डीएफएसकेले ल्यायो मनसुन अफर, १० लाख डाउनपेमेन्ट, ३ लाख ५० हजार नगद छुट

काठमाडौं – डीएफएसके ब्रान्डको नेपालका लागि आधिकारिक वितरक कुजु नेपाल प्रालिले मनसुन अफर सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको मनसुन अफरमा गाडी किन्ने ग्राहकले सुरुमा १० लाख रुपैयाँ डाउन पेमेन्ट गरेर गाडी किन्न सक्ने छन् ।

कम्पनीले बिक्री गर्दै आएको ग्लोरी ५६० र ग्लोरी आई अटोमा मनसुन अफर अन्तर्गत स्किम संचालन गरेको हो । ग्लोरी ५६० किन्ने ग्राहकले १० लाख डाउन पेमेन्ट गरेर गाडी किन्न सक्ने छन् भने आई अटो किन्न चाहनेले १५ लाख रुपैयाँ डाउन पेमेन्ट वापत तिर्नु पर्ने हुन्छ ।

कुजु नेपाल प्रालिले ग्लोरी ५६० मा ३ लाख नगद छुट, ५० हजार एक्सचेन्ज वोनस, एक वर्षको वार्षिक कर छुट दिने घोषणा गरेको छ । डीएफएसके आईअटोमा भने ग्राहकले ३ लाख ५० हजार नगद छुट पाउने छन् ।

यस्तो छ ग्लोरी ५६०
ग्लोरी ५६० मा यूरो ५ मापदण्डको इन्जिन दिइएको छ । यसमा रहेको १.५ लिटर टर्बो पेट्रोल इन्जिनले अधिकतम ५७०० आरपीएममा १४८ बीएच पावर र १८०० देखि ४००० आरपीएममा २३० एनएम टर्क प्रदान गर्छ । यसमा ६ स्पिड म्यानुअल र अटोमेटिक गियर दिइएको छ । साथै, ५० लिटरको इन्धन ट्यांक उपलब्ध रहेको छ ।

ग्लोरी ५६०, ग्लोबल एनक्यापबाट क्र्यास टेष्टमा ५ स्टार रेटिङ प्राप्त गरेको एसयूभी हो । यसको चारै चक्कामा डिस्क ब्रेक दिइएको छ । १७ इन्चको अलोय ह्वील, एयरव्याग, सिट बेल्ट रिमाइन्डर, एबीएस, इबीडी, इन्जिन इमोविलाइजर, आलर्म सिस्टम, स्पिड सेन्सिङ अटो लक, क्र्यास अटो अनलक जस्ता फिचर पाउन सकिन्छ ।

ग्लोरी ५६० मा सफ्ट टच ड्यास बोर्ड दिइएको छ भने ड्यासबोर्डमा ८ इन्चको फ्लोटिङ इन्फोटेनमेन्ट डिस्प्ले दिइएको छ । रिभर्स क्यामेरा, पुस स्टार्ट/स्टप बटम, किलेस इन्ट्री जस्ता विशेषता यसमा पाउन सकिने छ । ग्लोरी ५६० को मूल्य ५८ लाख ५० हजार रुपैयाँ तोकिएको छ ।

यस्तो छ ग्लोरी आई अटो
डीएफएसके ग्लोरी आई–अटो एक इन्टेलिजेन्ट एसयूभी हो । यसमा रहेका धेरै फिचरहरु भ्वाइस कमान्डबाट चलाउन सकिन्छ । यसमा आईटक नामको एस भ्वाइस कमाण्डको विशेषता पाउन सकिन्छ । यसको सहायताले हाई ग्लोरी कमाण्ड दिएर गाडीलाई विभिन्न खालको कार्य गराउन सकिन्छ ।

यसमा रहेको कार कन्ट्रोल कमान्डबाट सजिलै क्लाइमेट कन्ट्रोल चलाउने, आगाडि पछाडिको विण्डो ग्लास खोल्ने बन्द गर्ने, सनरुफ खोल्ने बन्द गर्ने आदि कार्यहरु गाडी चलाउँदा चलाउँदै बोलेरै गर्न सकिन्छ । त्यस्तै गाडी चलाइरहेकै अवस्थामा जीपीएस खोल्ने र बन्द गर्ने भ्वाइस नेभिगेसन तथा ब्लुटुथ र वाईफाई खोल्न तथा बन्द गर्न पनि आवाज दिए पुग्छ । यी र यस्ता १ सयभन्दा बढी भ्वाइस कमान्ड दिन सकिने छ ।

१८ इन्चको अलोय ह्वील, अगाडि र पछाडि दुबैतर्फ एलईडी लाइट, दुईवटा एक्जस्ट पाइप, पानारोमिक सनरुफ तथा रुफ रेलले ग्लोरी आई–अटोलाई स्पोर्टी बनाएको छ ।

ग्लोवल एनक्याप क्र्यास टेष्टमा ५ स्टार रेटिङ पाएको यो एसयूभीमा सुरक्षाका लागि अगाडि ४ वटा एयरव्याग, चारै चक्कामा डिस्क ब्रेकको प्रयोग गरिएको छ । यस एसयूभीमा आधुनिक इलेक्ट्रिक स्टेबिलीटी प्रोग्राम (इएसपी) ब्रेकिङ सिस्टम दिइएको छ । जसमा एबीएस, इबीडी तथा ईबीए (इमेर्जेन्सी ब्रेक असिस्ट) जस्ता फिचरहरुको सहायताले जस्तोसुकै परिस्थितिमा गाडीलाई रोक्न सक्छ ।

ग्लोरी आई–स्मार्टमा १.५ लिटर टर्बो चार्ज्ड पेट्रोल इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम १५० पीएस पावर तथा २२० एनएम टर्क उत्पादन गर्ने क्षमता राख्छ । यो एसयूभी अटोमेटिक गियरबक्स दिइएको छ । ग्लोरी आई–अटो को मूल्य ८९ लाख ५० हजार रुपैयाँ तोकिएको छ ।

सम्बन्धित समाचारहरू

दोब्बर बढे सेकेन्ड ह्यान्ड इलेक्ट्रिक कार किन्ने बेलायती

दोब्बर बढे सेकेन्ड ह्यान्ड इलेक्ट्रिक कार किन्ने बेलायती

बेलायतमा गत वर्ष भन्दा सेकेन्ड ह्यान्ड इलेक्ट्रिक कार किन्ने...

बीवाईडी एट्टो३ यही साता नेपाली बजारमा लन्च हुने

बीवाईडी एट्टो३ यही साता नेपाली बजारमा लन्च हुने

काठमाडौं – लामो प्रतीक्षा पश्चात अन्ततः यही साता नेपाली बजारमा बीवाईडीको...

वर्षको सुरुमै एलन मस्कलाई झड्का, बीवाईडीले बेच्यो टेस्ला भन्दा धेरै गाडी

वर्षको सुरुमै एलन मस्कलाई झड्का, बीवाईडीले बेच्यो टेस्ला भन्दा धेरै गाडी

टेस्ला मालिक एलन मस्कलाई सन् २०२४ को सुरुवातमै नराम्रो झड्का लागेको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...