यस्तो हुनेछ किया ईभी–५, रेन्ज ७२० किलोमिटर सम्म
किया मोटर्सले छिट्टै बजारमा ल्याउने अनुमान गरेको ईभी–५ बारे विभिन्न...
काठमाडौं – नेपाली बजारमा टाटाको इलेक्ट्रिक कार नेक्सन ईभी बिक्री–वितरण गरिरहेको सिप्रदी ट्रेडिङ प्रालिले ग्राहकलाई आवश्यक संख्यामा गाडी डेलिभरी गर्न सकेको छैन । धेरै ग्राहकको माग भए तापनि अहिलेको अवस्थामा यो गाडी लिनका लागि ग्राहकले अझै करिव ६ महिना भन्दा बढी नै कुर्नु पर्ने कम्पनी स्रोतले जनाएको छ ।
सिप्रदी ट्रेडिङले सुरुवाती मूल्यमा १०० ग्राहकलाई गाडी डेलिभरी समेत गरिसकेको छ । अक्टोबर ४ अर्थात असोज १८ सम्म बुकिङ गरेका ग्राहकले पुरानै मूल्यमा गाडी पाए भने त्यसपछि सबै भेरिएन्टमा १ लाख रुपैयाँ मूल्य समेत बढेको छ ।
हाल टाटा नेक्सन ईभी एक्सएम, एक्सजेड प्लस र एक्सजेड प्लस लक्जरी गरी तीन भेरिएन्टमा उपलब्ध छ । यसको मूल्य क्रमशः ३६ लाख ९९ हजार, ३८ लाख ९९ हजार र ४० लाख ९९ हजार रुपैयाँ छ ।
पछिल्लो समयमा नेपाली बजारमा पहिले भन्दा अलि धेरै गाडी आयात भइरहेको र अब विस्तारै ग्राहकले गाडी डेलिभरीका लागि पर्खिने समय अर्थात वेटिङ पिरियड पनि कम हुँदै जाने विश्वास गरिएको कम्पनीको भनाइ छ ।
सब कम्प्याक्ट एसयूभी नेक्सन ईभीको सबैभन्दा आकर्षक फिचर भनेको यसको २०५ एमएमको उच्चतम ग्राउन्ड क्लियरेन्स हो । जुन नेपाली सडकका लागि उपयुक्त छ । त्यसैगरी यसमा टाटाको जिपट्रोन प्लेटफर्ममा बनेको ३०.२ किलोवाट आवर क्षमताको लिथियम आयोन ब्याट्री जडान गरिएको छ । यसमा ९५ किलोवाट क्षमताको इलेक्ट्रिक मोटर दिइएको छ । एक पटकको फुल चार्जमा ३ सय किलोमिटर हाराहारी यात्रा गर्न सकिने विशेषताका कारण समेत यो एसयूभीको चर्चा चुलिंदो छ ।
अत्याधुनिक जिपट्रोन प्रविधियुक्त नेक्सन ईभीको बनावट आकर्षक छ भने यसमा अन्त्यन्त सुरक्षित एवं आरामदायी तवरले यात्रा गर्न सकिन्छ । त्यसैगरि लामो दुरीको यात्रा पनि सहजताका साथ गर्न सकिने नेक्सनको ब्याट्रीको आयु लामो हुनुको साथै यसलाई आफ्नै घरमा चार्ज गर्न सकिन्छ ।
किया मोटर्सले छिट्टै बजारमा ल्याउने अनुमान गरेको ईभी–५ बारे विभिन्न...
चिनियाँ ईभी निर्माता एक्स्पेङ मोटर्सले २०२५ मा अनुसन्धान र विकासमा ९ अर्ब...
मारुती सुजुकी र टोयोटाले निकट भबिष्यमा ल्याउने तयारी थालेको इलेक्ट्रिक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...