मोटोगर्ल टु द सिन्धुलीगढी सम्पन्न, स्लो रेस विजेता बनिन् जयन्ती

कठमाडौं – ‘इन्टरनेसनल फिमेल राइड डे’ को अवसरमा महिला मोटरसाइकल -याली MOTOGIRLS TO THE SINDHULIGADHI सम्पन्न भएको छ । गत मे ६ अर्थात बैशाख २३ गते सम्पन्न सो ¥याली काठमाडैंस्थित नेपाल टुरिजम बोर्डबाट शुरु भई सिन्धुलीगढीमा समापन भएको थियो ।

विगत केही बर्ष देखि महिला मोटरिङ र मोटरसाइक्लिङको क्षेत्रमा क्रियाशिल नासा वमेन कमिसन अन्तर्गतको विमा नेपाल (WIMA Nepal) आयोजना गरेको सो -यालीमा १४ जना राइडरहरु सहभागी थिए । -याली नेपाल टुरिजम बोर्ड, काठमाडौँ देखी सुरुभै भक्तपुर, बनेपा, धुलिखेल, खुरकोट हुदै सिन्धुली कला घरको अवलोकन पश्चात सिन्धुलीगढीमा टुगिंएको थियो ।
¥यालीमा सहभागिहरुलाई सिन्धुलीगढी युद्ध संग्रहालयले खादा ओढाई स्वागत गरेको थियो भने सिन्धुली कलाघरमा पनि लोकबाजा सहित खादा ओढाई स्वागत गरिएको थियो । -याली व्यवस्थापन तुलसा पहाडीको संयोजकत्वमा भएको थियो ।

कार्यक्रममा स्लो रेस प्रतियोगिता पनि भएको थियो । जसमा स्टन्ट राइडर जयन्ती सुनुवार (कुन्ची) विजयी भएकी थिइन् । स्लो रेस विजेतालाई नासा नेपालको तर्फबाट UN Standard Safe Helmet प्रदान गरिने नासा नेपालले घोषणा गरेको छ ।

साथै कार्यक्रममा टिकटक प्रतियोगिता पनि घोषणा गरिएको थियो । टिकटक लाइकको संख्याको आधारमा १४ जना सहभागीहरु बीच भएको प्रतियोगितामा पनि राइडर जयन्ती सुनुवार (कुन्ची) नै छनौटमा परेकी छिन् । विजेतालाई एक समाहरोमा पुरस्कार वितरण गर्ने नासा वमेन कमिसनकी संयोजक सञ्जु बज्राचार्यले जानकारी दिएकी छिन् ।

सम्बन्धित समाचारहरू

मोटर स्पोर्ट्समा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई गरियो सम्मान

मोटर स्पोर्ट्समा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई गरियो सम्मान

काठमाडौं – फ्रान्सको मार्सेली सहरमा केही दिन पहिले सम्पन्न ओलम्पिक...

भारतको हिमाञ्चल प्रदेशमा हुने -याली अफ चाम्बामा भाग लिन जादै राइडर दीपक साह

भारतको हिमाञ्चल प्रदेशमा हुने -याली अफ चाम्बामा भाग लिन जादै राइडर दीपक साह

काठमाडौं – नेपालका प्रसिद्ध बाइक राइडर दीपक साह भारतको हिमाञ्चल प्रदेशमा...

कार्ल मार्क्सको कसम सार्वजनिक : केही विकासका कुरा, केही निकासका कुरा वारेमा छलफल

कार्ल मार्क्सको कसम सार्वजनिक : केही विकासका कुरा, केही निकासका कुरा वारेमा छलफल

काठमाडौं – गोविन्द भट्टराईद्वारा लिखित पुस्तक ‘कार्ल मार्क्सको कसम’ आज एक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...