काठमाडौंको सडकमा देखियो १ करोड ४५ लाख मूल्यको प्रिमियम इलेक्ट्रिक कार अवतार ११
काठमाडौं – काठमाडौंको सडकमा प्रिमियम ईभी अवतार ११ देखिएको छ । औपचारिक लन्च...
काठमाडौं – नेपाली बजारमा बिक्रीका लागि उपलब्ध होजोन मोटर्सको नेटा भी इलेक्ट्रिक कारको बिक्री बढिरहेको छ । नेपालका लागि आधिकारिक वितरक सीजी मोटर्सका अनुसार अहिले बुकिङ गर्नेले यो गाडी पाउन केही महिना पर्खिनु पर्ने भएको छ ।
हाल करिव १५० भन्दा बढी बुकिङ भइरहेको र उनीहरुले समेत गाडी पाउन सकिरहेका छैनन् । अब बुकिङ गर्नेले पनि गाडी पाउनका लागि केही महिना पर्खिनु पर्ने सीजी मोटर्स स्रोतले बताएको छ । अनुमान गरिए भन्दा बढी नै ग्राहकको बुकिङ भएकाले समयमै ग्राहकलाई गाडी डेलिभरी गर्न नसकिएको कम्पनीको भनाइ छ ।
पहिले तुरुन्तै डेलिभरी दिने गरिएकोमा अब भने भएको स्टक सकिएको छ । अन्य गाडी अर्डर गरिएको बताइएको छ ।
विशेष गरी काठमाडौंबाट पोखरा र चितवन जस्ता नजिकका स्थानमा जानका लागि ब्याट्री नै चार्ज गर्नु नपर्ने भएकाले ग्राहकले यो गाडी रुचाएको कम्पनीको भनाइ छ । फुल चार्जमा ३८० किलोमिटरको रेन्ज दिने बताइएको नेटा भीको ब्याट्री पोखरा पुग्दा ६० प्रतिशत र चितवन पुग्दा ४० प्रतिशत मात्र खपत हुन्छ । नेपाली बजारमा पहिलो पटक गत जेठ महिनाको अन्त्य देखि यो कारको बिक्री प्रारम्भ गरिएको थियो ।
नेटा भी कारमा संसारको सबैभन्दा ठूलो ब्याट्री उत्पादक कम्पनी सिएटीएलले उत्पादन गरेको ३८.५ किलोवाट आवर ब्याट्री प्रयोग गरिएको छ । नेटा भीको अधिकतम गति १०१ किलोमिटर प्रतिघण्टा रहेको छ । नेटामा प्रयोग भएका ब्याट्री र मोटरमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटर वारेन्टी दिइएको कम्पनीको भनाइ छ ।
फ्रन्ट एक्सएलमा रहेको विद्युतीय मोटरले ७० किलोवाट, ९५ पीएस पावर र १६० एनएम टर्क जेनेरेट गर्छ । यो कारमा गर्मी वा जाडो मौसममा समेत ब्याट्रीको दक्षता कम नहोस् भनेर अटोमेटिक हिटिङ तथा कुलिङ प्रणाली रहेको छ ।
नेपाली बजारमा उपलब्ध नेटा भीको मूल्य ३७ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ । त्यस्तै सीजी मोटर्सका हरेक खरिदकर्तालाई ६.६ केडब्लूको चार्जर र एक वर्षको बीमाको सुविधा निःशुल्क उपलब्ध गराइने छ ।
काठमाडौं – काठमाडौंको सडकमा प्रिमियम ईभी अवतार ११ देखिएको छ । औपचारिक लन्च...
काठमाडौं – नेपाली अटो क्षेत्रमा लामो समय देखि सेवा पुर्याउदै आएको लक्ष्मी...
मोटरसाइकल निर्माता कम्पनी एलएमएलको पुनरागमन हुने भएको छ । कम्पनीले चाँडै...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...