बढ्यो सार्वजनिक यातायातको भाडा, अब कहाँको कति ?
काठमाडौं – सरकारले हिजोदेखि लागू हुने गरी सार्वजनिक यातायातको भाडा बढाएको...
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विहिबार सार्वजनिक गरेको ग्लोबल स्टाट्स रिपोर्ट अन रोड सेफ्टी–२०२३का अनुसार अझैपनि सडक दुर्घटनाका कारण प्रति मिनेट २ जना र प्रतिदिन ३२ सय भन्दा बढीको ज्यान जाने गरेको छ। विशेष गरी यही कारणले ५ देखि २९ वर्षको बालबालिका तथा युवाहरूको अत्यधिक मृत्यु हुने गरेको छ।
सडक दुर्घटनाका कारण मृत्यु हुनेको सङ्ख्यामा पछिल्ला वर्षमा केही सुधार आएपनि अझैपनि प्रतिवर्ष ११लाख ९० हजार मानिसको मृत्यु हुने गरेको छ।
डब्लुएचओको प्रतिवेदनका अनुसार सन २०१० देखि यता सडक दुर्घटनाका कारण हुने मृत्युमा ५ प्रतिशतले ह्रास आएको छ। तर अझैपनि रोड दुर्घटना दीर्घकालीन स्वास्थ्य सङ्कट रहेको र यसले गर्दा पदयात्री,साइकल यात्री तथा सडक उपयोग गर्ने जोखिममा रहेका अन्य समूहका लागि यसले मृत्युको जोखिम बढाएको देखिएको छ।
‘सडक दुर्घटनाको कारण हुने दुखद मृत्युको सङ्ख्या घट्दो छ तर जति छिटो गतिमा घट्नुपर्ने त्यसो हुन सकेको छैन, डब्लुएचओका महानिर्देशक टेड्रोस अथानोम घेब्रेससले भनेका छन्। उनले विश्वका राष्ट्रलाई सडक बनाउन गाडीलाई नभई मानिसलाई केन्द्रमा राख्न अनुरोध गरेका छन्।
विश्वका १०८ देशले सन् २०१० देखि सन २०२१ सम्म सडक दुर्घटना घटाउन प्रगति गरेका छन्। यो अवधिमा वेलारुस, डारेसलाम, डेनमार्क लगायतका १० राष्ट्रले सडक दुर्घटनाबाट हुने मृत्युलाई ५० प्रतिशतले घटाएका छन्।
प्रतिवेदनका अनुसार सडक दुर्घटनामा विश्वमा हुने कुल मृत्युमा दक्षिणपुर्वी एसिया क्षेत्रको हिस्सा २८ प्रतिशत रहेको छ भने २५ प्रतिशत पश्चिमी प्रशान्त क्षेत्र, १९ प्रतिशत दक्षिण अफ्रिका, १२ प्रतिशत अमेरिका क्षेत्र, ११ प्रतिशत पूर्वी मेडिटरियन क्षेत्र र ५ प्रतिशत युरोपियन युनियनले लिएको छ।
यसै गरी मृत्यु हुने १० जनामा कम तथा मध्यम आय भएका देशका मात्र ९ जना हुने गरेको र मृत्युको जोखिम यी देशमा अन्यत्र भन्दा ३ गुणाले बढी रहेको प्रतिवेदनले देखाएको छ।
मृत्यु हुनेमा पैदल यात्रु २३ प्रतिशत, दुई पाङ्ग्रे सवारी साधन चलाउने २१ प्रतिशत, साइकल चलाउने ६ प्रतिशत र इ–स्कुटर चलाउने ३ प्रतिशत रहेको देखिएको छ। कार र अन्य चार पाङ्ग्रे गाडी दुर्घटनाका कारण हुने मृत्युमा ३० प्रतिशतले कमी आएको छ।
प्रतिवेदनले सडक सुरक्षा सम्बन्धी कानुन बनाउन आवश्यक रहेको औँल्याएको छ। सन २०३० सम्म गाडीको संख्या दुगुना हुने भएकाले सडक सुरक्षाको विषय महत्त्वपूर्ण रहेको प्रतिवेदनमा उल्लेख छ।
काठमाडौं – सरकारले हिजोदेखि लागू हुने गरी सार्वजनिक यातायातको भाडा बढाएको...
काठमाडौं प्लाजामा आजदेखि निःशुल्क पार्किङ गर्न पाइने भएको छ । काठमाडौं...
काठमाडौं – धरहरा क्षेत्रमा केही दिन पहिले काठमाडौं महानगरले पार्किङ खुला...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...