एमके रिटेलर मिट सम्पन्न, नयाँ उत्पादन लन्च

काठमाडौं – एमके ग्रुपको रिटेलर मिट सम्पन्न भएको छ । एमके ग्रुपको नेपालका लागि आधिकारिक वितरक सत्यदिप इन्टरनेसनलको आयोजनामा सो रिटेलर मिट सम्पन्न भएको हो ।

सो अवसरमा हालै उत्पादन प्रारम्भ गरिएको पेपर क्लच एसेम्बली, क्लच एन्ड ब्रेक लिभर तथा योक, नन–एस्बेस्टस ब्रेक शु र क्लच भेरिएटर लन्च गरियो ।

देशभरका रिटेलर सहभागी सो कार्यक्रममा एमके क्लचका म्यानेजिङ डाइरेक्टर नितिन भण्डारीले एमके ग्रुप र यसका उत्पादन वारेमा जानकारी प्रस्तुत गरेका थिए । एमके क्लचका एक्सपोर्ट्स हेड योगेश काल्रा तथा सत्यदिप इन्टरनेसनलका म्यानेजिङ डाइरेक्टर दिपेन्द्र मिश्र र मार्केटिङ डाइरेक्टर सञ्जिव हमालले सहभागीहरुलाई स्वागत गर्दै सवारी साधनमा प्रयोग गरिने विभिन्न पार्ट्स गुणस्तरीय हुनु पर्ने र सबै रिटेलरहरुले गुणस्तरीय सामग्री उपलब्ध गराउनका लागि भूमिका खेल्नु पर्ने बताए ।

सो अवसरमा रिटेलरहरुका लागि नयाँ स्किम समेत सार्वजनिक गरिएको थियो । सो स्किम अन्तर्गत एमकेका उत्पादन खरिद गर्ने रिटेलरहरुले हाल पाइरहेको छुट भन्दा थप ५ प्रतिशत छुट प्रदान गरिने बताइएको छ ।

सन् १९५९ मा रबर पार्ट्स र ग्यास्केट उत्पादनबाट शुरु भएको एमके ग्रुपको व्यवसाय हालको अवस्थामा आइपुगेको हो । सन् १९६४ मा रबर क्लच प्लेट, सन् १९७६ मा ब्रेक शु, सन् २०१२ मा क्लच एसेम्बली र सेन्ट्रिफ्युगल एसेम्बली, सन् २०१४ मा पेपर क्लच प्लेट हुँदै सन् २०२३ मा ह्यान्ड लिभर र योक उत्पादन कार्य समेत शुरु भएको छ ।

एमके ग्रुप अन्तर्गत हाल एमके अटो क्लच कम्पनी, एमके लाइड अटो क्लच इन्डष्ट्रिज, भीएनजी अटोमोटिभ्स, भीएनजी ब्रेक्स तथा भण्डारी फोर्ज एन्ड अलोय कास्ट कम्पनी छन् । उत्तरी भारतका विभिन्न ६ स्थानमा एमके ग्रुपका अत्याधुनिक क्लच एन्ड ब्रेक म्यानुफ्याक्चरिङ प्लान्ट छन् ।

सवारी साधनमा प्रयोग गरिने लिभर र योक, क्लच भेरिएटर, इनर क्लच एसेम्बलिज, कम्प्लिट क्लच एसेम्बलिज, ब्रेक शु, क्लच प्लेट, डिस्क ब्रेक प्याड र पेपर फ्रिक्सन प्लेटका लागि एमके ब्रान्ड लोकप्रिय मानिन्छ । दुई पांग्रे, तीन पांग्रे र चार पांग्रे सवारी साधनका लागि आवश्यक अटोमोटिभ क्लच र ब्रेक उत्पादक कम्पनीको रुपमा लोकप्रिय एमकेले आफूलाई ‘लिडर इन फ्रिक्सन टेक्नोलोजी’ दावी गर्छ ।

सम्बन्धित समाचारहरू

स्पेयर पार्ट्स कारोबारमा डिएस मोटर : एक दशक लामो यात्रा

स्पेयर पार्ट्स कारोबारमा डिएस मोटर : एक दशक लामो यात्रा

काठमाडौं– सवारीसाधनको खपत बढेसंगै नेपाली बजारमा पछिल्लो समय विभिन्न...

तपाईको बाइकमा इन्जिन किल स्विच  छ ? यसरी गर्नुस् प्रयोग, नत्र समस्या आउन सक्छ

तपाईको बाइकमा इन्जिन किल स्विच छ ? यसरी गर्नुस् प्रयोग, नत्र समस्या आउन सक्छ

आधुनिक बाइकमा कम्पनीले इन्जिन किल स्विच दिइरहेका छन् । इन्जिन किल स्विच...

गाडीमा बिग्रिएको ब्रेक प्याडले निम्त्याउन सक्छ गम्भीर दुर्घटना, यस्तो उपाय अपनाउनुहोस्

गाडीमा बिग्रिएको ब्रेक प्याडले निम्त्याउन सक्छ गम्भीर दुर्घटना, यस्तो उपाय अपनाउनुहोस्

गाडीको सुरक्षामा ब्रेकिङ प्रणालीले अहम् भूमिका खेल्छ । सवारी साधनको ब्रेक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...