नेपाल आइपुग्यो हुन्डाई आयोनिक ५ : केही दिनमै औपचारिक बिक्री गरिने
काठमाडौं – हुन्डाईको बहुप्रतीक्षित इलेक्ट्रिक कार नेपालमा आइपुगेको छ । यो...
नेपालमा चल्ने इलेक्ट्रिक सवारी साधनका लागि आवश्यक चार्जिङ स्टेसन खुल्ने क्रम धमाधम चलिरहेको छ । हालै मात्र दुई निकायले सञ्चालनमा ल्याएका चार्जिङ स्टेसनले चर्चा पाएका छन् ।
युएस एआइडीको ऊर्जा नेपालको अनुदानसहित निजी क्षेत्रको लगानीमा बागमती प्रदेशमा २३ नयाँ चार्जिङ स्टेसन सञ्चालनमा ल्याइएको छ । यससँगै एउटा मोबाइल ईभी चार्जिङ स्टेसन पनि उद्घाटन गरिएको छ ।
२३ मध्ये १७ चार्जिङ स्टेसन यात्री डिजाइन स्टुडियोले र छ वटा ई–स्टप नेपालले स्थापना गरेका हुन् । यात्रीले परीक्षण र प्रचार प्रसार प्रयोजनका लागि एउटा मोबाइल चार्जिङ स्टेसन पनि निर्माण गरेको हो । पृथ्वी राजमार्ग, अरनिको राजमार्ग र काठमाडौँ उपत्यकालाई लक्षित गर्दै यी स्टेसन निर्माण गरिएका हुन् ।
त्यसैगरी साझा यातायातले पनि ठुला बस चार्ज गर्न मिल्ने देशकै ठुलो चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ । उपत्यकाभित्र ४० विद्युतीय बस सञ्चालन गर्ने योजना अनुसार साझा यातायातले एकैपटक २४ वटा ठुला बस चार्ज गर्न मिल्ने गरी साझा यातायात परिसर पुल्चोकमा चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको हो ।
साझा परिसरमा भएका चार्जिङ स्टेसनमा १.१ मेगावाट विद्युत् खपत हुन्छ । साझा यातायातले थप चार्जिङ स्टेसन विस्तार गर्न काठमाडौँ उपत्यकाका १८ पालिकासँग सहकार्य गर्न चाहेको जनाइएको छ ।
नेपाल विद्युत प्राधिकरण आफैले पनि चार्जिङ स्टेसन सञ्चालन गरिरहेको छ भने सवारी साधन आयातकर्ता कम्पनीहरुले पनि यस्ता स्टेसन निर्माण गरिरहेका छन् ।
यसबाट आगामी दिनमा विद्युतीय सवारीको प्रयोग बढाउन चार्जिङ स्टेसनले अझै महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गर्न सकिन्छ ।
काठमाडौं – हुन्डाईको बहुप्रतीक्षित इलेक्ट्रिक कार नेपालमा आइपुगेको छ । यो...
चिनियाँ ईभी निर्माता लिप मोटरले भारत प्रवेश गर्ने योजना बनाएको छ । मिडिया...
काठमाडौं – फोटोनको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु वृद्धि कमर्सियल...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...