राजधानीका अधिकांश सवारी साधन प्रदूषण मापदण्ड विपरित, ९४५ मा ५१५ फेल
काठमाडौँ – अहिलेसम्म काठमाडौँ महानगरपालिकाले प्रदूषण जाँच गरेका ९४५...
काठमाडौँ - असोज महिनाको ११ र १२ गते परेको अविरल वर्षासँगै आएको बाढी पहिरोको कारण हाल सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनीहरूमा ७ अर्ब २१ करोड बढीको दाबी पर्ने आकलन रहेको छ ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत १६ गतेसम्मका तथ्यांक अनुसार २ हजार ३३७ वटा दाबी पर्न सक्ने सम्भावना देखिएको छ। यस अवधिमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सलाई एक एक अर्ब ८१ लाख रुपैयाँ बढीको दाबी पर्ने अनुमान छ ।
त्यस्तै, दि ओरिएन्टल इन्स्योरेन्स कम्पनीमा एक अर्ब ४४ करोड १० लाख रुपैयाँ बढीको १४७ वटा दावी परेको छ । साथै, हिमालयन एभरेष्टमा एक अर्ब १७ करोड ४७ लाख रुपैयाँ बढीको २१६ वटा दाबी पर्ने अनुमान गरिएको छ भने नेको इन्स्योरेन्समा ८९ करोड ८४ लाख २७ हजार रुपैयाँको २२३ वटा दाबी परिसकेको छ ।
प्रस्तुत तथ्यांक अनुसार शिखरमा ४६ करोड ५८ लाख ५१ हजार रुपैयाँको ३२२ वटा दाबी, नेशनल इन्स्योरेन्स कम्पनीमा २३ करोड ६६ लाख १३ हजार रुपैयाँको २५ वटा, आईजीआई प्रुडेन्सियलमा २० करोड ६४ लाख ४० हजार रुपैयाँको २४८ वटा दाबी पर्ने अनुमान गरिएको छ ।
यो १४ वटा निर्जीवन बीमा र चार वटा लघुबीमा कम्पनीको परेको तथ्यांकको विवरण हो । कृषि बाली बीमा अन्तर्गत ४३ लाख ६७ हजार, पशुपन्छी बीमा अन्तर्गत एक करोड १५ लाख ८२ हजार, मोटर बीमा (निजी) अन्तर्गत २७ करोड ३० लाख ६१ हजार रुपैयाँ बरावरको प्रारम्भिक दावी रहेको प्राधिकरणले जनाएको छ ।
बीमा प्राधिकरणले बाढी पहिरोमा परेका बीमितहरुलाई आफूले बीमा गरेको सम्बन्धित कम्पनीमा सिधै फोन, इमेल वा कुनै पनि शाखा कार्यालयमा गएर बीमा दावी गर्न सकिने व्यवस्था मिलाइएको छ ।
काठमाडौँ – अहिलेसम्म काठमाडौँ महानगरपालिकाले प्रदूषण जाँच गरेका ९४५...
लामो समय आवागमन बन्द रहेको तातोपानी नाका आजबाट खुल्ने भएको छ। चीनसँगको...
काठमाडौं – नेपाल अटो मेकानिक्स व्यवसायी संघले काठमाडौं महानगरपालिकाले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...