कस्तो रहला बीवाईडी एट्टो३ को नेपाली बजार
लामो समयको प्रतीक्षापछि अन्तत भोलि शनिबार नेपाली बजारमा बीवाईडी एट्टो३...
एमजी मोटरले जेडएस ईभीको फेसलिफ्ट युरोपेली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले सो इलेक्ट्रिक कारबाट ग्रिल हटाएको छ र अपडेट सहित नयाँ अवतारमा प्रस्तुत गरेको छ ।
एमजी जेडएस ईभी पहिलो पटक २०१९ मा अन्तर्राष्ट्रिय बजारमा लन्च गरिएको थियो । त्यसपछि सयमअनुसार यसमा महत्वपूर्ण अपडेट गरिएको छ । अपडेट गरिएको मोडलमा नयाँ इन्फोटेनमेन्ट सिस्टम, राम्रो परफर्मेन्स र रेन्ज सुनिश्चित गर्नका लागि ठूलो ब्याट्री प्याक समावेश गरिएको छ ।
कारको ड्राइभिङ रेन्ज
सो इलेक्ट्रिक एसयूभीमा सबैभन्दा ठूलो अपडेट यसको पावरट्रेनमा गरिएको छ । यसमा ७२ केडब्ल्युएचको ब्याट्री प्याक जडान गरिएको छ । हाल उपलब्ध मोडेलमा २६२ किमीको ड्राइभिङ रेन्ज उपलब्ध रहेको छ । जबकि फेसलिफ्ट मोडल फुल चार्जमा ४३९ किमीको रेन्ज दिने दावी गरिएको छ । एमजीले २०२२ सम्ममा बेस भर्सन ३१८ किमी रेन्जसहित ५१ केडब्ल्यु ब्याट्री प्याक समेत समावेश गर्ने जानकारी दिएको छ ।
लुक र डिजाइन
बजारमा हाल उपलब्ध मोडल भन्दा नयाँ मोडलको डिजाइन एयरोडायनामिक र अधिक कुशल देखिन्छ । यसको रियर प्रोफाइलमा केही परिवर्तन देख्न सकिन्छ । नयाँ एसयूभीमा नयाँ डिजाइनको अलोय ह्वील उपलब्ध रहेको छ ।
एमजी जेडएस ईभी इलेक्ट्रिक एसयूभीको फ्रन्ट प्रोफाइलमा परिवर्तन गरिएको छ । यसमा आईसीई भएको जेडएस मोडेल जस्तै नयाँ शार्प एलईडी हेडल्याम्प र टेललाइट समावेश गरिएको छ । नयाँ कारमा ग्रिल हटाइएको छ र यसको सट्टा कभर प्लेट जडान गरिएको छ । साथै बम्पर पनि अपडेट गरिएको छ र साइड इन्टेक स्लीक कट्सको साथमा जडान गरिएको छ ।
नयाँ फिचर
अपडेट गरिएको एमजी जेडएस ईभीको क्याबिन भित्र पनि परिवर्तन देख्न सकिन्छ । कारमा नयाँ इन्फोटेनमेन्ट सिस्टमको साथमा १०.१ इन्चको डिस्प्ले रहेको छ । कारमा नयाँ फिचर, रिमोट कन्ट्रोल फक्शन र अधिक कनेक्टिभिटीको विकल्प प्रदान गरिएको छ । नयाँ इन्स्ट्रयुमेन्ट क्लस्टरको साथमा वायरलेस चार्जिङ टेक्नोलोजी पनि प्रदान गरिएको छ ।
फास्ट चार्जिङ
नयाँ एमजी जेडएस ईभीको चार्जिङ पोर्टमा फोर स्टेज इन्डिकेटर एलईडी जडान गरिएको छ । यसले ब्याट्रीको चार्जिङ स्थिति देखाउँछ । कार टाइप २ र सीसीएस चार्जरको साथमा पेश गरिएको छ । जसको मदतबाट अनबोर्ड एसी चार्जरको प्रयोग गरी ब्याट्रीलाई फास्ट चार्ज गर्न सकिन्छ ।
लन्चिङ समय
रिपोर्टका अनुसार एमजी मोटर इन्डियाले अर्को वर्ष भारतमा जेडएस ईभीको फेसलिफ्ट मोडल पेश गर्नेछ । हाल कम्पनीले ११ अक्टोबर २०२१ मा एमजी जेडएस ईभीको आईसीई पावर्ड भर्सनको एमजी एस्टर लन्च गर्ने तयारी अवस्थामा रहेको छ ।
नेपालमा सम्भावना
नेपालमा पारामाउन्ट मोटर्सले एमजी जेडएस ईभी हाल बिक्री–वितरण गरिरहेको छ । फेसलिफ्ट ईभी अन्तर्राष्ट्रिय बजारमा उपलब्ध भयो भने नेपालमा पनि आउने सम्भावना हुन्छ ।
लामो समयको प्रतीक्षापछि अन्तत भोलि शनिबार नेपाली बजारमा बीवाईडी एट्टो३...
इलेक्ट्रिक सवारी निर्माता कम्पनी बीवाईडीले एट्टो ३ इलेक्ट्रिक एसयूभी...
वुलिङ इभीको नेपालका लागि आधिकारिक वितरक इभी नेपाल मोटर्सले भोली नक्सालमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...