ग्यारो स्कुटर किन्दा नगद छुट, एक्सचेन्ज बाेनस र सरल फाइनान्स सुबिधा
काठमाडौं–ग्यारो इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक वितरक नेक्स्ट...
सन् २०२१ को अटोमोबाइल ब्रान्ड सम्बन्धी नयाँ तथ्य सार्वजनिक भएको छ । यो वर्ष सबैभन्दा मूल्यवान अर्थात मोस्ट भ्यालुएबल कम्पनी टोयोटा बनेको छ । त्यसैगरी फास्टेस्ट ग्रोइङ कार ब्रान्ड अर्थात तीव्र गतिमा बढिरहेको कार ब्रान्ड बन्न चाइनिज कम्पनी बीवाईडी सफल भएको छ ।
ब्रान्ड सम्बन्धी जानकारी सार्वजनिक गर्ने ‘ब्रान्ड फाइनान्स’ ले प्रकाशित गरेको रिपोर्ट अनुसार बीवाईडीले सन् २०२१ मा २०२० को तुलनामा यसको मूल्यलाई दोब्बर बनाएको छ । अघिल्लो वर्ष यसको मूल्य ३.२ बिलियन डलर रहेकोमा २०२१ यो ६.४ बिलियन पुग्यो र ५०० मोस्ट प्रिसियस वान्स ब्रान्ड मध्ये ३४६औं स्थानमा रहन सफल भयो । बीवाईडीले पछिल्लो समयमा ल्याएको ब्लेड ब्याट्री प्रविधि र ई–प्लेटफर्म ३.० मा आधारित उत्पादनका कारण आगामी वर्ष झन् यसको स्तर अझै बढ्ने अपेक्षा गरिएको छ ।
बीवाईडीलाई टक्कर दिने एक मात्र अटोमोटिभ ब्रान्डमा चीनकै ग्रेटवाल मोटर्सको एक डिभिजन ह्यावल रहन पुगेको छ । ह्यावलले पनि अघिल्लो वर्षको तुलनामा ५५ प्रतिशत मूल्य बढाएको छ र यसको मूल्य ६.१ बिलियन पुगेको छ । यो ३७२औ स्थानमा रहन पुगेको छ ।
बीवाईडी र ह्यावल दुवै चाइनिज कम्पनी हुन् । बीवाईडीले विद्युतीय सवारी साधन उत्पादन गर्छ भने ह्यावलले पेट्रोलियम सवारी साधन । नेपाली बजारमा यी दुवै ब्रान्ड उपलब्ध छन् । बीवाईडीका इलेक्ट्रिक कार उपलब्ध छन् भने ह्यावल यही वर्ष मात्र नेपाली बजारमा भित्रिएको छ ।
कार ब्रान्डको कुरा गर्दा सबैभन्दा मूल्यवान कम्पनी टोयोटा पछि मर्सिडिज–बेन्ज, टेस्ला, फक्सवागन, बीएमडब्ल्यु, पोस्र्चे, होन्डा, फोर्ड, टाटा र निसान रहेका छन् ।
काठमाडौं–ग्यारो इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक वितरक नेक्स्ट...
हाल नेपालमा इन्जिन भएका सवारी साधनलाई इलेक्ट्रिक गाडीमा रूपान्तरण गर्ने...
हाल नेपाली बजारमा निकै नै चर्चामा रहेको डोङफेङ नामी ईभीको मूल्यमा वृद्धि...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...