स्कोर्पियो एन बनेर आउँदै छ अब महिन्द्रा स्कर्पियो, बिग ड्याडी अफ एसयूभी बन्ने
महिन्द्रा एण्ड महिन्द्राले सबैभन्दा लोकप्रिय एसयूभी स्कर्पियोको नेक्स्ट...
जावा मोटरसाइकलको आधिकारिक वितरक अग्नि मोटो ईंक नेटवर्क विस्तारमा एग्रेसिभ देखिएको छ । कम्पनीले देशका विभिन्न स्थानमा थ्रीएस सुविधा सहितको नेटवर्क विस्तारलाई तीव्रता दिँदै लगेको हो । कम्पनीले २ दिनको अन्तरालमा २ स्थानमा यस्तो नेटवर्क विस्तार गरेको छ भने दशैं अगाडि थप ३ स्थानमा विस्तार गर्ने कम्पनी स्रोतले बताएको छ ।
भदौ ७ गते नेपालगन्जमा शोरुम उद्घाटन गरेको अग्निले त्यसको २ दिनपछि सुर्खेतमा समेत नयाँ डिलर थप गरेको छ । यो सहित जावाको देशभर ११ वटा डिलर नेटवर्क विस्तार भैसकेको छ । यसअघि जावाले विर्तामोड, धरान, इटहरी, विराटनगर, लहान, पोखरा, नारायणघाट, बुटवल र भैरहवामा डिलर विस्तार गरिसकेको छ । काठमाडौंमा कम्पनी आफैंले उत्तरढोका र टेकुमा शोरुम सञ्चालन गर्दै आइरहेको छ ।
नेपाली बजारमा जावा, जावा फोर्टी–टु र फ्याक्ट्री–निर्मित पहिलो बब्बर पेराक सहित तीन मोडलका मोटरसाइकल उपलब्ध छन् । जसमध्ये जावा सिंगल च्यानल एबीएसको मूल्य ६ लाख ४८ हजार ५ सय र डबल च्यानल एबीएसको ६ लाख ७६ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको छ ।
त्यसैगरी फोर्टी–टु सिंगल च्यानल एबीएसको ६ लाख २० हजार र डबल च्यानल एबीएसको ६ लाख ४८ हजार रुपैयाँ पर्छ । पेराकको भने ७ लाख ५० हजार रुपैयाँ तोकिएको छ ।
महिन्द्रा एण्ड महिन्द्राले सबैभन्दा लोकप्रिय एसयूभी स्कर्पियोको नेक्स्ट...
काठमाडौं – महिन्द्राका दुई नयाँ ईभी बीई६ र एक्सईभी ९ई नेपाली बजारमा उपलब्ध...
महिन्द्राले आफ्नो इलेक्ट्रिक एसयूभी एक्सयूभी–४०० मा फिचर अपडेट गर्ने...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...