नेटा भी इलेक्ट्रिक कार बुकिङ गर्नेले गाडी पाउन केही महिना पर्खिनु पर्ने

काठमाडौं – नेपाली बजारमा बिक्रीका लागि उपलब्ध होजोन मोटर्सको नेटा भी इलेक्ट्रिक कारको बिक्री बढिरहेको छ । नेपालका लागि आधिकारिक वितरक सीजी मोटर्सका अनुसार अहिले बुकिङ गर्नेले यो गाडी पाउन केही महिना पर्खिनु पर्ने भएको छ ।

हाल करिव १५० भन्दा बढी बुकिङ भइरहेको र उनीहरुले समेत गाडी पाउन सकिरहेका छैनन् । अब बुकिङ गर्नेले पनि गाडी पाउनका लागि केही महिना पर्खिनु पर्ने सीजी मोटर्स स्रोतले बताएको छ । अनुमान गरिए भन्दा बढी नै ग्राहकको बुकिङ भएकाले समयमै ग्राहकलाई गाडी डेलिभरी गर्न नसकिएको कम्पनीको भनाइ छ ।

पहिले तुरुन्तै डेलिभरी दिने गरिएकोमा अब भने भएको स्टक सकिएको छ । अन्य गाडी अर्डर गरिएको बताइएको छ ।

विशेष गरी काठमाडौंबाट पोखरा र चितवन जस्ता नजिकका स्थानमा जानका लागि ब्याट्री नै चार्ज गर्नु नपर्ने भएकाले ग्राहकले यो गाडी रुचाएको कम्पनीको भनाइ छ । फुल चार्जमा ३८० किलोमिटरको रेन्ज दिने बताइएको नेटा भीको ब्याट्री पोखरा पुग्दा ६० प्रतिशत र चितवन पुग्दा ४० प्रतिशत मात्र खपत हुन्छ । नेपाली बजारमा पहिलो पटक गत जेठ महिनाको अन्त्य देखि यो कारको बिक्री प्रारम्भ गरिएको थियो ।

नेटा भी कारमा संसारको सबैभन्दा ठूलो ब्याट्री उत्पादक कम्पनी सिएटीएलले उत्पादन गरेको ३८.५ किलोवाट आवर ब्याट्री प्रयोग गरिएको छ । नेटा भीको अधिकतम गति १०१ किलोमिटर प्रतिघण्टा रहेको छ । नेटामा प्रयोग भएका ब्याट्री र मोटरमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटर वारेन्टी दिइएको कम्पनीको भनाइ छ ।

फ्रन्ट एक्सएलमा रहेको विद्युतीय मोटरले ७० किलोवाट, ९५ पीएस पावर र १६० एनएम टर्क जेनेरेट गर्छ । यो कारमा गर्मी वा जाडो मौसममा समेत ब्याट्रीको दक्षता कम नहोस् भनेर अटोमेटिक हिटिङ तथा कुलिङ प्रणाली रहेको छ ।

नेपाली बजारमा उपलब्ध नेटा भीको मूल्य ३७ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ । त्यस्तै सीजी मोटर्सका हरेक खरिदकर्तालाई ६.६ केडब्लूको चार्जर र एक वर्षको बीमाको सुविधा निःशुल्क उपलब्ध गराइने छ ।

सम्बन्धित समाचारहरू

इलेक्ट्रिक कार लन्च भएको २ घण्टामै सबै युनिट बिक्री

इलेक्ट्रिक कार लन्च भएको २ घण्टामै सबै युनिट बिक्री

भल्वो एक्ससी४० रिचार्ज इलेक्ट्रिक कार लन्च भएको २ घण्टामै सबै युनिट...

यी ७ नयाँ एसयुभीमा हुनेछ एड्भान्स्ड ड्राइभर एसिस्टेन्स सिस्टम(एडिएएस)

यी ७ नयाँ एसयुभीमा हुनेछ एड्भान्स्ड ड्राइभर एसिस्टेन्स सिस्टम(एडिएएस)

भारतीय बजारमा लन्च हुने तयारीमा रहेका ७ नयाँ एसयुभीमा एड्भान्स्ड ड्राइभर...

नेपाली बजारमा चिनियाँ ईभीको वर्चश्व

नेपाली बजारमा चिनियाँ ईभीको वर्चश्व

नेपाली बजारमा चिनियाँ सवारीसाधनहरूको वर्चश्व देखिएको छ । पछिल्लो समय चार...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...