हाल सम्मकै सबैभन्दा बढी क्षमता भएको इलेक्ट्रिक स्कुटर नेपालमा

काठमाडौं – नेपाली बजारमा नयाँ चिनियाँ ब्रान्डको इलेक्ट्रिक स्कुटर भित्रिएको छ । चाइनिज ब्रान्ड स्लेनको एन९० मोडल नेपाली बजारमा जमुनी अटो सेन्टर प्रालिले भित्र्याएको हो । यसलाई वुजी जितोङ अटोसाइकल कम्पनीले उत्पादन गरेको हो ।

सो इलेक्ट्रिक स्कुटरको रेटेड पावर ३ हजार वाट र पिक पावर ३ हजार ५ सय वाट छ । यो इलेक्ट्रिक स्कुटर नेपालकै अहिलेसम्मकै सबैभन्दा बढी क्षमता भएको कम्पनीको दावी छ ।

त्यसैगरी यसमा ७२ भोल्ट ५२ एएचको लिथियम आयोन ब्याट्री छ, जसले सिंगल चार्जमा १२० किलोमिटरको रेन्ज दिने कम्पनीको भनाइ छ । यसको टप स्पिड ६० किलोमिटर प्रतिघण्टा छ ।

निकट भविष्यमै विद्युतीय अटोरिक्सालगायतका तीन पाङ्ग्रे सवारीसाधनहरू र चार पाङ्ग्रे सवारीसाधनहरू पनि आफूहरुले भित्र्याउन लागेको कम्पनीले जनाएको छ ।

स्लेनका इलेक्ट्रिक स्कुटरहरू लोकप्रियता र गुणस्तरका आधारमा चिनियाँ अटोमोबाइल्स बजारमा छैटौँ स्थानमा पर्दछन्। स्लेन इलेक्ट्रिक स्क्टुरको ब्याट्री ६ वर्षसम्म ढुक्कैले चल्ने जमुनी अटो सेन्टरको भनाइ छ।

यसको बजार मूल्य ३ लाख ५० हजार रुपैयाँ तोकिएको छ । हाल २५ हजार छुटमा सो स्कुटर उपलब्ध भएको कम्पनीको भनाइ छ ।

सम्बन्धित समाचारहरू

सिम्पल वान एस इलेक्ट्रिक स्कुटर लन्च, फुल चार्जमा १८१ किलोमिटरको रेन्ज

सिम्पल वान एस इलेक्ट्रिक स्कुटर लन्च, फुल चार्जमा १८१ किलोमिटरको रेन्ज

सिम्पल वानले भारतीय बजारमा एस नामको नयाँ इलेक्ट्रिक स्कुटर लन्च गरेको छ ।...

एथर इलेक्ट्रिक स्कुटरको रेन्ज बढ्यो, मल्टी–मोड ट्र्याक्सन कन्ट्रोल लगायतका विभिन्न फिचर थप

एथर इलेक्ट्रिक स्कुटरको रेन्ज बढ्यो, मल्टी–मोड ट्र्याक्सन कन्ट्रोल लगायतका विभिन्न फिचर थप

एथर इनर्जीले भारतमा लोकप्रिय इलेक्ट्रिक स्कुटर ४५० सिरिजको अपडेट रेन्ज...

एमएडब्लु वृद्धिले नामी र सेरेस शोरुमको अनावरणसँगै ल्यायो एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्प

एमएडब्लु वृद्धिले नामी र सेरेस शोरुमको अनावरणसँगै ल्यायो एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्प

वीरगन्ज – नेपालका लागि डोङफेङ नामी र सेरेसको आधिकारिक आयातकर्ता एमएडब्लु...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...