सवारी साधन सञ्चालनमा थप खुकुलो, मर्मत गर्ने वर्कसप बेलुकी ९ बजे सम्म सञ्चालन हुने

काठमाडौं - काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा एक हप्ता लम्ब्याइएको छ । उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण केही घटे पनि जोखिम कायमै रहेको भन्दै थप एक हप्ता निषेधाज्ञा लम्ब्याइएको हो ।

उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले एक हप्ता निषेधाज्ञा थप्ने निर्णय गरेको हो । थपिएको निषेधाज्ञामा खाद्यान्न, तरकारी तथा फलफूल र पुस्तक पसल बिहान ११ बजेसम्म खोल्न पाइने निर्णय भएको छ । यसअघि खाद्यान्न पसल बिहान ९ बजेसम्म मात्रै खोल्न दिइएको थियो ।  

त्यस्तै, हार्डवेयर पसल दिउँसो ४ बजेदेखि खोल्न दिने दिने निर्णय भएको छ भने अनलाइन डेलिभरी, कृषि कार्यका लागि अनुमति दिने र बचत तथा ऋण सहकारी संस्था पनि खोल्न गर्न दिने निर्णय भएको छ । 

तोकिएका वाहेक अन्य सवारी साधन काठमाडौं उपत्यका प्रवेशमा रोक लगाइने छ । सवारी साधन मर्मत गर्ने वर्कसपहरु बेलुकी ९ बजे सम्म संचालन हुने छन् ।

हेर्नुहोस्, जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट जारी आदेश  

सम्बन्धित समाचारहरू

सार्वजनिक यातायातको नवीकरण साउन मसान्त सम्म गर्न सकिने

सार्वजनिक यातायातको नवीकरण साउन मसान्त सम्म गर्न सकिने

काठमाडौं – सार्वजनिक यातायातको नवीकरण आगामी साउन मसान्त सम्म गर्न सकिने...

काठमाडौं उपत्यकामा १० दिन थपियो निषेधाज्ञा : यस्तो छ व्यवस्था

काठमाडौं उपत्यकामा १० दिन थपियो निषेधाज्ञा : यस्तो छ व्यवस्था

काठमाडौं । काठमाडौं उपत्यकामा थप १० दिनका लागि निषेधाज्ञा थप भएको छ ।...

विवाहमा सवारीका लागि पास नचाहिने, १५ जना सम्म जान पाइने

विवाहमा सवारीका लागि पास नचाहिने, १५ जना सम्म जान पाइने

काठमाडौं – निषेधाज्ञाको समयमा काठमाडौं उपत्यकामा वैवाहिक कार्यक्रम...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...