लन्च भएको छोटो समयमै नेपाली सडकमा गुड्न थाले १५१ भन्दा बढी ओमोडा गाडी

काठमाडौं – नेपालका लागि ओमोडा गाडीको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले नेपालमा १५१ भन्दा बढी ओमोडा गाडी बिक्री गरेको छ। बुकिङ भएको १५१ भन्दा बढी गाडीको हस्तान्तरणसँगै काठमाडौंको उत्तरढोकास्थित ओमोडाको शोरुमको औपचारिक उद्घाटन पनि गरिएको कम्पनीले जानकारी दिएको छ।

प्रमुख अतिथि नेपालका लागि चीनका राजदूत सोङ चेन, शारडा ग्रुपका अध्यक्ष एसआर शारडा, ओमोडा नेपालका कन्ट्री डाइरेक्टर सोङ हुआइफु, एसपीजी अटोमोबाइल्सका निर्देशक गौरव शारडा, अटोमोबाइलका ग्रुप अध्यक्ष धीरेन तामाङलगायतको उपस्थितिमा शोरुम उद्‍घाटन गरिएको हो।

कार्यक्रममा ओमोडा खरिद गर्ने ग्राहकहरुलाई चेन सोङद्वारा गाडीको कि (साँचो) हस्तान्तरण गरिएको थियो। कार्यक्रममा शारडा ग्रुपका निर्देशक गौरव शारडाले औपचारिक रुपमा ओमोडाको गाडी गत फेब्रुअरी २ फेब्रुअरी २०२४ मा नेपालमा बुकिङ खुल्ला गरिएको र छोटो समयमै यति धेरै गाडी नेपाली सडकमा गुडिरहेको बताए ।

नेपालका मात्रै चार सयभन्दा बढीको बुकिङ भइसकेको र १५१ बढी गाडी हाल नेपाली सडकमा गुडिरहेका छन्। नेपाली ग्राहकहरूमाझ फ्यूचरिस्टिक गाडीहरू प्रस्तुत गर्न पाउँदा र छोटो समयमा नै राम्रो प्रतिक्रिया प्राप्त गर्न पाउँदा आफूहरु निकै नै उत्साहित भएको उनले बताए । माघको तेस्रो साता सो गाडी नेपालमा औपचारिक रुपमा सार्वजनिक गरिएको थियो ।

लन्च भएको केही महिनाभित्रै ओमोडाले ग्राहकवर्गबाट अत्यधिक साथ पाई प्रतिस्पर्धीको तुलनामा सर्वाधिक रुचाइएको गाडीको रूपमा उभिएको उनको भनाइ थियो। विद्युतीय र दिगो भविष्यका निम्ति अग्रगामी प्रविधिसहित छलाङ मार्दै, एसपीजी अटोमोबाइल्सले उत्कृष्ट प्रविधियुक्त ’ओमोडा इ फाइभ’ मोडल लन्च गरिएको बताएको छ।

यसमा ६१ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्लेड ब्यट्री रहेको छ, जसले डब्ल्युएलटीपी मानक अनुसार ४३० किलोमिटरको रेन्ज प्रदान गर्दछ । सो गाडी फ्रन्ट माउन्टेड इलेक्ट्रिक मोटर र ३४० एनएमको टर्कद्वारा संचालित छ । यात्रु तथा चालकका लागि यसमा २.५ लेभलको महत्वपूर्ण एडास फिचर रहेका छन् ।

ओमोडा ई५ को मूल्य ६१ लाख ९९ हजार रुपैयाँ छ ।

सम्बन्धित समाचारहरू

एसटीसी अटो सोलुसनले अब एम्पियर ब्रान्डका इलेक्ट्रिक स्कुटर बिक्री गर्ने

एसटीसी अटो सोलुसनले अब एम्पियर ब्रान्डका इलेक्ट्रिक स्कुटर बिक्री गर्ने

काठमाडौं – भारतमा उत्पादन भएको उच्च स्तरिय विद्युतीय स्कुटर ब्रान्ड...

१ लाख ६० हजारमा दुहानको नयाँ इलेक्ट्रिक स्कुटर, अर्को हप्ता लन्च हुने

१ लाख ६० हजारमा दुहानको नयाँ इलेक्ट्रिक स्कुटर, अर्को हप्ता लन्च हुने

दुहानले सस्तो मूल्यको नयाँ इलेक्ट्रिक स्कुटर इडु नेपाल ल्याएको छ । यो...

छक्का पञ्जा ५ को ट्रेलर र टाटा ईभीको चर्चा

छक्का पञ्जा ५ को ट्रेलर र टाटा ईभीको चर्चा

आगामी असोज २४ अर्थात फूलपातीको दिन देखि प्रदर्शनमा आउने नयाँ नेपाली...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...