निर्जीवन बीमामा मोटर बीमाको हिस्सा ३० प्रतिशत भन्दा बढी, यस्तो छ अवस्था

काठमाडौं - पछिल्लो समय मोटर बीमाको व्यावसायिक आकार बढ्दै गएको छ । कुल निर्जीवन बीमा व्यवसायमा मोटर बीमाको योगदान उल्लेख्नीय छ । कुल व्यवसायमा मोटर बीमाको हिस्सा ३० प्रतिशत बढी छ ।

हाल १४ वटा ठुला र ४ वटा लघु निजीवन बीमा गरि कुल १८ वटा कम्पनीहरु सचालनमा छन् । ती कम्पनीहरु मार्फत मोटर बीमा हुँदै आएको छ । यति हुँदा हुँदैपनि आर्थिक शिथिलता लगायतका कारण अपेक्षित रुपमा व्यवसाय बढ्न भने सकेको छैन।
चालु आर्थिक वर्षको फागुन मसान्तसम्म कम्पनीहरुले कुल २८ अर्ब ६० करोड ८४ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन भएको नेपाल बीमा प्राधिकरणले जनाएको छ ।

यसमा मोटर बीमाको योगदान ३०.०६ प्रतिशत हुन् आउँछ । समिक्षा अवधिमा कम्पनीहरुले साढे १२ लाख बढी मोटर बीमालेख बिक्री गरेका छन् । प्राधिकरणका अनुसार ठुला निर्जीवन बीमा कम्पनीहरुले मात्रै ९ लाख ४४ हजार बढी मोटर बीमालेख बिक्री गरेका छन् । यता, लघु बीमकले ३ लाख बढी बीमालेख बेचेका छन् ।

हाल सरकारले मोटर बीमालाई अनिवार्य गरेको छ । जसका कारण हरेक सवारीधनीले आफ्नो सवारीको बीमा अनिवार्य नै गर्नुपर्ने बाध्यता छ । यसका कारण मोटर बीमा व्यवसाय बढ्दै गएको छ । पछिल्लो समय निजी कार, मोटरसाइकल, स्कुटर खरिदगर्ने प्रचलन पनि धेरै बढेको छ, सवारीसाधानको बिक्रीले पनि बीमा व्यवसायमा थप टेवा पुर्याएको छ ।

थर्ड पार्टी बीमा अनिवर्या गरिएकाले सवारी साधानले अन्य मानव जीवन वा सम्पत्तिमा क्षति पुर्याउँदा त्यसको क्षतिपूर्ति बीमाले कभर गर्छ । यसका साथै सडक सुरक्षालाई पनि थप मजबुत बनाउँछ । दुर्घटनामा पीडित व्यक्तिहरुलाई पनि क्षतिपूर्ति दिलाउन मद्दत गर्छ । निजी तथा व्यवसायिक यातायात व्यवसायीहरुले पनि अनिवार्य मोटरको बीमा गर्न थालेका छन् ।

कस्को सबैभन्दा धेरै मोटर बीमालेख, कसले कति बिक्री गरे ?
सबैभन्दा धेरै मोटर बीमालेख हिमालयन एभरेष्टले बिक्री गरेको छ । समिक्षा अवधिमा १ लाख ३३ हजार ११० वटा मोटर बीमालेख बिक्री गरेको देखिन्छ । यसको अर्थ अन्य कम्पनीको तुलनामा हिमालयन एभरेष्टले धेरै सावरी साधनहरुका बीमा गरेको भन्ने बुझिन्छ ।

धेरै सवारीको बीमा गर्ने कम्पनीको दोस्रो सूचीमा सिद्धार्थ प्रिमियर छ । कम्पनीले पनि ८ महिननामा १ लाख १३ हजार २३६ वटा बीमालेख बिक्री गरेको छ । यस्तै, नेको १ लाख ११ हजार ६४, शिखरले १ लाख ५ हजार ६०५, सगरमाथा लुम्बिनीले १ लाख २ हजार ५६६ वटा मोटर बीमालेख बिक्री गरेका छन् । बीमालेखबिक्री दरका आधारमा मोटर बीमा व्यवसाय तुलनात्मक रुपमा यी पाँच वटा कम्पनीको कब्जामा देखिन्छ ।

प्राधिकरणका अनुसार आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले पनि ८९ हजार ६४६ वटा, , नेपाल इन्स्योरेन्सले ८९ हजार ४८७ वटा, एनएलजीले ७५ हजार ५२४, प्रभूले ६३ हजार ८८, युनाईटेड अजोडले ६० हजार, सानिमा जिआइसीले ५२ हजार ५१०, राष्ट्रिय बीमा कम्पनीले २० हजार ३३० वटा, ओरियण्टलले ११ हजार र नेशनल इन्स्योरेन्सले ५ हजार ४६० वटा मोटर बीमालेख बिक्री गरेका छन् ।

सम्बन्धित समाचारहरू

कर बढ्ने चर्चा बिच ईभीले भरियो चोभार सुक्खा बन्दरगाह

कर बढ्ने चर्चा बिच ईभीले भरियो चोभार सुक्खा बन्दरगाह

काठमाडाैं । विद्युतीय सवारीसाधन (ईभी) को आयात अत्यधिक बढेका कारण...

कम्पोनेन्ट्स शोमा ओएलएसको रिमोट कन्ट्रोलयुक्त लिफ्ट सार्वजनिक

कम्पोनेन्ट्स शोमा ओएलएसको रिमोट कन्ट्रोलयुक्त लिफ्ट सार्वजनिक

भारतमा जारी भारत मोबिलिटी ग्लोबल एक्सपो २०२५ अन्तर्गतको कम्पोनेन्ट्स...

संघाई अटो शोमा होन्डाले देखायो ३ नयाँ इभी

संघाई अटो शोमा होन्डाले देखायो ३ नयाँ इभी

होन्डाले चीनमा जारी संघाई अटो शोमा ३ वटा नयाँ इलेक्ट्रिक कार प्रदर्शनी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...