बेनेली बाइकले ल्यायो ‘चढौं बेनेली, बाँडौं खुसी !’ अफर, बाइक किन्दा १ लाख सम्म छुट
काठमाडौं – नेपालका लागि बेनेली बाइकको आधिकारिक बिक्रेता केटीएम...
इटालिनय टु ह्विलर ब्रान्ड मोटो मोरिनीले भारतमा उत्पादन थाल्ने भएको छ । अदिश्वार अटो राइड इण्डियासंगको साझेदारीमा यो कम्पनीले भारतमा मोटरसाइकलको उत्पादन शुरु गर्ने भएको हो । अदिश्वारले हाल बेनेली र किवे व्रान्डका मोटरसाइकलको भारतीय बजार हेर्दैै आइरहेको छ । मोटो मोरिनीलाई चीनीयाँ कम्पनी जोंगनेंगले सन् २०१८ मा आफू मातहत लिएर बजार विस्तार गर्दै आइरहेको छ ।
मोरिनीसंग हाल एक्स–क्यापे एड्भेन्चर टुरर र सिमेजो नियो–रेट्रो रोडस्टर वाइक उपलब्ध रहँदै आएको छ । यी दुबै वाइकमा सिएफ मोटोको ६४९ सिसी प्यारलल ट्विन इन्जिन जडान गरिएको छ, जसको अधिकांश स्पेशिफिकेसन कावासाकी ६५० इन्जिनसंग मिल्दोजुल्दो छ ।
यो कम्पनीले भारतीय बजारमा कुन कुन सेग्मेन्टका वाइक उत्पादन गर्न लागेको हो भनेर हालसम्म कुनै जानकारी सार्वजनिक नगरिए पनि विग सिसीका वाइक पहिलो प्राथमिकतामा पर्नसक्ने आँकलन गरिएको छ । सन् १९३७ सालमा स्थापना भएको मोटो मोरिनी इन्नोभेटिभ डिजाइन र इन्जिनियरिङका क्षेत्रमा चर्चित मानिन्छ । यो कम्पनीले शुरुवाती चरणमा १२५ देखी २५० सीसी क्षमतासम्मका रेसिङ वाइक उत्पादन गरेको थियो ।
काठमाडौं – नेपालका लागि बेनेली बाइकको आधिकारिक बिक्रेता केटीएम...
काठमाडौं– नेपालका लागि बेनेली मोटरसाइकलको आधिकारिक वितरक केटीएम...
ताइवानी अटो उत्पादक किम्कोले हालसालै नयाँ इलेक्ट्रिक स्कुटर लाइक १२५...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...