प्रिमियम लक्जरी ईभी ब्रान्ड जिकर नेपालमा सार्वजनिक
काठमाडौं — नेपाली बजारमा पहिले देखि नै विभिन्न ब्रान्डका सवारी साधन...
काठमाडौं – नेपाली बजारमा पहिलो पटक बीएमडब्ल्युको इलेक्ट्रिक कार आईएक्स३ भित्रिने भएको छ । नेपालका लागि बीएमडब्ल्युको आधिकारिक वितरक लक्ष्मी प्रिमियम मोटर्सले सो इलेक्ट्रिक एसयूभी भित्र्याउने भएको हो ।
बीएमडब्ल्युका अन्य कारहरु समेत प्रिमियम मूल्यमा उपलब्ध छन् । नेपाली बजारमा पहिले देखि नै करोड हाराहारी मूल्यमा उपलब्ध बीएमडब्ल्यु कारले अन्य ब्रान्डको तुलनामा फरक पहिचान कायम गरेका छन् ।
यसै अनुसार नेपाली बजारमा उपलब्ध भएमा बीएमडब्ल्युको इलेक्ट्रिक कारले पनि हाल बजारमा उपलब्ध अन्य ब्रान्ड भन्दा फरक पहिचान कायम गर्नेछ । यद्यपि यसको फिचर र मूल्यको वारेमा भने कम्पनीले आधिकारिक रुपमा केही जानकारी दिएको छैन । नेपाली बजारमा बीएमडब्ल्यु आईएक्स३ को एम स्पोर्ट्स भेरिएन्ट उपलब्ध हुनेछ ।
बीएमडब्ल्यु आईएक्स३ मा २१० किलोवाटको मोटर हुनेछ । यसमा ८० किलोवाट आवरको ब्याट्री हुनेछ, जसले सिंगल चार्जमा ४६० किलोमिटर सम्मको रेन्ज दिनेछ । यसलाई ११ किलोवाटको एसी र १५० किलोवाटको डीसी चार्जर तथा मोड २ को फ्लेक्जिबल चार्जरले चार्ज गर्न सकिन्छ । यसले २८६ एचपी पावर र ४०० एनएम टर्क जेनेरेट गर्छ । १८० किलोमिटरको टप स्पिड भएको सो इलेक्ट्रिक कारले ० देखि १०० किलोमिटर प्रतिघण्टा सम्मको गति ६.८ सेकेन्डमै लिन सक्छ ।
गाडीमा विभिन्न आकर्षक फिचर र प्रविधि प्रयोग गरिएको छ । यसको वाहिरी भागमा हाई बिम असिस्टेन्स सहितको एडेप्टिभ हेडलाइट र लोगो तथा बीएमडब्ल्युको पहिचान झल्काउने विभिन्न फिचर छन् ।
सुरक्षाका लागि यसमा एक्टिभ प्रोटेक्सन, एडेप्टिभ सस्पेन्सन, एयरब्याग, एन्टी लक ब्रेकिङ सिस्टम, हेडअप डिस्प्ले, ब्रेक इनर्जी रिजेन, ब्रेक प्याड वेयर इन्डिकेटर, क्र्यास सेन्सर, ब्रेकिङ फङसन सहितको क्रुज कन्ट्रोल, आइसोफिक्स चाइल्ड सिट माउन्टिङ, पार्किङ असिस्टेन्स प्लस, रेन सेन्सर लगायतका विभिन्न फिचर छन् ।
यी वाहेक अनगिन्ती कम्फर्ट र इन्टेरियर इक्विपमेन्ट रहेका छन् भने कम्युनिकेसन एन्ड इन्फोटेनमेन्टका लागि पनि १६ स्पिकर सहितका विभिन्न फिचर भएका इक्विपमेन्ट उपलब्ध छन् ।
यो गाडीको मूल्य अहिले सार्वजनिक भएको छैन । यद्यपि यसको मूल्य २ करोड रुपैयाँ भन्दा बढी पर्ने अनुमान गर्न सकिन्छ ।
काठमाडौं — नेपाली बजारमा पहिले देखि नै विभिन्न ब्रान्डका सवारी साधन...
केही दिन पहिले बेइजिङ मोटर शोमा सार्वजनिक गरिएको पियाजियोको इलेक्ट्रिक...
लक्जरी कार निर्माता कम्पनी मर्सिडिज बेन्जले आफ्नो कारमा नेभिगेसन सुधार...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...