आजदेखि उपत्यकाको निषेधाज्ञा केही खुकुलो
काठमाडौं – कोभिड–१९ सङ्क्रमण घट्न थालेपछि काठमाडौँ उपत्यकामा आजदेखि...
काठमाडौं - काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा एक हप्ता लम्ब्याइएको छ । उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण केही घटे पनि जोखिम कायमै रहेको भन्दै थप एक हप्ता निषेधाज्ञा लम्ब्याइएको हो ।
उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले एक हप्ता निषेधाज्ञा थप्ने निर्णय गरेको हो । थपिएको निषेधाज्ञामा खाद्यान्न, तरकारी तथा फलफूल र पुस्तक पसल बिहान ११ बजेसम्म खोल्न पाइने निर्णय भएको छ । यसअघि खाद्यान्न पसल बिहान ९ बजेसम्म मात्रै खोल्न दिइएको थियो ।
त्यस्तै, हार्डवेयर पसल दिउँसो ४ बजेदेखि खोल्न दिने दिने निर्णय भएको छ भने अनलाइन डेलिभरी, कृषि कार्यका लागि अनुमति दिने र बचत तथा ऋण सहकारी संस्था पनि खोल्न गर्न दिने निर्णय भएको छ ।
तोकिएका वाहेक अन्य सवारी साधन काठमाडौं उपत्यका प्रवेशमा रोक लगाइने छ । सवारी साधन मर्मत गर्ने वर्कसपहरु बेलुकी ९ बजे सम्म संचालन हुने छन् ।
हेर्नुहोस्, जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट जारी आदेश
-1_20210613170441.jpg)
-2_20210613170502.jpg)
-3_20210613170527.jpg)
-4_20210613170543.jpg)
काठमाडौं – कोभिड–१९ सङ्क्रमण घट्न थालेपछि काठमाडौँ उपत्यकामा आजदेखि...
काठमाडाैं – काठमाडौँ उपत्यकामा केही खुकुलो गर्दै पुनः एक हप्ता...
काठमाडौं – आजदेखि जोरबिजोर प्रणालीमा सार्वजनिक यातायात सञ्चालन हुने...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...