सय भन्दा बढी ब्रान्डका ‘ब्रेक शु’ बिक्री हुन्छन् नेपालमा, कस्तो छ बजार ?

नेपाली बजारमा सय भन्दा बढी ब्रान्डका ब्रेक शु उपलब्ध छन् । दुई पांग्रे र चार पांग्रे सवारी साधनमा लाग्ने ब्रेक शु नेपाली बजारमा पाइन्छन् । नेपाली बजारमा उपलब्ध हुने ब्रेक शु अधिकांश रुपमा भारतीय र त्यसपछि चाइनिज ब्रान्डका छन् । अन्य देशबाट उपलब्ध हुने ब्रेक शु कमै मात्रामा पाइन्छन् ।

नेपाली बजारमा विभिन्न कम्पनीहरुले आधिकारिक वितरकको रुपमा ब्रेक शु आयात गरिरहेका छन् । दुई पांग्रे र चार पांग्रेका लागि उपयुक्त हुने ब्रेक शुको रुपमा सत्यदीप इन्टरनेसनलले एमके, एसडीआई अटोमोबाइल्सले सेरेडो र कम्पो, श्री एसटीसीले एएसके, भावना बिजनेस लिंकले राने, महावीर अटोमोबाइल्सले टीभीएस, ग्लोबल एजेन्सीले मेरिटोर, रिता अटोमोबाइल्सले रिब्को आदि ब्रान्डका ब्रेक शु बिक्री–वितरण गर्दै आएका छन् ।

यद्यपि नेपाली बजारमा सयौं ब्रान्डका ब्रेक शु उपलब्ध छन् । सबैले आफ्नो ब्रान्ड भनेर बिक्री गर्ने गरेको पाइन्छ । टीभीएस, महिन्द्रा, टाटा जस्ता प्रतिष्ठित कम्पनीकै ब्रान्डमा समेत ब्रेक शु उपलब्ध हुने गरेका छन् ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका उपाध्यक्ष तथा अटो पार्ट्स व्यवसायी सुनिल रिजालले अधिकांश ब्रेक शुमा भारतीय ब्रान्ड नै प्रचलित भए पनि पछिल्लो समयमा चाइनिज ब्रान्ड समेत बढ्दै गएको बताउछन् । दुई पांग्रे र चार पांग्रे कमर्सियल सवारी साधनमा चाइनिज ब्रेक शु समेत नेपाली बजारमा बढ्दै गएको उनको भनाइ छ ।

सत्यदीप इन्टरनेसनलका म्यानेजिङ डाइरेक्टर दिपेन्द्र कुमार मिश्रका अनुसार अधिकांश ब्रेक शु भारतीय कम्पनीका प्रयोग हुन्छन् भने केही मात्रामा चीनबाट समेत आउछन् ।

अन्य देशबाट भने नगन्य मात्रामा ब्रेक शु आयात भएको पाइन्छ । त्यसैले दुबई वा अन्य देशका ब्रेक शु नेपालमा त्यस्तो धेरै प्रयोग भएको पाइदैन ।

व्यवसायीहरुका अनुसार ब्रेक शु र ब्रेक प्याडको संयोजनबाट सवारी साधनमा घर्षण कम गराउने कार्य गरिन्छ । त्यही घर्षण हुने स्थानमा सेरामिक मेटलको प्रयोग गरिन्छ । त्यही स्थानमा प्रयोग गरिने फलामले घर्षण कम गराउन सहयोग गर्छ । सो स्थानमा हाल फलामको सट्टा सुन प्रयोग गरिएको र सुनलाई कालो बनाएर राखिएको बताइन्छ ।

व्यवसायी सुनिल रिजाल नेपालमा बिक्री हुने ब्रेक शुको यकिन तथ्यांक नभए पनि वार्षिक रुपमा २ अर्ब भन्दा बढी रकमको ब्रेक शु कारोबार हुने अनुमान गर्छन् ।

पछिल्लो समयमा ब्रेक शुभित्र सुन लुकाएर ल्याइएको र यसको तौलबारेमा व्यापक चर्चा भइरहेको छ । यो अवस्थामा नेपाली बजारमा उपलब्ध हुने ब्रेक शुको वारेमा समेत जान्नु आवश्यक छ ।

सम्बन्धित समाचारहरू

पञ्चकन्याले अब ओएलएसका वर्कशप टुल्स र इक्विपमेन्ट बिक्री गर्ने

पञ्चकन्याले अब ओएलएसका वर्कशप टुल्स र इक्विपमेन्ट बिक्री गर्ने

काठमाडौं – वर्कशप टुल्स र इक्विपमेन्ट उपलब्ध गराउने भारतको प्रतिष्ठित...

एमके रिटेलर मिट सम्पन्न, नयाँ उत्पादन लन्च

एमके रिटेलर मिट सम्पन्न, नयाँ उत्पादन लन्च

काठमाडौं – एमके ग्रुपको रिटेलर मिट सम्पन्न भएको छ । एमके ग्रुपको नेपालका...

सिप्रदी ट्रेडिङ र बाेस बिच टाटा कमर्सियल गाडीहरुकाे फ्युल सिस्टम सम्बन्धी सेवा सम्झौता

सिप्रदी ट्रेडिङ र बाेस बिच टाटा कमर्सियल गाडीहरुकाे फ्युल सिस्टम सम्बन्धी सेवा सम्झौता

काठमाडौ– टाटा कमर्सियल गाडीको मर्मत सम्भारमा अब बोस ब्रान्डको फ्युल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...