हाल सम्मकै सबैभन्दा बढी क्षमता भएको इलेक्ट्रिक स्कुटर नेपालमा

काठमाडौं – नेपाली बजारमा नयाँ चिनियाँ ब्रान्डको इलेक्ट्रिक स्कुटर भित्रिएको छ । चाइनिज ब्रान्ड स्लेनको एन९० मोडल नेपाली बजारमा जमुनी अटो सेन्टर प्रालिले भित्र्याएको हो । यसलाई वुजी जितोङ अटोसाइकल कम्पनीले उत्पादन गरेको हो ।

सो इलेक्ट्रिक स्कुटरको रेटेड पावर ३ हजार वाट र पिक पावर ३ हजार ५ सय वाट छ । यो इलेक्ट्रिक स्कुटर नेपालकै अहिलेसम्मकै सबैभन्दा बढी क्षमता भएको कम्पनीको दावी छ ।

त्यसैगरी यसमा ७२ भोल्ट ५२ एएचको लिथियम आयोन ब्याट्री छ, जसले सिंगल चार्जमा १२० किलोमिटरको रेन्ज दिने कम्पनीको भनाइ छ । यसको टप स्पिड ६० किलोमिटर प्रतिघण्टा छ ।

निकट भविष्यमै विद्युतीय अटोरिक्सालगायतका तीन पाङ्ग्रे सवारीसाधनहरू र चार पाङ्ग्रे सवारीसाधनहरू पनि आफूहरुले भित्र्याउन लागेको कम्पनीले जनाएको छ ।

स्लेनका इलेक्ट्रिक स्कुटरहरू लोकप्रियता र गुणस्तरका आधारमा चिनियाँ अटोमोबाइल्स बजारमा छैटौँ स्थानमा पर्दछन्। स्लेन इलेक्ट्रिक स्क्टुरको ब्याट्री ६ वर्षसम्म ढुक्कैले चल्ने जमुनी अटो सेन्टरको भनाइ छ।

यसको बजार मूल्य ३ लाख ५० हजार रुपैयाँ तोकिएको छ । हाल २५ हजार छुटमा सो स्कुटर उपलब्ध भएको कम्पनीको भनाइ छ ।

सम्बन्धित समाचारहरू

परीक्षणका लागि साझाले ३ वटा विद्युतीय बस ल्याउँदै

परीक्षणका लागि साझाले ३ वटा विद्युतीय बस ल्याउँदै

काठमाडौं- निर्णय भएको तीन वर्षपछि मात्र परीक्षणका लागि सरकारले विद्युतीय...

नेपाली सडकमा देखियो रेसिन्स मिनी इलेक्ट्रिक कार, केही दिनपछि विक्री शुरु हुँदै

नेपाली सडकमा देखियो रेसिन्स मिनी इलेक्ट्रिक कार, केही दिनपछि विक्री शुरु हुँदै

काठमाडौं – जिमिनी इन्कर्पोरेट प्रालिले नेपाल ल्याएको रेसिन्स इलेक्ट्रिक...

पेरिस अटो शोमा सार्वजनिक हुँदै जीएसी एयोन भी, युरोपमै कार उत्पादन गर्ने योजना

पेरिस अटो शोमा सार्वजनिक हुँदै जीएसी एयोन भी, युरोपमै कार उत्पादन गर्ने योजना

चीनको सरकारी स्वामित्वमा रहेको कार निर्माता कम्पनी जीएसीले युरोपमै ईभी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...