मोटोगर्ल टु द सिन्धुलीगढी सम्पन्न, स्लो रेस विजेता बनिन् जयन्ती

कठमाडौं – ‘इन्टरनेसनल फिमेल राइड डे’ को अवसरमा महिला मोटरसाइकल -याली MOTOGIRLS TO THE SINDHULIGADHI सम्पन्न भएको छ । गत मे ६ अर्थात बैशाख २३ गते सम्पन्न सो ¥याली काठमाडैंस्थित नेपाल टुरिजम बोर्डबाट शुरु भई सिन्धुलीगढीमा समापन भएको थियो ।

विगत केही बर्ष देखि महिला मोटरिङ र मोटरसाइक्लिङको क्षेत्रमा क्रियाशिल नासा वमेन कमिसन अन्तर्गतको विमा नेपाल (WIMA Nepal) आयोजना गरेको सो -यालीमा १४ जना राइडरहरु सहभागी थिए । -याली नेपाल टुरिजम बोर्ड, काठमाडौँ देखी सुरुभै भक्तपुर, बनेपा, धुलिखेल, खुरकोट हुदै सिन्धुली कला घरको अवलोकन पश्चात सिन्धुलीगढीमा टुगिंएको थियो ।
¥यालीमा सहभागिहरुलाई सिन्धुलीगढी युद्ध संग्रहालयले खादा ओढाई स्वागत गरेको थियो भने सिन्धुली कलाघरमा पनि लोकबाजा सहित खादा ओढाई स्वागत गरिएको थियो । -याली व्यवस्थापन तुलसा पहाडीको संयोजकत्वमा भएको थियो ।

कार्यक्रममा स्लो रेस प्रतियोगिता पनि भएको थियो । जसमा स्टन्ट राइडर जयन्ती सुनुवार (कुन्ची) विजयी भएकी थिइन् । स्लो रेस विजेतालाई नासा नेपालको तर्फबाट UN Standard Safe Helmet प्रदान गरिने नासा नेपालले घोषणा गरेको छ ।

साथै कार्यक्रममा टिकटक प्रतियोगिता पनि घोषणा गरिएको थियो । टिकटक लाइकको संख्याको आधारमा १४ जना सहभागीहरु बीच भएको प्रतियोगितामा पनि राइडर जयन्ती सुनुवार (कुन्ची) नै छनौटमा परेकी छिन् । विजेतालाई एक समाहरोमा पुरस्कार वितरण गर्ने नासा वमेन कमिसनकी संयोजक सञ्जु बज्राचार्यले जानकारी दिएकी छिन् ।

सम्बन्धित समाचारहरू

नासा नेपालको साधारण सभा सम्पन्न, २०२८ भित्र नेपालमै क्रसकार निर्माण गर्ने घोषणा

नासा नेपालको साधारण सभा सम्पन्न, २०२८ भित्र नेपालमै क्रसकार निर्माण गर्ने घोषणा

काठमाडौं – नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) को एघारौँ साधारण सभा...

भरतपुरको सार्वजनिक यातायात सुधारका लागि वागमती अटोमोबाइल्स एसोसिएसनले विभिन्न कार्य गर्ने

भरतपुरको सार्वजनिक यातायात सुधारका लागि वागमती अटोमोबाइल्स एसोसिएसनले विभिन्न कार्य गर्ने

चितवन – भरतपुर महानगरपालिका भित्रका सार्वजनिक यातायात सुधारका लागि...

एफआईए मोटरस्पोर्ट गेम्स २०२४ का लागि नेपाली टिमलाई गरियो विदाई

एफआईए मोटरस्पोर्ट गेम्स २०२४ का लागि नेपाली टिमलाई गरियो विदाई

स्पेनको भ्यालेन्सियामा अक्टोवर २३ देखि २७ मा आयोजना हुने एफआईए...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...