अटो एक्स्पोमा एमजी५ इलेक्ट्रिक कार सार्वजनिक हुँदैै, यस्तो छ रेन्ज र फिचर

एमजी मोटरले अटो एक्सपो २०२३ मा आफ्ना २ वटा इलेक्ट्रिक कार सार्वजनिक गर्ने तयारी गरिरहेको छ । कम्पनीले एमजी४ इलेक्ट्रिक क्रस ओभर र एमजी५ इलेक्ट्रिक एसयूभीको टिजर सार्वजनिक गरेको छ ।

एमजी५ ईभी ५ वटा ढोका भएको ५ सिटको इलेक्ट्रिक एसयूभी हो, जसलाई विश्व बजारमा स्टेशन वागन वा एस्टेट पनि भनिन्छ । यसलाई पहिलो पटक चीनमा २०१७ मा लन्च गरिएको थियो । गत वर्ष सो कारलाई नयाँ रुप दिइएको थियो ।

सो कार हाल युरोपेली बजारमा बिक्री भइरहेको छ । नयाँ एमजी५ को लम्बाई ४६०० एमएम, चौडाई १८१८ एमएम, उचाई १५४३ एमएम र ह्विलबेस २६५९ एमएम छ । साथै यसमा १३६७ लिटरको बुट स्पेस पनि छ ।

एमजी मोटरले एमजी५ मा २ वटा ब्याट्री अप्सन दिएको छ । ५०.३ किलोवाट आवरको ब्याट्रीले एक पटक चार्जमा ३२० किलोमिटरसम्मको रेन्ज दिन्छ । जबकि ठूलो ६१.१ किलोवाट आवर ब्याट्रीले एक पटक चार्जमा ४०० किलोमिटरसम्मको रेन्ज दिन्छ ।

कम्पनीले सो एसयूभीमा ११ किलोवाटको एसी चार्जर दिएको छ भने डीसी फास्ट चार्जरको प्रयोगले ४० मिनेटमा ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । छोटो रेन्जले १७७ पीएसको पावर र २८० एनएमको टर्क जेनेरेट गर्छ ।

लामो रेन्जको ट्रिमले १५६ पीएसको पावर र २८० एनएमको टर्क जेनेरेट गर्छ । एमजी५ ले ८.३ सेकेन्डमा ० देखि १०० किमी प्रतिघण्टाको गति लिन सक्छ ।

सम्बन्धित समाचारहरू

धेरै नेपालीको रोजाइमा किन १०० किलोवाट सम्मका ईभी ?

धेरै नेपालीको रोजाइमा किन १०० किलोवाट सम्मका ईभी ?

नेपाली बजारमा पछिल्लो समयमा सामान्यतः १०० किलोवाट भन्दा कम मोटर क्षमताका...

इलेक्ट्रिक कार सडकमा चल्दै गर्दा चार्ज हुने प्रविधिको विकास

इलेक्ट्रिक कार सडकमा चल्दै गर्दा चार्ज हुने प्रविधिको विकास

कर्नेल विश्वविद्यालयका अनुसन्धानकर्ताहरूको सडकमा गुड्ने क्रममा...

लुयानले ल्यायो प्रि-मनसुन अफर, एस ७० प्रो किन्दा ३० हजार छुट

लुयानले ल्यायो प्रि-मनसुन अफर, एस ७० प्रो किन्दा ३० हजार छुट

काठमाडौं–लुयान स्कुटरको नेपालका लागि आधिकारिक वितरक जिरो इमिसन राइड एनले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...