बजेटको फाइदा सबैभन्दा बढी हुन्डाई र टेस्लालाई, २० लाख हाराहारी मूल्य घट्ने अनुमान

हालै सार्वजनिक गरिएको नयाँ बजेटले १०० किलोवाट देखि २०० किलोवाट सम्म क्षमताका विद्युतीय गाडीको कर घटाएसँगै ती गाडीको वारेमा समेत चर्चा शुरु भएको छ ।

१०० किलोवाटदेखि २०० किलोवाटसम्म विद्युतीय मोटर जडित कारमा यसअघि ३० प्रतिशत रहेको भन्सार दरलाई २० प्रतिशत कायम गरिएको छ। त्यस्तै सोही मोटर क्षमता भएको विद्युतीय कारमा ३० प्रतिशत नै रहेको अन्तःशुल्क २० प्रतिशतमा सीमित गरिएको छ।

यस अनुसार यो सेगमेन्टका इलेक्ट्रिक कार आयात गर्दा समग्रमा २० प्रतिशत कम कर तिर्नु पर्नेछ । यसको प्रत्यक्ष असर मूल्यमा समेत पर्नेछ र फाइदा भनेको उपभोक्तालाई हुनेछ ।

आयोनिक ५, एमजी जेडएस ईभी लङ रेन्ज, १५० किलोवाटको बीवाईडी एट्टो ३ आदि गाडीको मूल्य घट्ने छ । यी गाडीमा १०० देखि २०० किलोवाट बीचको क्षमताका मोटर छन् । यस अनुसार बढीमा २० लाख हाराहारी मूल्य घट्ने अनुमान गर्न सकिन्छ ।

त्यसैगरी २०० देखि ३०० किलोवाट क्षमताका गाडीमा अब ४५ प्रतिशत भन्सार र ४० प्रतिशत अन्तःशुल्क लाग्ने भएको छ । पहिले ४५ प्रतिशत भएको अन्तःशुल्कलाई ५ प्रतिशत घटाएर ४० प्रतिशत पुगेको हो ।

यस अनुसार टेस्ला मोडल ३ जस्ता इलेक्ट्रिक कारको मूल्यमा यसको प्रत्यक्ष असर पुग्ने छ । मोडल ३ स्ट्यान्डर्ड प्लसको १ करोड ४५ लाख रुपैयाँ मूल्य पर्छ । यसका आधारमा यसको मूल्य पनि त्यही अनुसार घट्ने छ ।

सम्बन्धित समाचारहरू

रोबोट्याक्सी सेवा बन्द गर्ने योजनामा जनरल मोटर्स

रोबोट्याक्सी सेवा बन्द गर्ने योजनामा जनरल मोटर्स

अमेरिकी अटोमोबाइल निर्माता कम्पनी जनरल मोटर्स (जीएम) ले आफ्नो क्रुज...

वाडा अटो शो २०२६ मा यस्ता हुनेछन् ओमोडा, जेइको, आइकार र निसानका गाडी

वाडा अटो शो २०२६ मा यस्ता हुनेछन् ओमोडा, जेइको, आइकार र निसानका गाडी

पोखरा – बराल ग्रुप अन्तर्गतको सहायक कम्पनी तथा नेपालका लागि ओमोड़ा जेइको,...

इलेक्ट्रिक कार ओरा गुड क्याटको सफलतापूर्वक नेपाली सडकमा परीक्षण सम्पन्न

इलेक्ट्रिक कार ओरा गुड क्याटको सफलतापूर्वक नेपाली सडकमा परीक्षण सम्पन्न

काठमाडौँ – ग्रेटवाल मोटर नेपालले इलेक्ट्रिक गाडी ओरा गुड क्याटको रोड...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...