अब बाइकमा मोबाइल स्ट्यान्ड राख्न पाइने, यस्तो आयो आदेश

काठमाडौं – राइड सेयरिङ प्रयोगकर्ताहरुले प्रयोग गर्दै आएको मोबाइल होल्डर प्रयोग गर्न केही समय यता देखि ट्राफिक प्रहरीले रोकिरहेकोमा उच्च अदालत, पाटनले परमादेश जारी गरेको छ ।

उच्च अदालत पाटनमा परेको एक मुद्दामा सुनुवाइ गर्दै न्यायाधीश सुभाष पौडेल र नरिश्वर भण्डारीको संयुक्त इजलासले सो परमादेश जारी गरेको हो । अदालतको फैसलाको पूर्ण पाठ भने आइसकेको छैन ।

राइड सेयरिङ कम्पनी सजिलो साथी प्रालिका तर्फबाट डेविड चौधरी र आर्यनराज पाण्डेले उच्च अदालत पाटनमा गोप्रो क्यामेरा र मोबाइल स्ट्यान्ड राख्न पाउनुपर्ने मागसहित गत मंसिर २१ गते रिट दायर गरेका थिए ।

उच्च अदालतको आदेशसँगै अब ट्राफिक प्रहरीले बाइकमा मोबाइल स्ट्यान्ड राख्नेलाई कारबाही गर्न नपाउने भएका छन् ।

गत भदौदेखि ट्राफिक प्रहरी कार्यालयले बाइकमा मोबाइल स्ट्यान्ड र गो(प्रो क्यामेरा राख्न निषेध गरेको थियो। त्यसरी राख्ने चालकलाई प्रहरीले कारबाही गर्ने बताउँदै सूचना जारी गरेको थियो। सूचनाको पालना नगरी स्ट्यान्ड राख्ने चालकलाई प्रहरीले पाँच सयदेखि २० हजारसम्म जरिवाना तिराउँदै आएको छ।

विशेषगरी राइड सेयरिङ प्लेटफर्ममा आवद्ध हुने राइडरले म्याप हेर्न मोबाइल होल्डर प्रयोग गर्दै आएका थिए ।

सम्बन्धित समाचारहरू

भारतले नेपाललाई दियो ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस उपहार

भारतले नेपाललाई दियो ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस उपहार

भारत सरकारले अनुदान सहायता स्वरुप ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस...

३२ वर्ष अघिको सवारी तथा यातायात व्यवस्था ऐन संशोधनका लागि तयार, के छन् नयाँ व्यवस्था ?

३२ वर्ष अघिको सवारी तथा यातायात व्यवस्था ऐन संशोधनका लागि तयार, के छन् नयाँ व्यवस्था ?

काठमाडौँ – सरकारले सवारी चालक अनुमतिपत्र अर्थात् लाइसेन्स लिन चाहिने...

सेकेन्ड ह्यान्ड बाइक किन्दै हुनुहुन्छ ? यी ८ कुरामा दिनुस् ध्यान

सेकेन्ड ह्यान्ड बाइक किन्दै हुनुहुन्छ ? यी ८ कुरामा दिनुस् ध्यान

पुराना अर्थात सेकेन्ड ह्यान्ड बाइक किन्ने चाहना धेरैको हुन्छ । उपयुक्त...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...