बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
चितवन - चितवनबाट पहिलो पटक चितवन मुक्तिनाथ मोटर र्याली गरिने भएको छ । आन्तरिक पर्यटन प्रर्वद्धन, मोटर खेल विकास र सुरक्षित यात्राको सन्देश जनचेतना फैलाउने लक्ष्य बोकेर ‘ नेपाल अटोमोबाइल एसोसिएसन प्रदेश नम्बर ३ र चितवन अटोमोबाइल डिलर्स एसोसिएसनको संयुक्त आयोजनामा ३ दिने मोटर र्याली गरिने भएको हो ।
आगामी चैत १५ देखि १७ गते सम्म चितवन मुक्तिनाथ मोटर र्याली हुने कार्यक्रमका संयोजक तथा नेपाल अटोमोबाइल एसोसिएसन प्रदेश नम्बर ३ का अध्यक्ष राजन पियाले जानकारी दिए ।
र्यालीका सहभागिहरुको निगरानीलाई विभिन्न ७ स्थानमा चेक प्वाइन्ट राखिने आयोजकले जनाएको छ। तोकिएका चेक प्वाइन्टमा र्यालीमा सहभागिले अतिरिक्त क्रियाकलापमा सहभागि हुँदै अंक बटुल्नेछन्। तोकिए अनुसारको सहभागिहरुले सवारी साधन चलाउनु पर्नेछ र तोकिएका कार्यभार पूरा पनि गर्नु पर्नेछ भने सोही आधारमा उपाधि समेत दिइने उनले बताए ।
चितवनको भरतपुररबाट सुरु हुने र्याली मुग्लिन, पोखरा, बेनी, लेते, मार्फा, जोमसोम हुदै मुक्तिनाथमा पुग्नेछ । जान आउन गरेर ६ सय किलोमिटरको रयालीको तयारी समेत तीव्र पारेको उनले बताए ।
साथै कालीगण्डकी किनारमा मोटर स्पोर्टस् प्रतिस्पर्धाका विभिन्न खेल पनि समावेश गरिएको उनले बताए । र्यालीमा ३० वटा सवारी साधनमा १ सय जना सहभागी हुने आयोजकको दावी छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...