यी हुन् सन् २०२१ मा सबैभन्दा धेरै सर्च गरिएका इलेक्ट्रिक कार

सन् २०२१ मा इलेक्ट्रिक सवारी साधन बढी चर्चामा रहे । जसका कारण यो वर्ष इलेक्ट्रिक सवारी इन्टरनेटमा बढी सर्च गरियो । यद्यपि इलेक्ट्रिक कारको तुलनामा आईसीई इन्जिन भएका कारको खोजी अझै ठूलो अन्तरमा बढी नै हुने गरेको छ ।

यो वर्ष सबैभन्दा बढी टाटा नेक्सन इन्टरनेटमा सर्च गरियो । यो वर्ष हरेक महिना १ लाख ३५ हजार पटक इन्टरनेटमा यसको खोजी गरियो । इन्टरनेटमा बढि खोजी गरिएका इलेक्ट्रिक कारहरु यस्ता छन् ।

१. टाटा नेक्सन ईभी
टाटा नेक्सन ईभी १ लाख ३५ हजार पटक इन्टरनेटमा सर्च गरियो र यो सूचीको शीर्ष स्थानमा छ । सो कार सबैभन्दा बढी बिक्री हुने इलेक्ट्रिक एसयूभी हो जसले एक पटक चार्जमा ३१२ किलोमिटरको रेन्ज प्रदान गर्छ । सो कार फास्ट चार्जरबाट ६० मिनेटमा ० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । जबकि घरको सामान्य चार्जरबाट ८ घन्टामा फुल चार्ज गर्न सकिन्छ । टाटा नेक्सनमा ३०१२ केडब्ल्युएचको ब्याट्री जडान गरिएको छ ।

२. टाटा टिगोर ईभी
टाटा टिगोर ईभी यो सूचीमा दोस्रो स्थानमा रहेको छ । सो कार प्रति महिना ७४ हजार पटक इन्टरनेटमा सर्च गरियो । नयाँ टाटा टिगोर ईभीले फुल चार्जमा ३०६ किलोमिटरको ड्राइभ रेन्ज प्रदान गर्छ । नयाँ टिगोर ईभीमा आईपी६७ रेटिङको २६ केडब्ल्युएच लिथियम आयोन ब्याट्री समावेश गरिएको छ । यसको इलेक्ट्रिक मोटरले ५५ किलोवाट पावर र १७० एनएम टर्क जेनेरेट गर्न सक्षम छ ।

३. एमजी जेडएस ईभी
एमजी जेडएस ईभी ६० हजार ५० पटक सर्च गरी तेस्रो स्थानमा रहेको छ । सो इलेक्ट्रिक एसयूभीमा ४४.५ केडब्ल्युएचको आईपी६ प्रमाणित ब्याट्री जडान गरिएको छ, जुन पूर्ण चार्ज हुन ६ देखि ८ घन्टाको समय लाग्छ । सिंगल चार्जमा सो कारले ४१९ किलोमिटरको ड्राइभिङ रेन्ज प्रदान गर्छ । सो कारले ८ सेकेन्डमा ० देखि १०० किलोमिटर प्रतिघन्टाको गति लिने क्षमता रहेको छ । कारमा तीनवटा ड्राइभिङ मोडसहितको रिजेनेरेटिभ ब्रेकिङ सिस्टम उपलब्ध छ ।

४. औडी ई–ट्रोन
सो कार गत वर्ष २७ हजार एक सय पटक इन्टरनेटमा सर्च गरियो । औडी ई–ट्रोनमा ९५ केडब्ल्युएचको लिथियम आयोन ब्याट्री प्रयोग गरिएको छ, जसले कारलाई अधिकतम ४०० किलोमिटरको रेन्ज प्रदान गर्छ । साथै सो कार मात्र ३० मिनेटमा ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । कारको टप स्पिड २०० किलोमिटर प्रति घन्टा रहेको छ ।

५. ज्यागुअर आई–पेस
यो सूचीमा ज्यागुअर आई–पेस पाँचौं स्थानमा रहेको छ । ज्यागुअर आई–पेस तीन भेरिएन्ट एस, एसई र एचएसईमा लन्च गरिएको छ । ज्यागुअर आई–पेसको इलेक्ट्रिक मोटरले ३५९ बीएचपीको पावर र ६९६ न्युटन मिटर टर्क जेनेरेट गर्छ । कारमा ४–ह्वील स्ट्यान्डर्डका रूपमा ड्राइभ दिइएको छ । यो कारले ४.८ सेकेन्डमा ० देखि १०० किलोमिटर प्रतिघन्टाको गति प्रदान गर्छ । फुल चार्जमा सो कारले ४८० किलोमिटरको रेन्ज प्रदान गर्छ ।

६. हुन्डाई कोना इलेक्ट्रिक
हुन्डाई कोना इलेक्ट्रिक गत वर्ष २२ हजार २०० पटक खोजिएको छ । यो इलेक्ट्रिक एसयूभी दुई वर्षअघि सार्वजनिक भएको थियो । सो इलेक्ट्रिक एसयूभी एक पटक चार्जमा ४५२ किलोमिटरको रेन्ज प्रदान गर्छ र ९.७ सेकेन्डमा ० देखि १०० किमी÷घन्टाको गति लिन सक्छ ।

७. महिन्द्रा ई–भेरिटो
महिन्द्रा ई–भेरिटो गत वर्ष ८ हजार एक सय पटक सर्च गरिएको इलेक्ट्रिक कार हो । सामान्य ग्राहकहरु माझ यो त्यति सफल भएन तर यसलाई ट्याक्सीको रुपमा व्यापक रुपमा प्रयोग गरिएको छ ।

हुन त विश्व बजारमा अन्य धेरै ब्रान्डका इलेक्टिक कारहरु समेत उपलब्ध छन् । तर नेपाली बजार भारतीय बजारबाट प्रभावित हुने भएकाले हामीले यो भारतीय बजारमा गरिएको सर्चलाई आधार मानेका हौ । माथि उल्लिखित इलेक्टिक कार मध्ये हाल नेपाली बजारमा टाटा नेक्सन र एमजी जेडएस ईभी तथा हुन्डाई कोना इलेक्टिक उपलब्ध छन् ।

सम्बन्धित समाचारहरू

ब्राजिलमा सबैभन्दा बढी पुरस्कृत हुने विद्युतीय गाडी बन्यो बीवाईडी डल्फिन

ब्राजिलमा सबैभन्दा बढी पुरस्कृत हुने विद्युतीय गाडी बन्यो बीवाईडी डल्फिन

बीवाईडी डल्फिन ब्राजिलमा सबैभन्दा बढी पुरस्कृत हुने विद्युतीय गाडी बनेको...

सोल्टीमोडमा बिवाइडीको नयाँ शोरुम

सोल्टीमोडमा बिवाइडीको नयाँ शोरुम

काठमाडौं– बीवाइडी गाडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक...

विद्युत प्राधिकरणले देशभर ५ सय चार्जिङ स्टेसन निर्माणमा निजी क्षेत्रसँग सहकार्य गर्ने

विद्युत प्राधिकरणले देशभर ५ सय चार्जिङ स्टेसन निर्माणमा निजी क्षेत्रसँग सहकार्य गर्ने

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले विद्युतीय सवारी साधन चार्जिङ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...