एमके र एमके मोटो ब्रान्डका टु ह्विलर पार्ट्स अब नेपालमा, पौडेल इन्टरप्राइजेज आधिकारिक वितरक

काठमाडौं – भारतको प्रतिष्ठित व्यावसायिक समूह एबी ग्रुपले नेपाली बजारमा एमके र एमके मोटो ब्रान्डका टु ह्विलर पार्ट्स उपलब्ध गराएको घोषणा गरेको छ । नेपाली बजारमा पहिले देखि नै विभिन्न ब्रान्डका टु ह्विलर पार्ट्स उपलब्ध गराउँदै आएको पौडेल इन्टरप्राइजेजले अब यी ब्रान्डका पार्ट्स समेत उपलब्ध गराउने छ ।

एक कार्यक्रमका बिच एबी ग्रुप र पौडेल इन्टरप्राइजेजले व्यापारिक साझेदारीको घोषणा गरेका छन् । रिटेलर गेट टुगेदर नाम दिइएको सो कार्यक्रममा एमके र एमके मोटो ब्रान्डका विभिन्न पार्ट्स समेत सार्वजनिक गरियो ।

एबी ग्रुपका म्यानेजिङ डाइरेक्टर ऋषभ भण्डारी, एमके अटोमोटिभ इन्डियाका नेसनल सेल्स एड्भाइजर एसबीएम तिवारी, एचआर हेड पंकज चौहान र सिनियर एडमिन अफिसर खालिद सिद्दिकी तथा पौडेल इन्टरप्राइजेजका अध्यक्ष तथा म्यानेजिङ डाइरेक्टर नारायण प्रसाद पौडेल (राजन) ले पार्ट्स सार्वजनिक गरे ।

एबी ग्रुपका म्यानेजिङ डाइरेक्टर ऋषभ भण्डारीले सन् १९५९ देखि नै विभिन्न मोडलका स्पेयर पार्ट्स उपलब्ध गराउँदै आएको एबी ग्रुपले नेपाली बजारमा पहिलो पटक आफ्नो ब्रान्ड उपलब्ध गराएको र सधै गुणस्तरीय उत्पादन उपलब्ध गराउने कम्पनीको मान्यतालाई आगामी दिनमा समेत सदैव पालना गर्ने बताए । भारतमै उत्पादन हुने प्रतिष्ठित ब्रान्ड भएको र यसका लागि विश्व स्तरका विभिन्न कम्पनीसँग प्राविधिक सहकार्य समेत गरेकाले गुणस्तरीय उत्पादन उपलब्ध गराउन सहयोग पुगेको उनले बताए ।

पौडेल इन्टरप्राइजेजका अध्यक्ष तथा म्यानेजिङ डाइरेक्टर नारायण प्रसाद पौडेल (राजन) ले विगत २५ वर्ष देखि दुई पांग्रे सवारी साधनका लागि आवश्यक स्पेयर पार्ट्स उपलब्ध गराइरहेको र अब थप गुणस्तरीय उत्पादन एकै छानामुनि उपलब्ध गराउने उद्देश्यका साथ एमके ब्रान्ड रोजेको बताए । विगत ६ महिना देखि नै यो ब्रान्ड आफूले परीक्षण गरिरहेको र विभिन्न अध्ययन समेत गरेर यही ब्रान्डसँग सहकार्य गर्ने निर्णय गरेको उनले बताए ।

पौडेल इन्टरप्राइजेजका डाइरेक्टर राजीव पौडेलले नेपाली बजारमा राम्रो उत्पादन उपलब्ध गराएको र व्यवसायीहरुबाट सधै जस्तै साथ र सहयोग पाउने अपेक्षा गरे ।

एबी ग्रुप अन्तर्गतको एमके अटोमोटिभले उत्पादन गर्ने एमके र एमके मोटो ब्रान्डका गुणस्तरीय इनर क्लच, क्लच एसेम्बली, क्लच हब प्लस सेन्टर, क्लच प्लेट, ब्रेक शु, क्लच शु र डिस्क ब्रेक जस्ता फ्रिक्सन प्रोडक्ट पौडेल इन्टरप्राइजेजले उपलब्ध गराउने छ । सबै ब्रान्डका दुई पांग्रे सवारी साधनमा लाग्ने यी स्पेयर पार्ट्स गुणस्तरीय भएको कम्पनीको भनाइ छ ।

‘मोबिलिटी सोलुसन्स’ स्लोगनका साथ कम्पनीले विश्वका विभिन्न देशमा आफ्ना उत्पादन उपलब्ध गराउदै आएको छ ।

सम्बन्धित समाचारहरू

कारको क्याबिनमा हानिकारक रसायन फेला, मानव शरीरमा क्यान्सर हुने सम्भावना

कारको क्याबिनमा हानिकारक रसायन फेला, मानव शरीरमा क्यान्सर हुने सम्भावना

अमेरिकामा गरिएको हालैको एक अध्ययनले कार भित्रको हावाको गुणस्तरको बारेमा...

मोटर पार्ट्स गोदाममा आगलागी

मोटर पार्ट्स गोदाममा आगलागी

बुटवल – बुटवलको कालिकानगरमा रहेको एक मोटर पार्ट्सको गोदाममा आगलागी भएको...

कम्पोनेन्ट्स शोमा मकासले सार्वजनिक ग-यो सवारी साधनमा लाग्ने फिल्टरका सबै रेन्ज

कम्पोनेन्ट्स शोमा मकासले सार्वजनिक ग-यो सवारी साधनमा लाग्ने फिल्टरका सबै रेन्ज

भारतमा जारी भारत मोबिलिटी ग्लोबल एक्सपो २०२५ अन्तर्गतको कम्पोनेन्ट्स...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...