नेपालमै पहिलो पटक सञ्चालनमा आयो मोबाइल ईभी चार्जिङ स्टेसन

काठमाडौं– नेपालमै पहिलो पटक विद्युतिय गाडीका लागि मोबाइल चिार्जिङ स्टेसन सञ्चालनमा आएको छ । यूएसएड ऊर्जा नेपाल परियोजनाको सहयोगमा यात्री इनर्जीले निर्माण गरेको उक्त मोबाइल चार्जिङ स्टेशनको आज उद्घाटन गरिएको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सन्दीप देव, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, अमेरिकी अन्तर्राष्ट्रिय सहयोग संस्था युएसएडका कार्यबहाक मिसन डाइरेक्टर करेन्ट वेल्चलगायतले संयुक्त रुपमा उक्त चार्जिङ स्टेशनको शुभारम्भ गरेका हुन् ।

३० किलोवाट क्षमतको सो चार्जिङ स्टेसनलाई आवश्यकता अनुसार विभिन्न ठाउँमा लगेर विद्युतीय गाडी चार्ज गर्न सकिन्छ । चार्ज सकिएर सवारी साधन अलपत्र पर्दा यसलाई ग्राहककै लोकेसनमा लैजान सकिने ऊर्जा नेपालले जनाएको छ ।

आजै साझा यातायातले निर्माण गरेको ११ वटा, यात्री इनर्जीका १७ वटा र ई–स्टपले निर्माण गरेको ६ वटा गरी कुल ३४ वाट थप चार्जिङ स्टेसन समेत सञ्चालनमा आएका छन् ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...