लुयान एमएनके ३ अब १८० एमएम ग्राउन्ड क्लियरेन्स सहित नेपालमा उपलब्ध

नेपालमा लोकप्रिय इलेक्ट्रिक स्कुटर ब्रान्ड लुयानले आफ्नो चर्चित मोडेल एमएनके ३ को अपग्रेडेड भर्सन सार्वजनिक गरेको छ । जसमा १८० एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ । यो अपग्रेडले एमएनके ३ लाई नेपालका विविध सडक अवस्थाहरू, जस्तै असमान भूभाग, खाल्डाखुल्डी र स्पिड ब्रेकरहरूमा अझ सजिलो बनाउने विश्वास कम्पनिले लिएको छ ।

एमएनके ३ ले पहिले नै आफ्नो परफर्मेन्स, पिकअप, र आधुनिक डिजाइनका कारण नेपाली बजारमा राम्रो छवि बनाइसकेको छ । यस नयाँ अपडेटसँगै, लुयानले ग्राहकहरूलाई अझ आरामदायी र भरपर्दो यात्राको अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ ।

यो मोडल अब ७२ भोल्ट ३८ एएच ग्राफिन ब्याट्री र ७२ भोल्ट ४० एएच लिथियम–आयन ब्याट्रीसहित दुई भेरियन्टमा उपलब्ध हुने कम्पनीले जनाएको छ । । जसका कारण स्कुटरले एकपटकको फुल चार्जमा अधिकतम् १२० किमीको रेन्ज प्रदान गर्ने दाबी गरिएको छ ।

एमएनके ३ मा अगाडि र पछाडि १२ इन्चका टायरहरू तथा डबल डिस्क ब्रेकहरू छन्, जसले यसको प्रीमियम फील र परफरर्मेन्सलाई अझ बढाएको छ ।

नेपालमा लुयान काइलेक्ट्रिक स्कुटरहरू उच्च गुणस्तर र आधुनिक विशेषताका लागि चिनिन्छन् । एमएनके ३ मा रिजनरेटिभ ब्रेकिङ सिस्टम, कम्बाइन्ड ब्रेकिङ सिस्टम, फराकिलो लेगरूम, र आकर्षक डिजाइन जस्ता विशेषताहरू छन् । यसको उच्च लोडिङ क्यापासिटीले पनि यसलाई नेपालमा सर्वाधिक विश्वसनीय मोडेल मध्ये एक बनाएको छ । एमएनके ३ पछिल्ला ६ वर्षदेखि नेपाली ग्राहकहरूबीच लोकप्रिय छ ।

यी महत्वपूर्ण सुधारहरू भएपनि, नेपालका लागि लुयानको एकमात्र आधिकारिक वितरक जिरो इमिसन राइड एनले एमएनके ३ को मूल्य पहिलेको जस्तै राखेको छ । ७२ भोल्ट ३८ एएच ग्राफिन ब्याट्री भेरियन्टको मूल्य १ लाख९२ हजार ६सय र ७२ भोल्ट ४० एएच लिथियम–आयन ब्याट्री भेरियन्टको मूल्य २ लाख ३७ हजार ६ सय नै कायम गरेको छ ।

यस निर्णयले ग्राहकहरूलाई अपग्रेडेड सुविधाहरूको लाभ, मूल्य वृद्धि बिनानै प्राप्त गर्न सक्ने बनाउँछ, जसले एमएनके ३ लाई नेपालमा अझ आकर्षक छनौटको स्कुटर बनाएको छ ।

लुयान नेपाल तुलनात्मक रुपमा अन्य इलेक्ट्रिक स्कुटरभन्दा सस्तो तथा भरपर्दो इलेक्ट्रिक स्कुटरहरू प्रदान गर्ने मात्र नभई बिक्री पछिको सेवामा पनि विशेष ध्यान दिने कम्पनीको रुपमा आफुलाई चिनाएको कम्पनीका सेल्स हेड शंकर शर्माको भनाई छ ।

हाल कम्पनीले काठमाडौं उपत्यकाभित्र १५ वटा सर्भिस सेन्टर र चार्जिङ्ग पोइन्ट सञ्चालन गरिरहेको जानकारी दिँदै शर्माले लुयानका काठमाडौं उपत्यका र बाहिर गरी आजका मितिसम्म १६ वटा शोरुमहरू रहेको बताए ।

सम्बन्धित समाचारहरू

डल्फिन र एट्टो ३ बनेको ई–प्लेटफर्म ३.० के हो ? के छ यसको विशेषता ?

डल्फिन र एट्टो ३ बनेको ई–प्लेटफर्म ३.० के हो ? के छ यसको विशेषता ?

नेपालमा इलेक्ट्रिक कार खरिद गर्ने अधिकांश ग्राहकले फिचर र रेन्जमा बढी जोड...

नेपालमा इलेक्ट्रिक भेइकल : विगतदेखि वर्तमान अवस्था सम्मको एक सिंहावलोकन

नेपालमा इलेक्ट्रिक भेइकल : विगतदेखि वर्तमान अवस्था सम्मको एक सिंहावलोकन

पछिल्लो समय सबैभन्दा बढी चर्चामा रहेको विद्युतीय साधन नेपाल भित्रिएको...

कम्पनीले भन्यो, ‘विद्युतको तार सर्टका कारण एमजी जेडएस ईभीमा आगलागी’

कम्पनीले भन्यो, ‘विद्युतको तार सर्टका कारण एमजी जेडएस ईभीमा आगलागी’

काठमाडौं – हाल चर्चामा रहेको एमजी जेडएस ईभी आगलागीको कारण सर्ट सर्किट भएको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...