४३० किमी रेन्ज दिने एमजीको प्रिमियम पिकअप नेपाल आउँदै, नाइमा एक्सपोमा सार्बजनिक हुने
काठमाडौं– एमजी गाडीको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले...
मारुती सुजुकीले भारतमा एक वर्षको अवधिमा ७५ हजार युनिट एस–प्रेसो कार बिक्री गरेको छ ।
२०१९ सेप्टेम्बर ३० मा मारुती सुजुकी एस–प्रेसो लन्च भएको थियो । सो एसयूभी लन्च भएको १ वर्ष पुरा भइसकेको छ ।
ए२ सेगमेन्टमा एस–प्रेसोको ९ प्रतिशत शेयर रहेको छ । सो कारको कम्प्याक्ट डिजाइन, स्पेसियस क्याबिन, माइलेजको कारण निकै चर्चित रहेको छ ।
मारुतीको सो कार ४ भेरिएन्टमा उपलब्ध रहेको छ । यसमा एसटीडी, एलएक्सआई, भीएक्सआई र भीएक्सआई प्लस भेरिएन्टमा उपलब्ध रहेको छ । सो कारको शुरुवाती मूल्य ४ लाख ३२ हजार भारु रहेको छ । यसको टप भेरिएन्टको मूल्य ५ लाख १३ हजार भारु रहेको छ ।
नेपाली बजारमा पनि मारुती सुजुकी एस–प्रेसो उपलब्ध छ । नेपाली बजारमा यसको सुरुवाती मूल्य २२ लाख ९९ हजार र टप मोडलको मूल्य २५ लाख ४९ हजार रुपैयाँ छ ।
मारुती सुजुकीको एस–प्रेसो लन्च गरेको ११ दिनमा १० हजार युनिट बुकिङ भइसकेको थियो । साथै बिक्री हुनु भन्दा पहिला नै टप १० सेलिङ कारको लिस्टमा समावेश भएको थियो । सो एसयूभीको डिजाइन, लेटेस्ट फिचर रहेको इन्टेरियर, इन्जिन र मूल्यको कारण निकै लोप्रिय रहेको छ ।
मारुतीको सो सानो एसयूभीमा बीएस६ कम्प्लायन्ट १.० लिटर पेट्रोल इन्जिन समावेश छ । सो इन्जिनले ५५०० आरपीएममा ६७ बीएचपीको पावर र ३५०० आरपीएममा ९० एनएमको टर्क जेनेरेट गर्छ । यसको साथै ५ स्पिड म्यानुअल र एएमटी गियरबक्सको विकल्प पनि रहेको छ । एस–प्रेसो सुजुकीको हार्टेक्ट प्लेटफर्ममा निर्माण गरिएको छ । जसको प्रयोग मारुती स्विफ्ट, वागनआर र बलेनो जस्ता कारमा समेत गरिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...