ग्लोबल प्योर इलेक्ट्रिक भेइकलमा लिडर बन्दै बीवाईडी, ४ लाख युनिटले पछि प-यो टेस्ला
चिनियाँ सवारी साधन निर्माता कम्पनी बीवाईडीले ग्लोबल प्योर इलेक्ट्रिक...
काठमाडौं – नेपाली बजारमा टाटाका इलेक्ट्रिक कारहरु पछिल्लो समयमा धेरैको रोजाइमा पर्न थालेका छन् । हजारभन्दा बढी बुकिङसहित टाटा मोटर्सको सबैभन्दा मन पराइएको लोकप्रिय नेक्सन र टिगोर मोडलको विद्युतीय गाडीहरूको माग नेपाली बजारमा बढिरहेको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले बताएको छ । टाटा मोटर्सको विद्युतीय गाडीको माग आन्तरिक एवं बाह्य दुवै बजारमा वृद्धि भइरहेको कम्पनीको भनाइ छ ।
विद्युतीय कारको आक्रामक रुपमा बजार विस्तार गर्ने योजनामा रहेको टाटाले निकट भविष्यमा नै विभिन्न डिजाइन र मूल्यका १० नयाँ मोडल बजारमा ल्याउने तयारी गरिरहेको छ ।
कम्पनीले तीन चरणमार्फत आफ्नो पोर्टफोलियोको विस्तार गर्ने घोषणा गरेको छ । नेपाली बजारको मागलाई प्रभावकारी तवरले परिपूर्ति गर्न कम्पनीले हरेक महिना २ सय युनिट भन्दा बढी यस्ता विद्युतीय गाडीको आपूर्ति गरिरहेको बताइएको छ ।
टाटा मोटर्सले नेपालमा नेक्सन र टिगोर मोडलका विद्युतीय गाडीको विक्री–वितरण प्रारम्भ गरेको एक वर्ष सफलताका साथ पूरा गरिसकेको बताएको छ । चार्जिङ र ग्राहक सेवासम्बन्धी बृहत् पूर्वाधारसहित यी गाडीको निरन्तर बजार विस्तार भइरहेको कम्पनीको भनाइ छ ।
सिप्रदी ट्रेडिङले नेपालकै सबैभन्दा धेरै १९ वटा फास्ट चार्जिङ स्टेसन र १०० वटा स्लो चार्जिङ स्टेसनको स्थापना गरेको छ ।
चिनियाँ सवारी साधन निर्माता कम्पनी बीवाईडीले ग्लोबल प्योर इलेक्ट्रिक...
जापानी कार निर्माता कम्पनी टोयोटाको सबैभन्दा सानो इलेक्ट्रिक कार सी प्लस...
काठमाडौं – पारा ओलम्पिक २०२४ मा नेपाललाई ऐतिहासिक कास्य पदक दिलाएकी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...