एमजी जेडएस इभीको फेसलिफ्ट मोडल सार्बजनिक, ठूलो ब्याट्री प्याक र प्रिमियम फिचर्स थप

एमजी मोटर्सले २०२२ जेडएस इभीको फेसलिफ्ट मोडल सार्बजनिक गरेको छ । भारतीय बजारमा सार्बजनिक गरिएको यो एसयुभीको औपचारिक लन्च भने अबको केही हप्तापछि गरिने कम्पनीले जनाएको छ । हाल कारोबार भैरहेको मोडलको तुलनमा यसको ब्याट्रि प्याक केही ठूलो हुने र प्रशस्तै प्रिमिय फिचर्स थप गरिएको बताइएको छ ।

यो एसयुभीमा एमजी मोटर्सले ५१ किलोवाट आवरको ब्याट्रि प्याक जडान गर्न सक्ने संभावना देखिएको छ । जुन हाल कारोबार भैरहेको मोडलमा उपलब्ध गराइएको ४४.५ किलोवाट आवरको तुलनामा ६.५ किलोवाट आवर बढी हो । ब्याट्री प्याक ठूलो बनाइएपछि यसले दिने रेन्ज समेत बढ्ने देखिन्छ ।

हाल कारोबार भैरहेको मोडलले ४१९ किलोमिटर रेन्ज प्रदान गर्ने दाबी गरिएकोमा नयाँ फेसलिफ्ट मोडलले ४८० किलोमिटर प्रदान गर्ने दाबी गरिएको छ । यो एसयुभीमा कम्पनीले ग्रिल सेक्सनमा नयाँपन दिएको छ । साथै ग्लोबल स्पेक मोडलमा उपलब्ध रहँदै आएको १७ इन्चको एलोई ह्विल र रिडिजाइन गरिएको एलइडी टेल ल्याम्प समेत थप गरिएको छ । यसको फ्रन्ट फेन्डरमा इलेक्ट्रिक ब्याज दिइएको छ ।

एप्पल कार प्ले र एन्ड्रोइड अटो कनेक्टिभिटी सहितको १०.१ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम र परिमार्जन गरिएको क्लाइमेट कन्ट्रोल बटन समेत उपलब्ध गराइएको छ । ७ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट कन्सोलसंगै एडभान्स ड्राइभर एसिस्टेन्स सिस्टम दिइएको छ । केहीसमय अघिमात्र लन्च गरिएको एस्टर एसयुभीमा उपलब्ध थुप्रै प्रिमियम फिचर्स यो नयाँ एसयुभीको क्याबिनमा समेत देख्न सकिने बताइएको छ ।

यो एसयुीभी हाल कारोबार भैरहेको मोडलको तुलनामा केही महंगो पर्ने जनाइएपनि मूल्य कति पर्छ भन्ने बिषयमा कुनै जानकारी दिएको छैन ।

सम्बन्धित समाचारहरू

बीवाईडी सिलको सस्तो भर्सन ई७ ? ईभी ट्याक्सीको रुपमा प्रयोग हुने सम्भावना

बीवाईडी सिलको सस्तो भर्सन ई७ ? ईभी ट्याक्सीको रुपमा प्रयोग हुने सम्भावना

बीवाईडीको इलेक्ट्रिक सेडानलाई चीनको सरकारी मन्त्रालयले दिएको नाम...

३ लाख ९८ हजार डाउन पेमेन्टमै इलेक्ट्रिक सोलार कार, मासिक किस्ता २५ हजार

३ लाख ९८ हजार डाउन पेमेन्टमै इलेक्ट्रिक सोलार कार, मासिक किस्ता २५ हजार

डेरी ईएम७ इलेक्ट्रिक र सोलार दुवैबाट चलाउन सकिने हाइब्रिड कार हो । नेपाली...

सिप्रदी अब दुई पांग्रे सवारी बजारमा प्रवेश, नेपालकै बाइक निर्माता यात्रीसँग सहकार्य गर्ने

सिप्रदी अब दुई पांग्रे सवारी बजारमा प्रवेश, नेपालकै बाइक निर्माता यात्रीसँग सहकार्य गर्ने

काठमाडौं – नेपालमा टाटा गाडीको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ कम्पनी अब...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...