपाल विषयमा पर्यटनविद् विनय शाक्य, मोटरसाइक्लिङ सेफ्टी एन्ड सस्टेनेबिलिटी विषयमा पूर्व डीएसपी गणशेखर श्रेष्ठ र विमेन इन मोटरसाइक्लिङ विषयमा प्रज्ञा अधिकारीले प्रस्तुतीकरण गर्नेछन् । यी सबै विषयमा विभिन्न विज्ञहरुले टिप्पणी गर्नेछन् ।

मोटरसाइक्लिङ कार्निभलको सन्दर्भमा टग अफ वार, स्लो बाइक राइडिङ र हेल्मेट टावर लगायतका विभिन्न प्रतिस्पर्धात्मक गेमहरु आयोजना गरिने छन् । सो अवसरमा केही भ्लगरहरुले राइडिङ र टुरिङ सम्बन्धी आफ्ना अनुभवहरु सेयर गर्नेछन् ।

एफआईएमको अनुबन्ध अनुसार सो कार्यक्रम आयोजना हुने नासा नेपालले जनाएको छ । यस वर्षको विश्व पर्यटन दिवसको नारा ‘टुरिजम एन्ड पिस’ रहेको सन्दर्भमा सोही अनुसार कार्यक्रम आयोजना गरिएको छ ।

कार्निभललाई एफआईएम, नेपाल पर्यटन बोर्ड तथा मोटोभर्स नेपालको सहयोग रहने छ ।

नासा नेपालले विगत देखि नै टु ह्विल टुरिङमा नेतृत्वदायी भूमिका खेलिरहेको र एनटीबी तथा एफआईएमको सहयोगमा विभिन्न डेस्टिनेसनहरु समेत सार्वजनिक गरेको छ । विश्वमै मोटरसाइकल टुरहरु धेरै लोकप्रिय छन् र विस्तारै नेपालमा समेत विस्तारै मोटरसाइकल टुर प्रचलित हुने क्रम बढ्दो छ ।

फेडरेसन इन्टरनेसनल डी मोटोसाइक्लिजम (एफआईएम) को टुरिङ कमसिन एफआईएम टुरिङ, विमा वर्ल्ड, नासा नेपालको टुरिजम कमिसन लगायतका संस्थाहरुले यस सम्बन्धी गतिविधिहरु गरिरहेका छन् ।

सम्बन्धित समाचारहरू

पोखरामा साइकल सुरक्षा र मिडियाबारे अन्तरक्रिया सम्पन्न

पोखरामा साइकल सुरक्षा र मिडियाबारे अन्तरक्रिया सम्पन्न

7th UN Global Road Safety Week को सन्दर्भमा पोखरामा एक भव्य कार्यक्रम सम्पन्न भयो । संचारिका...

MOSROS ललितपुर–चन्द्रागिरी सम्पदा कार -याली र राष्ट्रिय अटोक्रस च्याम्पियनसिप हुने

MOSROS ललितपुर–चन्द्रागिरी सम्पदा कार -याली र राष्ट्रिय अटोक्रस च्याम्पियनसिप हुने

काठमाडौं – नेपाल मोटर स्पोट्र्स एन्ड रोड सेफ्टी फेडरेसन (एनएमआरएफ) ले विश्व...

दिगो सडक र सुरक्षित यातायातको लागि इटहरी घोषणा पत्र र कार्यसमूह

दिगो सडक र सुरक्षित यातायातको लागि इटहरी घोषणा पत्र र कार्यसमूह

भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय अन्तरर्गतको ‘नेसनल रोड सेफ्टी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...