आकर्षक लुक्स र फिचरका साथ नेपाली बजारमा उपलब्ध इलेक्ट्रिक स्कुटर कोमाकी भेनिस
नेपाली बजारमा हालै भारतीय इलेक्ट्रिक स्कुटर ब्रान्ड कोमाकीका दुई...
काठमाडौं – नेपालमा एमजी गाडीको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले नेपालमा बिक्री–वितरण शुरु गर्ने तयारी गरिरहेको ईभी एमजी एस५ को मिडिया टेस्ट ड्राइभ एक्सपेरियन्स सम्पन्न गरेको छ ।
औपचारिक रुपमा बिक्री शुरु गर्नु पहिले सो गाडी टेस्ट ड्राइभ गरिएको हो । सिन्धुलीको भिमान देखि दुधौलीसम्म सो गाडीको टेस्ट ड्राइभ गरिएको छ ।
पारामाउन्ट मोटर्सले हालै सो गाडी नेपाल भित्र्याए पनि औपचारिक रुपमा बिक्री प्रारम्भ गर्न भने बाँकी छ । केही दिन पहिले मात्र नेपाल चीन सिमा नाका हुँदै यो गाडी नेपाल भित्रिएको हो । केही दिनमै यसको औपचारिक बिक्री प्रारम्भ हुन अनुमान गरिएको छ ।
स्केलेबल मोडुलर प्लेटफर्ममा बनेको एमजी एस५ मा रियर ह्विल ड्राइभ र इन्डिपेन्डेन्ट सस्पेन्सन लगायतका विभिन्न फिचर छन् । यी सबैका कारण ह्यान्डलिङ, स्टेबिलिटी र कम्फर्टमा सहजता थपिएको छ । स्मुद र डाइनामिक राइडका लागि यो सेगमेन्टमै पहिलो पटक सस्पेन्सन सेटअप विकास गरिएको छ ।
यसमा विश्वकै सबैभन्दा पातलो अल्ट्रा थिन ब्याट्री प्रयोग गरिएको छ । इन्ट्री लेभल मोडलमा ४९.१ किलोवाट आवरको लिथियम आइरन फस्फेट (एलएफपी) ब्याट्री प्रयोग गरिएको छ, जसले सिंगल चार्जमा ३४० किलोमिटर डब्लुएलटीपी रेन्ज दिन्छ । त्यसैगरी अर्को भेरिएन्टमा ६२.२ किलोवाट आवरको ब्याट्री छ, जसले सिंगल चार्जमा ४३० किलोमिटरको रेन्ज दिन्छ ।

एमजी एस५ ईभीले ७.१ सेकेन्डमा १०० किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ भने यसको टप स्पिड १७५ किलोमिटर प्रतिघण्टा छ ।
यो गाडीमा इनबिल्ट आईस्मार्ट सिस्टम छ, जसले टिकटक, च्याटजीपीटी, स्पोटीफाई र युट्युब लगायतका प्रसिद्ध एपलाई एकीकृत गरी ड्राइभिङ अनुभवलाई अझै राम्रो बनाउछ ।
सो एसयूभीमा १२.८ इन्चको इन्फोटेनमेन्ट टचस्क्रिन, १०.२५ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र माथिल्लो भेरिएन्टमा प्यानोरामिक सनरुफ लगायतका विशेषता छन् । यसमा ९९ किलोवाटको मोटर छ ।
भन्सार प्रयोजनका लागि कम्पनीले सार्वजनिक गरेको मूल्य सूची अनुसार यसको सबैभन्दा कम मूल्यको कम्फर्ट भेरिएन्टको मूल्य ४६ लाख ९९ हजार रुपैयाँ हुनेछ । यसमा ४९ किलोवाट आवर क्षमताको ब्याट्री प्याक रहेको छ । यही प्याक रहेको लक्जरी भेरिएन्टको मूल्य ५२ लाख ९९ हजार रुपैयाँ हुनेछ । त्यसैगरी ६२ किलोवाट आवर क्षमताको लक्जरी भेरिएन्टको मूल्य ५७ लाख ९९ हजार रुपैयाँ हुनेछ ।
नेपाली बजारमा हालै भारतीय इलेक्ट्रिक स्कुटर ब्रान्ड कोमाकीका दुई...
एक प्रतिष्ठित सरकारी निकायमा कार्यरत दिपक मेहताले हालै एथरको इलेक्ट्रिक...
काठमाडौं – नेपालमा दिपल, नामी र सेरेसको आधिकारिक वितरक एमएडब्लू वृद्धिले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...