२ महिनामै नेपालमा बिक्री भयो ७ हजार बढी यामाहा रे जेडआर १२५

काठमाडौं – एफआई प्रविधिको यामाहा रे जेडआर नेपाली बजारमा भित्रिएको दुई महिनामै ७ हजार भन्दा बढी युनिट बिक्री भएको छ ।

नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेजले सो जानकारी दिएको छ । यामाहा रे जेडआर १२५ एफआई गत असोजमा नेपालमै पहिलो पटक भर्चुअल प्रविधिमार्फत सार्वजनिक गरिएको थियो ।

यसमा १२५ सीसीको बीएस ६ मापदण्डयुक्त यामाहाको प्याटेन्डेड ब्लुकोर एफआई प्रविधिसहितको इन्जिन रहेको जनाइएको छ । यसमा अंग्रेजी अक्षर ‘वाई’ आकारको एलइडी लाइट, नयाँ डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, स्टप एन्ड स्टार्ट सिस्टम, क्वाइट स्टार्ट–अपका लागि स्मार्ट मोटर जेनेरेटर, साइड स्ट्यान्ड इन्जिन कट–अफ स्विच र युनिफाइड ब्रेकिङ सिस्टमजस्ता आधुनिक र सुविधाजनक फिचर रहेको कम्पनीले जनाएको छ ।

यसको मूल्य २ लाख ५४ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

एफआई र बीएस६ भएका स्कुटर किन्न चाहने ग्राहकका लागि बजारमा यामाहा स्कुटरबाहेक अरु कुनै विकल्प छैन । यो नयाँ स्कुटर पनि यामाहाको डीएनए अनुरुप स्पोर्टी र आकर्षक डिजाइनको छ ।

त्यसैगरी नेपालमा ४ लाख भन्दा बढी यामाहाका सन्तुष्ट राइडर भएको समेत एमएडब्ल्युले जनाएको छ ।

 

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...