सन् २०२१ मा विश्व भर सबैभन्दा धेरै गुगल सर्च गरिएको कार ब्रान्ड बन्यो टोयोटा

गुगल सर्च इन्जिनमा टोयोटा सबैभन्दा धेरै खोजिने कार ब्रान्ड बनेको छ । गत वर्ष अर्थात सन् २०२१ मा इन्टरनेट प्रयोगकर्ताहरूले विश्वभरका कार कम्पनीहरूमध्ये टोयोटालाई सबैभन्दा बढी सर्च गरे ।

अष्ट्रेलियाको ‘कम्पेयर द मार्केट’ द्वारा जारी गरिएको वार्षिक ¥यांकिङ अनुसार टोयोटा मोटर १५४ देश मध्ये४७ देशमा सबैभन्दा धेरै खोजिएको कार निर्माता थियो । यसले पुरै सर्च रिजल्टमा ३१ प्रतिशतको प्रतिनिधित्व गर्छ । यसपछि बीएमडब्ल्यु २९ देशमा सबैभन्दा धेरै खोजिएको कार ब्रान्ड बनेर दोस्रो स्थान हासिल ग¥यो भने मर्सिडिज–बेन्ज तेस्रो स्थानमा थियो ।

माथिका तीन कार निर्माताले विगत चार वर्षदेखि गुगल सर्चमा प्रभुत्व जमाउन सफल भएका छन् । २०१९ मा बीएमडब्ल्यु सबैभन्दा धेरै खोजिएको कार थियो, त्यो वर्ष ११८ देशमा सबैभन्दा लोकप्रिय कार ब्रान्ड थियो । यो भन्दा पहिले २०१८ र त्यसपछि २०२० मा पनि टोयोटा नै पहिलो स्थामा थियो ।

चौथो देखि दशौं स्थान सम्म क्रमशः औडी, किया, हुन्डाई, टेस्ला, रेनो, फोर्ड र होन्ड ा रहेका छन् ।

इलेक्ट्रिक कार निर्माता टेस्ला पनि गत वर्ष पहिलो पटक यो सूचीमा प्रवेश गरेको थियो । टेस्ला कारको बारेमा जान्नको लागि हङकङ, इजरायल, मकाउ, सिंगापुर र चीन जस्ता देशहरूमा मानिसहरूले गुगलमा धेरै पटक खोजी गरे, जसले टेस्लालाई यी देशहरूमा सबैभन्दा धेरै खोजिएको कार बनायो ।

खोजीको आधारमा टेस्ला अस्ट्रिया, बहामास, बोत्सवाना, कंगो किन्सासा, क्रोएसिया, फिनल्याण्ड, गिनी, आइसल्याण्ड, कुवेत, माडागास्कर, माल्टा, नर्वे, प्यालेस्टाइन, रुवाण्डा, दक्षिण अफ्रिका, दक्षिण कोरिया, सिरिया, संयुक्त राज्य अमेरिका र यमनमा दोस्रो वा तेस्रो स्थानमा छ ।

गत वर्ष टेस्लाले मोडल एस, साइबरट्रक, मोडल ३, रोडस्टर र सेमी ट्रकसमेत धेरै गाडीहरू सार्वजनिक गरेको थियो । सन् २०२० को तुलनामा गत वर्ष गुगल सर्चमा औडी, हुन्डाई र सुजुकी जस्ता ब्रान्ड बढी सर्च गरिएको थियो । फक्सवागन, मित्सुबिशी, अल्फा रोमियो र डेवु जस्ता अटो ब्रान्डहरूको खोजी सर्वेक्षणमा सहभागी १५४ देशहरू मध्ये कुनै पनि देशमा गुगल सर्च गरेको देखिएन ।

नेपाली बजारमा पनि टोयोटाको आफ्नै पहिचान छ । हालै नेपाली बजारमा टोयोटा राइज लन्च भएको छ । यो भन्दा पहिले नेपाली बजारमा रहेका टोयोटाका विभिन्न गाडीहरु प्रचलित छन् ।

सम्बन्धित समाचारहरू

भारतमा महंगो भए यी कार, नेपालमा समेत मूल्य बढ्न सक्ने

भारतमा महंगो भए यी कार, नेपालमा समेत मूल्य बढ्न सक्ने

भारतमा अहिले बिभिन्न अटो उत्पादकहरुले गाडीको मूल्य बढाइरहेका छन् । नयाँ...

टोयोटा प्राडो २०२५ मोडलको तस्बिर लिक

टोयोटा प्राडो २०२५ मोडलको तस्बिर लिक

टोयोटा प्राडोको २०२५ मोडलको डिजाइनका तस्बिरहरू लिक भएका छन्, जसले...

इभीका लागी आवश्यक कम्पोनेन्ट भारतमै उत्पादन गर्ने टोयोटाको योजना

इभीका लागी आवश्यक कम्पोनेन्ट भारतमै उत्पादन गर्ने टोयोटाको योजना

जापनिज अटो निर्माता टोयोटाले इभीका लागी आवश्यक कम्पानेन्टको उत्पादन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...