बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
मिडिया कमान्डबाट म्युजिक बजाउन, सानो ठूलो बनाउन सकिन्छ । कार कन्ट्रोलबाट भित्रको क्लाइमेट मिलाउने, विन्डो ग्लास र सनरुफ आदि खोल्ने र बन्द गर्ने आदि कार्य गर्न सकिन्छ । भ्वाइस नेभिगेसनबाट जीपीएस, ब्लुटुथ, वाइफाई आदि खोल्न र बन्द गर्न सकिन्छ । यस्ता एक सय भन्दा बढी कमान्ड भ्वाइसमार्फत दिन सकिने कम्पनीको भनाइ छ ।
गाडीमा अलोय ह्विल, एलईडी लाइट, दुई एक्जस्ट पाइप, प्यानोरामिक सनरुफ र रुफ रेल आदि छन् । त्यसैगरी किलेस इन्ट्री, ओआरभीएम तथा रेन सेन्सिङ अटो वाइपर जस्ता फिचर यसमा पाउन सकिन्छ ।
ग्लोवल एनक्याप क्र्यास टेस्टमा ५ स्टार रेटिङ पाएको यो एसयूभीमा सुरक्षाका लागि अगाडि ४ वटा एयरव्याग र चारै चक्कामा डिस्क ब्रेकको प्रयोग गरिएको छ । गाडीमा आधुनिक इलेक्ट्रिक स्टेबिलिटी प्रोग्राम (ईएसपी) ब्रेकिङ सिस्टम दिइएको छ । जसमा एबीएस, ईबीडी तथा ईबीए जस्ता फिचरहरुको सहायताले जस्तोसुकै परिस्थितिमा पनि गाडीलाई रोक्न सकिन्छ ।
हिल होल्ड कन्ट्रोल, ३६० डिग्री क्यामेरा र रियर पार्किङ सेन्सर आई–अटोमा उपलब्ध छ । यसमा जडान भएको अलार्म सिस्टम तथा इम्मोबिलाइजरले गाडी चोरी हुने समस्या कम गर्छ ।
ग्लोरी आई–अटोमा स्पोर्टी कन्सोल, भेइकल रनिङ रेकर्ड सिस्टम, क्रुज कन्ट्रोल, अटो एसी क्लाइमेट कन्ट्रोल र ९ इन्चको फ्लोटिङ एचडी इन्फोटेनमेन्ट सिस्टम जस्ता फिचरले चालकलाई ड्राइभिङ प्लेजर प्रदान गर्छ ।
सो एसयूभीमा प्रिमियम इन्टेरियर डिजाइनको प्रयोग गरिएको छ । ड्यासबोर्डमा सफ्टटच मेटरियल, उड एक्सेन्टेड मेटरियल र लेदर सिट कभर पाउन सकिन्छ ।
डीएफएसके ग्लोरी आई–अटोमा १.५ लिटर टर्बो चार्ज्ड पेट्रोल इन्जिन छ, जसले १५० पीएस पावर तथा २२० एनएम टर्क जेनेरेट गर्छ । यो एसयूभी अटोमेटिक गियरबक्समा उपलब्ध छ । यसको मूल्य ८९ लाख ५० हजार रुपैयाँ तोकिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...