एमजी जेडएस इभीको फेसलिफ्ट मोडल सार्बजनिक, ठूलो ब्याट्री प्याक र प्रिमियम फिचर्स थप

एमजी मोटर्सले २०२२ जेडएस इभीको फेसलिफ्ट मोडल सार्बजनिक गरेको छ । भारतीय बजारमा सार्बजनिक गरिएको यो एसयुभीको औपचारिक लन्च भने अबको केही हप्तापछि गरिने कम्पनीले जनाएको छ । हाल कारोबार भैरहेको मोडलको तुलनमा यसको ब्याट्रि प्याक केही ठूलो हुने र प्रशस्तै प्रिमिय फिचर्स थप गरिएको बताइएको छ ।

यो एसयुभीमा एमजी मोटर्सले ५१ किलोवाट आवरको ब्याट्रि प्याक जडान गर्न सक्ने संभावना देखिएको छ । जुन हाल कारोबार भैरहेको मोडलमा उपलब्ध गराइएको ४४.५ किलोवाट आवरको तुलनामा ६.५ किलोवाट आवर बढी हो । ब्याट्री प्याक ठूलो बनाइएपछि यसले दिने रेन्ज समेत बढ्ने देखिन्छ ।

हाल कारोबार भैरहेको मोडलले ४१९ किलोमिटर रेन्ज प्रदान गर्ने दाबी गरिएकोमा नयाँ फेसलिफ्ट मोडलले ४८० किलोमिटर प्रदान गर्ने दाबी गरिएको छ । यो एसयुभीमा कम्पनीले ग्रिल सेक्सनमा नयाँपन दिएको छ । साथै ग्लोबल स्पेक मोडलमा उपलब्ध रहँदै आएको १७ इन्चको एलोई ह्विल र रिडिजाइन गरिएको एलइडी टेल ल्याम्प समेत थप गरिएको छ । यसको फ्रन्ट फेन्डरमा इलेक्ट्रिक ब्याज दिइएको छ ।

एप्पल कार प्ले र एन्ड्रोइड अटो कनेक्टिभिटी सहितको १०.१ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम र परिमार्जन गरिएको क्लाइमेट कन्ट्रोल बटन समेत उपलब्ध गराइएको छ । ७ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट कन्सोलसंगै एडभान्स ड्राइभर एसिस्टेन्स सिस्टम दिइएको छ । केहीसमय अघिमात्र लन्च गरिएको एस्टर एसयुभीमा उपलब्ध थुप्रै प्रिमियम फिचर्स यो नयाँ एसयुभीको क्याबिनमा समेत देख्न सकिने बताइएको छ ।

यो एसयुीभी हाल कारोबार भैरहेको मोडलको तुलनामा केही महंगो पर्ने जनाइएपनि मूल्य कति पर्छ भन्ने बिषयमा कुनै जानकारी दिएको छैन ।

सम्बन्धित समाचारहरू

अब २० लाख ९९ हजारमा पाइने भयो वुलिङ एयर ईभी, सीमित समयका लागि खुल्यो बुकिङ

अब २० लाख ९९ हजारमा पाइने भयो वुलिङ एयर ईभी, सीमित समयका लागि खुल्यो बुकिङ

काठमाडौं – विश्वमै सबैभन्दा बढी बिक्री हुने इलेक्ट्रिक कार वुलिङ एयर ईभी...

२०२४ भर्सनको बीवाईडी एट्टो ३ नेपालमा

२०२४ भर्सनको बीवाईडी एट्टो ३ नेपालमा

नेपालमा बीवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले २०२४ भर्सनको...

इलेक्ट्रिक मोटरसाइकल कम्पनी यात्री मोटरसाइकल्सले ल्यायो यात्री हब एप

इलेक्ट्रिक मोटरसाइकल कम्पनी यात्री मोटरसाइकल्सले ल्यायो यात्री हब एप

काठमाडौं – केही दिन पहिले देखि नै चर्चामा रहेको नेपाली युवा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...