लुयान र सारथी स्कुटरमा मनसुन म्याजिक अफर, १० हजार नगद छुट र अन्य सुबिधा पनि

काठमाडौं–जीरो इमिसन राइड एनले मनसुन सिजनलाई लक्षित गरी आफ्ना लोकप्रिय ब्रान्डहरू लुयान र सारथी इकुटरका इलेक्ट्रिक स्कुटरहरूमा ‘मनसुन म्याजिक अफर’ लागु गरेको छ ।

यस अफरअनुसार, ग्राहकले हरेक स्कुटर किन्दा १० हजार नगद छुटका साथ हेल्मेट, रेनकोट, टिसर्ट, र एक वर्षको सडक कर निःशुल्क पाउनेछन् । असार महिनाको अन्त्यसम्म लागु हुने यस अफर अन्तर्गत, नगद किन्नेलाई आकर्षक छुट र उपहारको प्याकेज समेत प्रदान गरिएको छ ।

कुनै पनि पुरानो (पेट्रोल वा इलेक्ट्रिक) बाइक वा स्कुटर ल्याएर नयाँ स्कुटर लान सकिने एक्सचेन्जको पनि सुविधा रहेको कम्पनीले जनाएको छ । एक्सचेन्जमा पनि माथि उल्लेख गरिएको अफर लागु हुने बताइएको छ ।

कम्पनीले पुरै पैसा नहुने ग्राहकका लागि सजिलो फाइनान्स सुविधा समेत उपलब्ध रहेको जनाएको छ । जसमा ग्राहकले कम्तिमा २० प्रतिसत डाउनपेमेन्ट गरेर नयाँ स्कुटर लिन सक्नेछन् । अधिकतम ३६ महिनासम्मको मासिक किस्तामा भुक्तानी गर्न मिन्ले यस फाइनान्स योजनामा बाइक किन्ने ग्राहकलो भने माथि उल्लेख गरिएका अफर पाउने छैनन् ।

लुयान र सारथी इकुटरका अधिकांश मोडेलमा ७२ भोल्ट ३८ एएच ग्राफिन बेट्रि जडान गरिएको छ जसले एकपटकको फुल चार्जमा १२० किलोमिटरसम्म यात्रा गर्न सक्ने क्षमता राख्दछ । स्कुटरमा लिथियम आयोन ब्याट्रीको पनि अप्सन रहेको छ ।

लुयान र सारथी इकुटरका स्कुटरहरूमा शक्तिशाली मोटर जडान भएकाले नेपालका उकालो बाटाहरूमा पनि सजिलै चढ्न सक्ने दाबी गरिएको छ । १२ इन्चका टायर, डबल डिस्क ब्रेक, रि–जेन ब्रेकिङ सिस्टम, एनएफसी कार्ड स्टार्ट, डिजिटल डिस्प्ले, एलईडी हेडलाइट, र आइपि ६७ वाटर र डस्ट रेसिस्टेन्ट प्रणाली जस्ता विशेषताले यी स्कुटरलाई अझ भरपर्दो र सुरक्षित बनाएको छ ।

साथै, लुयानका स्कुटरमा उपलब्ध लिक्विड कुल्ड मोटरका कारण स्कुटर चलाउँदा उत्पन्न हुने तापलाई कम गरेर स्कुटरको तान्ने क्षमतामा वृद्धि गर्दछ ।

लुयानको एमएनके३ र एस ९० तथा सारथी इकुटरको ई३ र विँगर जस्ता मोडलहरु चर्चित छन् । यी स्कुटरको मूल्य १ लाख ९२ हजार ६०० देखी २ लाख १६ हजारसम्म पर्छ ।

जीरो इमिसन राइड एनका सेल्स एन्ड मार्केटिङ हेड शंकर शर्माका अनुसार, जीरो इमिसन राइड एनले हालसम्म नेपालका सबै इलेक्ट्रिक स्कुटर ब्रान्डहरूमध्ये सबैभन्दा उत्कृष्ट बिक्रीपछिको सेवा दिँदै आएको छ । ‘काठमाडौं उपत्यकाभित्र मात्रै १७ वटा सर्भिस सेन्टरहरू सञ्चालनमा छन्, जसमा हरेकमा चार्जिङ सुविधा पनि उपलब्ध छ । उपत्यका बाहिर १२ वटा प्रमुख शहरहरूमा डिलर र सर्भिस सेन्टरहरू रहेका छन्’ शर्माले भने ।

ग्राहकको विश्वास र बढ्दो रुचिलाई मध्यनजर गर्दै सुरु गरिएको यो अफरले नेपाली बजारमा अझ सशक्त उपस्थिति जमाउने कम्पनीले विश्वास लिएको छ ।

सम्बन्धित समाचारहरू

सेगवे स्कुटर किन्दा २५ हजार सम्म नगद छुट

सेगवे स्कुटर किन्दा २५ हजार सम्म नगद छुट

काठमाडौं– सेगवे–नाइन बोटकोे नेपालका लागि आधिकारिक वितरक आई हब प्रालिले...

प्रोटोन ईमासको एक्सचेन्ज अफर सोमबारसम्म, के–के छन् आकर्षण

प्रोटोन ईमासको एक्सचेन्ज अफर सोमबारसम्म, के–के छन् आकर्षण

काठमाडौं– जगदम्बा मोटर्स प्रालि अन्तर्गत सञ्चालन हुने विद्युतीय...

युरोपमा टेस्लालाई पहिलो पटक पछि पा-यो बीवाईडीले

युरोपमा टेस्लालाई पहिलो पटक पछि पा-यो बीवाईडीले

युरोपमा पहिलो पटक टेस्ला भन्दा बढी कार बिक्री गरेर चिनियाँ कार निर्माता...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...