कुनै बेला नेपालमा समेत निकै चर्चित पजेरोको उत्पादन बन्द हुने

पजेरो । जनआन्दोलन २०४६ पश्चात बनेको नयाँ संसदमा यसको निकै नै चर्चा भएको थियो । सांसदहरुलाई पजेरो सुविधा दिने तत्कालीन सरकारको निर्णयका कारण यसले निकै नै चर्चा पाएको थियो ।

विश्वमै महंगो मानिने पजेरोको चर्चा अझै पनि नेपालको संसदीय इतिहासमा हुने गरेको छ । तर हालै पजेरो अर्कैै समाचारका कारण चर्चामा रहेको छ । अब भने यसको उत्पादन नै बन्द हुने समाचारका कारण यसको चर्चा चुलिएको हो ।

युवादेखि हरेक वर्गका लागि आइकनिक मानिने एसयूभी पजेरो अब भने इतिहासको एक हिस्सा मात्र बन्ने भएको छ । यसको उत्पादक कम्पनी मित्सुबिसीले अष्ट्रेलियामा यसको अन्तिम ८ सय युनिट उत्पादन गरे पश्चात अब यसको उत्पादन सधैका लागि बन्द गरेको छ ।

सन् २०२० को वर्षमा कम्पनीले इतिहासकै सबैभन्दा बढी उत्पादन लागत घाटा व्यहोर्नु परेको र यसबाट उम्किनका लागि पजेरो एसयूभी बन्द गर्न लागेको बताइएको छ । पजेरोको उत्पादन घरेलु बजार जापानमा पहिले नै बन्द भइसकेको छ भने यो वर्षको मार्चमा अन्तिम संस्करणको नाममा यसको बिक्री हुनेछ ।

कम्पनीले उत्पादन गरेको अन्तिम ८ सय युनिट भने अष्ट्रेलियाको लागि मात्र उपलब्ध हुनेछ । यसलाई फाइनल एडिसनको रुपमा बिक्री गरिने छ । यसमा फाइनल एडिसनको ब्याज, एक कन्ट्रास्टिङ बोनट गाडी, प्लास्टिक बुट लाइनिङ, एक लोड लिप प्रोटेक्टर, कार्पेट फ्लोर म्याटका साथ लेदर बाउन्ड सर्भिस म्यानुअल उपलब्ध हुनेछ ।

सो पजेरोमा ३.२ लिटर फोर सिलिन्डर टर्बो डिजेल इन्जिन हुनेछ, जसले १९२ पीएस पावर र ४४१ एनएम टर्क जेनेरेट गर्छ । यसलाई फाइभ स्पिड टर्क कन्भर्टर अटोमेटिक र फुल टाइम फोर बाई फोर सिस्टमका साथ लो रेन्ज र लकिङ सेन्टर डिफ्रेन्सियलका साथ पेयर गरिएको छ ।

सो एसयूभीमा १८ इन्चको अलोय ह्विल, अटो हेडल्याम्प र वाइपर हिटेडका साथ पावरयुक्त फ्रन्ट सिट, रकफोर्ड साउन्ड सिस्टम, सनरुफ, लेदर सिट र एन्ड्रोइड र एप्पल कारप्लेका साथ टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम उपलब्ध छ ।

मित्सुबिसी पजेरो सन् १९८१ मा लन्च गरिएको थियो । यसको चौथो संस्करण सम्म विभिन्न अपग्रेड हुँदै आयो । विभिन्न देशमा पजेरो वाहेक अन्य नाममा समेत यसको बिक्री गरियो । मोटर स्पोर्टमा समेत यसले भाग लिएको थियो । सन् १९८५ मा तेस्रो प्रयास पश्चात यसले डकार र्याली जितेको थियो । सन् २००७ सम्म यसले कुल १२ प्रतियोगिता जितेको थियो ।

सम्बन्धित समाचारहरू

संकटमा निसान, ७ वटा प्लान्ट बन्द गर्ने घोषणा

संकटमा निसान, ७ वटा प्लान्ट बन्द गर्ने घोषणा

जापनिज अटो निर्माता निसान अहिले गम्भिर आर्थिक समस्यामा परेको छ । आफ्नो...

निसान नेपाललद्वारा ‘न्यु इयर, न्यु बिगिनिङ्स, न्यु ड्राइभ’ योजना सार्वजनिक, रु. ९९९ मा निसान म्याग्नाइट

निसान नेपाललद्वारा ‘न्यु इयर, न्यु बिगिनिङ्स, न्यु ड्राइभ’ योजना सार्वजनिक, रु. ९९९ मा निसान म्याग्नाइट

काठमाडौं – निसानको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पले ‘नयाँ...

११११ बढी निसान म्याग्नाइट नेपाली सडकमा, बन्यो प्यासेन्जर कार बिक्री गर्ने तेस्रो कम्पनी

११११ बढी निसान म्याग्नाइट नेपाली सडकमा, बन्यो प्यासेन्जर कार बिक्री गर्ने तेस्रो कम्पनी

काठमाडौं – नेपाली बजारमा भित्रिएको एक वर्ष नपुग्दै १ हजार १११ युनिट निसान...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...