‘मोबाइल ग्यारेज एप’ सार्वजनिक, गाडी बिग्रेकै स्थानमा मेकानिक सेवा प्रदान गरिने

काठमाडौं - सीपलाई समाधानसँग जोड्ने नाराका साथ ‘मोबाइल ग्यारेज एप’ लन्च भएको छ । शनिबार काठमाडौंमा मोबाइल ग्यारेज टिमले एक कार्यक्रमको आयोजना गरी मोबाइल ग्यारेज नामक एप उद्घाटन गरेको हो ।

एप समूदाय केन्द्रित डिजिटल प्लेटफर्म हो, जसले सवारी धननीहरुलाई लक्षित गरि सेवा दिने गर्छ । नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले एप उद्घाटन कार्यक्रममा बोल्दै नेपालका जुनसुुकै सडक सञ्जालमा यात्रा गरिरहेको समयमा सवारी साधन बिग्रिए उक्त ठाउँमा मोबाइल ग्यारेज एपमार्फत मेकानिकहरु पुग्ने बताए ।

उनले भने, ‘नेपालमा पहिलो पटक यस्ता एपहरुको सुरुवात गरिएको छ । हामीले प्रयोग गर्ने सवारी साधन विरामी भए ग्यारेज लानुपर्छ । नेपालका जुनसुकै सडक सञ्जालमा यात्रा गरिहेका हुन्छौं, कतै बिग्रियो भने समस्यामा पर्छौं । त्यसमा यस्ता एपहरुको मद्दतले जहाँ सवारी साधन बिग्रियो त्यहाँ मेकानिकहरु पुगेर सहयोग गर्छन र गन्तव्यमा पुग्न सहयोग पुग्छ ।’

गजुरेलले यातायात क्षेत्रलाई सुव्यवस्थित गर्नुपर्ने भन्दै विकासको आधार नै यातायात रहेको बताए । साथै उनले नेपालमा सडक व्यवस्थित गर्न र सुरक्षित यात्राका लागि सबैभन्दा बढि नेपाल प्रहरी खटिएको भन्दै ट्राफिक प्रहरीलाई धन्यवाद समेत दिए ।

‘नेपालमा मापसे चेकिङ एकदमै सफल भएको छ । यसका लागि ट्राफिक प्रहरीलाई धन्यवाद दिनुपर्छ । उहाँहरु दिनरात खटिरहनु भएको छ । नेपालमा कसैले काम गरेको छ भने ट्राफिक प्रहरीले हो,’ उनले भने, ‘तर यसलाई पनि प्रविधिमैत्री बनाउन जरुरी छ । सँधै सडकका बीचमा बसेर चेकजाँच गर्ने होइन भन्ने कुरामा हामी प्रष्ट हुनुपर्छ ।’

यस्तै, कार्यक्रममा बोल्दै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रवक्ता नरेश राज सुवेदीले व्यापार, व्यावसाय तथा आर्थिक कारोबारलगायत सबै क्षेत्रमा प्रविधिको प्रयोगले सहज भएको भन्दै प्रविधिलाई सहि सदुपयोग गर्नुपर्ने बताए ।

उनले मोबाइल ग्यारेज एपले राजमार्गमा जथाभावी खोलिएका ग्यारेजको समस्या पनि समाधान हुने बताए ।

सम्बन्धित समाचारहरू

हुने–नहुने सबैथोक गर्छन्, आखिर के गर्छन् त मान्छे कारभित्र ?

हुने–नहुने सबैथोक गर्छन्, आखिर के गर्छन् त मान्छे कारभित्र ?

अमेरिकाको उत्तर–पूर्व । न्यु ह्याम्सर राज्य । म काममा निस्कने बेला...

अटो मेकानिक्स व्यवसायी संघको पाँचौ वार्षिक साधारण सभा तथा बनभोज कार्यक्रम सम्पन्न

अटो मेकानिक्स व्यवसायी संघको पाँचौ वार्षिक साधारण सभा तथा बनभोज कार्यक्रम सम्पन्न

काठमाडौं – ललितपुरमा क्रियाशील बाइक मेकानिक्स तथा व्यवसायीहरुको संगठन...

गाडीको आरपीएम के हो ? ९० प्रतिशत चालकले नबुझेको महत्वपूर्ण प्राविधिक जानकारी

गाडीको आरपीएम के हो ? ९० प्रतिशत चालकले नबुझेको महत्वपूर्ण प्राविधिक जानकारी

सवारी साधन सम्बन्धी धेरै प्राविधिक शब्दहरू दैनिक प्रयोगमा आए पनि धेरै...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...