बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
प्रिमियम मोटरसाइकल उत्पादक मोटो मोरिनीले ६५० सिसीको नयाँ क्रुजर मोटरसाइकल ल्याउने भएको छ । यो नयाँ मोटरसाइकलको प्याटेन्ट डिजाइन वाहिर आएसंगै यस्तो खुलसा भएको हो । निर्माणको चरणमा रहेको यो नयाँ वाइकले रोयल इन्फिल्ड मेटियोर ६५० संग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ ।
यसको डिजाइनलाई नियाल्दा एउटा आरामदायी क्रुजर मोटरसाइकलमा चाहिने सम्पूर्ण एसेसोरिज र कम्पोनेन्ट दिइएको प्रष्ट हुन्छ । वाइकमा स्कुप सिट, फराकिलो ह्यान्डल वार, गोलाकार हेडलाइट र ह्यान्डलवार सैगै मिरर दिइएको छ ।
यो नयाँ मोटरसाइकलमा कम्पनीले हाल कारोवार भइरहेको एक्स–केप र सेइमेजोमा जडान गरिएको ६४९ सिसी प्यारलल ट्विन मोटर दिन सक्ने अनुमान गरिएको छ । यो इन्जिनलाई मोटो मोरिनीले सिएफ मोटोबाट लिएको हो । यो इन्जिनको पावर ५९.१७ विएचपी र टर्क ५४ एनएम रहेको छ ।
पूर्णत एलइडी लाइट जडान भएर आउन लागेको यो मोटरसाइकलमा टिएफटी ड्यास र एविएस फिचर सामेल हुनेछ । अन्तराष्ट्रिय बजारमा विक्री शुरु भएसंगै यो नयाँ मोडल भारतीय बजारमा समेत आउने आँकलन गरिएको छ । भारतमा अहिलो यसको एक्स–केप र सेइमेजो मोडल बिक्री हुँदै आइरहेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...