एकैपटक खुले ठूलो संख्यामा चार्जिङ स्टेसन, विद्युतीय सवारी प्रयोग बढाउन भूमिका खेल्ने

नेपालमा चल्ने इलेक्ट्रिक सवारी साधनका लागि आवश्यक चार्जिङ स्टेसन खुल्ने क्रम धमाधम चलिरहेको छ । हालै मात्र दुई निकायले सञ्चालनमा ल्याएका चार्जिङ स्टेसनले चर्चा पाएका छन् ।

युएस एआइडीको ऊर्जा नेपालको अनुदानसहित निजी क्षेत्रको लगानीमा बागमती प्रदेशमा २३ नयाँ चार्जिङ स्टेसन सञ्चालनमा ल्याइएको छ । यससँगै एउटा मोबाइल ईभी चार्जिङ स्टेसन पनि उद्घाटन गरिएको छ ।

२३ मध्ये १७ चार्जिङ स्टेसन यात्री डिजाइन स्टुडियोले र छ वटा ई–स्टप नेपालले स्थापना गरेका हुन् । यात्रीले परीक्षण र प्रचार प्रसार प्रयोजनका लागि एउटा मोबाइल चार्जिङ स्टेसन पनि निर्माण गरेको हो । पृथ्वी राजमार्ग, अरनिको राजमार्ग र काठमाडौँ उपत्यकालाई लक्षित गर्दै यी स्टेसन निर्माण गरिएका हुन् ।

त्यसैगरी साझा यातायातले पनि ठुला बस चार्ज गर्न मिल्ने देशकै ठुलो चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ । उपत्यकाभित्र ४० विद्युतीय बस सञ्चालन गर्ने योजना अनुसार साझा यातायातले एकैपटक २४ वटा ठुला बस चार्ज गर्न मिल्ने गरी साझा यातायात परिसर पुल्चोकमा चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको हो ।

साझा परिसरमा भएका चार्जिङ स्टेसनमा १.१ मेगावाट विद्युत् खपत हुन्छ । साझा यातायातले थप चार्जिङ स्टेसन विस्तार गर्न काठमाडौँ उपत्यकाका १८ पालिकासँग सहकार्य गर्न चाहेको जनाइएको छ ।

नेपाल विद्युत प्राधिकरण आफैले पनि चार्जिङ स्टेसन सञ्चालन गरिरहेको छ भने सवारी साधन आयातकर्ता कम्पनीहरुले पनि यस्ता स्टेसन निर्माण गरिरहेका छन् ।

यसबाट आगामी दिनमा विद्युतीय सवारीको प्रयोग बढाउन चार्जिङ स्टेसनले अझै महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

स्मार्टफोन निर्माता हुवावेले अर्को इलेक्ट्रिक कार बजारमा ल्याउदै

स्मार्टफोन निर्माता हुवावेले अर्को इलेक्ट्रिक कार बजारमा ल्याउदै

विश्वको अग्रणी स्मार्टफोन निर्माता कम्पनी हुवावेले इलेक्ट्रिक कार...

लुयान ब्रान्डको एमएनके थ्री इलेक्ट्रिक स्कुटर थप दुई भेरिएन्ट र नयाँ कलरमा उपलब्ध

लुयान ब्रान्डको एमएनके थ्री इलेक्ट्रिक स्कुटर थप दुई भेरिएन्ट र नयाँ कलरमा उपलब्ध

काठमाडौं – लुयान ब्रान्डको एमएनके थ्री इलेक्ट्रिक स्कूटर थप दुइ नयाँ...

५० प्रतिशत फाइनान्स सुबिधामा ओकिनावा इलेक्टिक स्कुटर किन्न सकिने

५० प्रतिशत फाइनान्स सुबिधामा ओकिनावा इलेक्टिक स्कुटर किन्न सकिने

ओकिनावा स्कुटरको खरिदमा माछापुच्छे« बैंकले फाइनान्स सुबिधा दिने भएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...