सुजुकीले भारतमा बढायो स्कुटरको बिक्री, यस्तो छ अन्य ब्रान्डको अबस्था
सुजुकी टु ह्विलरले भारतमा स्कुटरको बिक्री बढाएको छ । गत बर्षको अप्रिलदेखी...
सन् २०२१ मा भारतमा बिभिन्न अटो उत्पादक कम्पनीहरुले नयाँनयाँ मोडलका कारहरु सार्बजनिक गरे । यी मध्ये कतिपय कारहरु लुक्स तथा डिजाइन, पावर तथा पर्फमेन्स र हाइटेक फिचरका कारण चर्चामा रहन सफल भए । जसमध्ये मारुती सजुकीको नयाँ सेलेरियो, मारुतीकै स्विफ्ट फेसलिफ्ट, रेनो काइगर, हुन्डाई आई२० एनलाइन र टाटा पन्च भने सर्बाधिक माइलेज दिने कारका रुपमा समेत बढी चर्चित बने ।
अटोमोटिभ रिसर्च एसोसिएसन अफ इन्डिया (एआरएआई) ले गरेको परिक्षणका आधारमा यो बर्ष लन्च भएको सबैभन्दा बढी माइलेज दिने कारका रुपमा मारुती सुजुकीको नयाँ सेलेरियो पहिलो स्थानमा रहन सफल भएको छ । यो कारले प्रतिलिटर इन्धन खपतमा २६.६८ किलोमिटर माइलेज दिने दाबी गरिएको छ ।
भारतमा अघिल्लो महिना लन्च गरिएको यो कारमा १.० लिटर क्षमताको पेट्रोल इन्जिन जडान गरिएको छ । जसको अधिकतम पावर ६६.६ पिएस रहेको छ । यो कार नेपाल आउने अन्तिम तयारीमा रहेको भन्दै आधिकारिक बितरक सिजी मोटोकर्पले बुकिङ खुल्ला समेत गरिसकेको छ ।
यसै बर्षको मार्च महिनामा सार्बजनिक गरिएको स्विफ्ट फेसलिफ्टले २३.७६ किलोमिटर माइलेज प्रदान गर्ने दाबी गरिएको छ । सुजुकीको निकै नै लोकप्रिय यो ह्याचब्याक कार अहिले नेपाली बजारमा समेत उपलब्ध रहँदै आएको छ । १.२ लिटर क्षमताको पेट्रोल इन्जिन जडान गरिएको यो कारको अधिकतम पवार भने ९० पिएस रहेको छ ।
रेनोको सब–फोर मिटर एसयुभी काइगरले २०.५३ किलोमिटर माइलेज दिने दाबी गरिएको छ । १.० लिटर क्षमताको पेट्रोल र टर्बो पेट्रोल दुबै इन्जिन अप्सनमा उपलब्ध यो एसयुभी हाल नेपाली बजारमा समेत उपलब्ध रहँदै आएको छ । यसको टर्बो पेट्रोलले १०० पिएस र नन् टर्बोले ७२ पिएस पावर दिने बताइएको छ ।
त्यसैगरी हुन्डाईको आई२० एनलाइन १.० टर्बो पेट्रोलले २०.२५ किलोमिटर र टाट पन्चले १८.९७ किलोमिटर माइलेज प्रदान गर्ने दाबी गरिएको छ ।
पछिल्ला यी दुबै कार नेपाली बजारमा उपलब्ध भैसकेका छैनन् । आधिकारिक बितरक सिप्रद्धी ट्रेडिङले टाटा पन्चलाई छिट्टै सार्बजनिक गर्ने भनेपनि हुन्डाई आई२० एनलाइन कहिले नेपाल आउँछ भन्ने बिषयमा कुनै टुंगो लागिसकेको छैन । यी मध्ये आई२० एनलाइन १.० टर्बो पेट्रोलको अधिकतम पवार १२० पिएस र टाटा पन्च १.२ पेट्रोलको ८६ पिएस रहेको छ ।
सुजुकी टु ह्विलरले भारतमा स्कुटरको बिक्री बढाएको छ । गत बर्षको अप्रिलदेखी...
सेप्टेम्बर २०२२ को कम्प्याक्ट एसयूभी सेगमेन्टको बिक्री तथ्याङ्क अनुसार...
मारुती सुजुकीले भारतीय बजारमा आगामी जुन ३० मा लन्च गर्ने तयारी गरिरहेको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...