शनिबार इन्टरनेसनल फिमेल राइड डे, सिन्धुलीगढी सम्म महिला मोटरसाइकल -याली हुने

काठमाडौं – ‘इन्टरनेसनल फिमेल राइड डे’ को अवसरमा आगामी शनिबार महिला मोटरसाइकल -याली MOTOGIRLS TO THE SINDHULIGADHI हुने भएको छ । मे ६ गते प्रत्येक वर्ष मनाइने र नेपाली मोटर स्पोर्ट्सको क्षेत्रमा मात्र नभै विश्वको अटोमोबाइल क्षेत्रकै इतिहासमा लोकप्रिय महिला मोटरसाइकल -याली यसपटक सो नाममा हुने भएको हो । ¥याली नेपाल टुरिजम बोर्डबाट शुरु भई सिन्धुलीगढीमा समापन हुनेछ ।

सो -याली काठमाडौँ देखी सुरु भई भक्तपुर, बनेपा, धुलिखेल, खुरकोट हुदै सिन्धुली कला घरको अवलोकन पश्चात सिन्धुलीगढीमा टुंगिने छ । सहभगीहरुलाई सेफ्टी राइडिङ ओरिएन्टेसन समेत दिइने छ ।

-याली व्यवस्थापनका लागि तुलसा पहाडीको संयोजकत्वमा समिति गठन गरिएको छ । ¥यालीलाई विभिन्न सामाजिक, व्यवसायिक तथा पर्यटकिय र खेल, संघ संस्थाहरुले सहयोग गरेका छन् ।

नेपाल टुरिजम बोर्ड, नासा नेपाल, काठमाडौं लिजेन्ड्स, कवच गियर्स, पेट्रोनस स्प्रिन्टा, रिबुस्ट इनर्जी ड्रिंक आदिको सहयोग रहेको छ भने हस्पिटालिटी पार्टनरको रुपमा गणपति रिसोर्ट रहेको छ । यसले नेपाली टु ह्विल टुरिङ र महिला सशतिmकरणको लागि नयाँ आयाम थप्ने आयोजकको भनाइ छ ।

-यालीमा सहभागी हुन इच्छुकले सहभागिताको फारम भर्नु पर्नेछ । सबै प्रकारका बाइक सहभागी हुनसक्ने सो ¥यालीमा सबै उमेर समुहका महिलाहरुले भाग लिन पाइने छ ।

विगत केही बर्ष देखि महिला मोटरिङ र मोटरसाइक्लिङको क्षेत्रमा क्रियाशील नासा वुमेन कमिसन अन्तर्गतको विमा नेपाल (WIMA Nepal) द्वारा आयोजना गरिने सो -यालीमा १४ जना राइडरहरु सहभागी हुने बताइएको छ । सो -यालीमा सहभागीले मुलतः एड्भेन्चर, वुमेन इम्पावरमेन्ट र टु ह्विल टुरिङको कम्विनेसन पाउनेछन् भने सडक सुरक्षाको सन्देश प्रवाह गर्नेछन् ।

यसले सिन्धुलीगढीको साथमा समग्र सिन्ध्लीको पर्यटन प्रवद्घनमा महत्वपुर्ण अर्थ राख्ने बतााइएको छ ।

फाइल तस्बिर

सम्बन्धित समाचारहरू

नासा नेपालले पायो अन्तर्राष्ट्रिय मोटरसाइकल महासंघ एफआईएमको प्रतिष्ठित अवार्ड

नासा नेपालले पायो अन्तर्राष्ट्रिय मोटरसाइकल महासंघ एफआईएमको प्रतिष्ठित अवार्ड

नेपालमा मोटरस्पोर्ट्सको नियामक निकाय नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा...

चार्ल्स लेक्लेर्कले जिते अष्ट्रेलियन ग्रांपी

चार्ल्स लेक्लेर्कले जिते अष्ट्रेलियन ग्रांपी

अष्ट्रेलियाको मेलबर्नमा हिजो सम्पन्न कार रेस प्रतियोगिता अष्ट्रेलियन...

रेसिङको विश्वव्यापी संस्था एफआईए अध्यक्षका लागि टिम मायरले गरे उम्मेदवारी घोषणा, यस्तो छ प्रक्रिया

रेसिङको विश्वव्यापी संस्था एफआईए अध्यक्षका लागि टिम मायरले गरे उम्मेदवारी घोषणा, यस्तो छ प्रक्रिया

आगामी डिसेम्बर १२ मा उज्वेकिस्तानको तासकन्तमा हुने एफआईए अर्थात फेडरेसन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...