डोङफेङका नयाँ विद्युतीय बस सार्वजनिक, पहिलो ५० जना ग्राहकलाई विशेष छुटको व्यवस्था
काठमाडौं–चीनको सरकारी स्वामित्वमा रहेको सवारी उत्पादक कम्पनी डोङफेङका...
काठमाडौं–‘नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६’ लाई लक्षित गर्दै बिमा कम्पनीहरूले सवारीसाधन बिमामा विशेष ब्याजदर तथा विभिन्न सहुलियतपूर्ण योजनाहरू सार्वजनिक गरेका छन् ।
सवारीसाधन खरिद गर्ने ग्राहकहरूलाई आर्थिक सुरक्षा र सहजता प्रदान गर्ने उद्देश्यले बिमा कम्पनीहरूले एक्स्पोमै आफ्ना सेवाहरू विस्तार गरेका हुन् ।
यस वर्षको मोबिलिटी एक्सपोमा एनएलजी इन्स्योरेन्स र सलिको इन्स्योरेन्स मुख्य बिमा पार्टनरका रूपमा सहभागी छन् । यी कम्पनीहरूले सवारीसाधनको बिमाअन्तर्गत दुर्घटना, आगलागी, प्राकृतिक विपत्ति, चोरी, तेस्रो पक्षको दायित्व तथा व्यक्तिगत घटनासम्म समेट्ने गरी व्यापक सुरक्षा योजनाहरू अघि सारेका छन् ।
एक्सपोको अवसरमा एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले स्वास्थ्य बिमामा नयाँ आयाम थप्दै ‘एनएलजी हेल्थ सहारा’ योजना सार्वजनिक गरेको छ । अस्पताल भर्ना भएर उपचार गर्दा हुने ठूलो खर्चको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले ल्याइएको यस योजनाले अस्पताल भर्ना खर्च, डे–केयर प्रक्रिया, कोठा तथा आईसीयू शुल्क, अपरेसन थिएटर, चिकित्सक तथा विशेषज्ञको शुल्क समेट्छ ।
यसका साथै औषधि, डायग्नोस्टिक, प्याथोलोजी र रेडियोलोजी लगायतका उपचार खर्चमा पनि यस योजनाले आर्थिक सुरक्षा प्रदान गर्ने कम्पनीले जनाएको छ ।
मोटर बिमातर्फ एनएलजी इन्स्योरेन्सले कार, ट्याक्सी, बस र ट्रक लगायतका सबै प्रकारका सवारीसाधनलाई समेटेको छ । विशेष गरी एक्सपोमै सिधै कम्पनीसँग जोडिने ग्राहकहरूका लागि प्रिमियममा २.५ प्रतिशत विशेष छुटको व्यवस्था गरेकोे छ ।
सवारीसाधनको प्रदर्शनीसँगै बिमा कम्पनीहरूको सक्रिय सहभागिताले नयाँ गाडी खरिद गर्नेहरूका लागि एउटै थलोमा वित्तीय र सुरक्षासम्बन्धी सबै सुविधा उपलब्ध गराएको छ । एक्सपोमा सहभागी बिमा कम्पनीहरूले ग्राहकको जिज्ञासा मेट्न र तत्कालै बिमा पोलिसी जारी गर्न छुट्टै स्टलहरू सञ्चालन गरिरहेका छन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...